सरकारले हालै जारी गरेको संवत् २०८३ सालको अध्यादेश नम्बर ७ ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ लाई मुख्य कानुनी आधार बनाएर यो निर्णय गरिएको विभागले जनाएको छ।
यो निर्णय निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४) तथा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत दर्ता भई क्रियाशील रहेका सबै राष्ट्रिय स्तरका ट्रेड युनियनहरूमा लागू हुने बताइएको छ।
विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपका अनुसार उक्त अध्यादेशको व्यवस्था अनुसार दर्ता भएका युनियनहरूको अस्तित्व स्वतः समाप्त हुने कानुनी आधार बनेपछि दर्ता खारेज गरिएको हो।
यस निर्णयसँगै लामो समयदेखि सक्रिय रहेका प्रमुख निजामती कर्मचारी संगठनहरूको अस्तित्व समाप्त भएको छ। खारेजीमा परेका संगठनहरूमा नेपाल निजामती कर्मचारी संगठन (दर्ता नं. २१४), नेपाल निजामती कर्मचारी युनियन (दर्ता नं. २१५), नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन (दर्ता नं. २२१), नेपाल मधेशी निजामती कर्मचारी मञ्च (दर्ता नं. २३१), नेपाल स्वास्थ्यकर्मी संघ (दर्ता नं. २७२), मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल (दर्ता नं. २८४), एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल (दर्ता नं. ५२३) तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल (दर्ता नं. ५७०) रहेका छन्।
त्यस्तै, नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९२ क (१) अनुसार दर्ता भई क्रियाशील रहेका स्वास्थ्य क्षेत्रका राष्ट्रिय ट्रेड युनियनहरू पनि खारेज भएका छन्। तीमध्ये नेपाल स्वास्थ्यकर्मी युनियन (दर्ता नं. ३६०), स्वास्थ्यकर्मी युनियन नेपाल (दर्ता नं. ३६१), राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल (दर्ता नं. ३६४) र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन (दर्ता नं. ५५२) रहेका छन्।
यस निर्णयसँगै निजामती तथा स्वास्थ्य सेवाका राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको औपचारिक संरचना अन्त्य भएको छ, जसले कर्मचारी संगठन र सरकारी सेवा व्यवस्थापनमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १७:११
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...
बैशाख २६ गते, २०८३ - १६:२८
ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो । हिमाली जिल्ला ताप्लेजु...
बैशाख २६ गते, २०८३ - १६:१६
नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...
बैशाख २६ गते, २०८३ - १५:५८
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...
बैशाख २६ गते, २०८३ - १५:४४
काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...
बैशाख २६ गते, २०८३ - १५:१६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...
बैशाख २६ गते, २०८३ - १४:५८
काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...
बैशाख २६ गते, २०८३ - १४:४९
झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...
बैशाख २६ गते, २०८३ - १४:४०
बारा। बाराको निजगढ नगरपालिका–९ स्थित गुरुङ होटलमा आज एक युवती मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अ...
बैशाख २६ गते, २०८३ - १४:१३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि दुईदिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। ललितपुरको स्टाफ कलेज मा आयोजना गरिए...


प्रतिकृया लेख्नुहोस्: