Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

जनतालाई घरबाहर वीहिन बनाउने पक्षमा हामी छैनौंःअध्यक्ष हर्क साम्पाङ

खबरडबली संवाददाता
हेटौंडा । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य हर्कराज राई -साम्पाङ) ले जनतालाई घरबाहर वीहिन नबनाउने पक्षमा सदैव आफू रहेको बताएका छन् । नेपालमा भएको अव्यवस्थित वसोवासी, सुकुम्बासीको समस्यालाई समाधान गर्नुपर्छ भन्ने पक्षमा आफू सधैं लागेको उनले स्पष्ट पारेका छन् । शनिबार चितवन जाने क्रममा हेटौंडामा आइपुगेका अध्यक्ष हर्कराज राई -साम्पाङ)ले मकवानपुरका हेटौंडा–११,स्थित थानाभ¥याङका भूमीहिन सुकुम्बासी तथा अव्यवस्थित वसोबासीका मानिसका सामुदायहरुसँग भएको छोटो छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी र अव्यवस्थित रुपमा बसोवास गर्दै आएका मानिसको समस्याहरुलाई हल गर्ने, उनीहरुलाई बिस्तापित गर्नु नहुने र घर भत्काएर जनतालाई लखेट्नु कार्यतर्फ लाग्नु नहुने उनले बताए । सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि आफूले सांसद भवनमा बसेको पहिलो बैठकमै यी मुद्दालाई मुख्य एजेण्ड बनाएर कुरा उठाएको उनले बताए । सरकारले गरेको कामहरुको आफूले मूल्यांकन गर्दै खराब तथा नकारात्मक कामहरुलाई विशेष रुपमा उठाएर खबरदारी गर्ने कामबाट कहिले आफू पछि नपरेको उनले दावी गरेका छन् । सरकारले काम गरेको सन्दर्भमा राम्रो तथा खराब कामहरुलाई खबरदारी गर्दै आएको र उक्त कार्यमा आफू सधैं अग्रह स्थानमा रहेको स्पष्ट पारेका छन् । अन्य प्रतिनिधि कोही जनताहरुको पक्षमा नभएपनि आफू जनताको पक्षमा रहनबाट पछि नपर्ने उनले विश्वास दिलाए । सबै मानिसहरु बाँच्न पाउने मौलिक भएको बताउँदै उनले भने–सबै जनताले बाँच्न पाउनुपर्छ किनकी मौलिक हक हो संविधानले दिएको । घर बनाएर बस्न पाउनुपर्ने सबै जनताको अधिकार भित्र पर्छ । त्यो घरलाई राज्यले अहिले आएर आतंक फैलाउने हिसाबले नभत्काउने पक्षमा हामी छौं । मेचिदेखि महाकालीसम्म सबै जनताहरु एकजुट भएर सरकारले अहिले जनताको घर भत्कार घरबारबीहिन बनाउन गरेको निरकुंश कदम विरद्ध आवाज उठाउनुपर्ने उनले सबैलाई सुझाव दिए । उक्त कार्यका लागि सबै जनताको साथमा आफू सदैभ रहने प्रतिवद्दता व्यक्त गरे । सांसद भवनको बैठकमा पनि जनताका मुद्दालाई लिएर यी विषयलाई मुख्य एजेण्डा बनाएर कुरा राख्ने बताए । नेपाली जनताले बाँच्न पाउने अधिकारलाई सडक सदन सबै ठाउँमा एकजुट भएर उठाउने उनले विश्वास दिलाए । जनताको दुःखलाई आफूले सधैंभरी अंगालेर साथ, सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...

१८ वर्षपछि स्तरोन्नति भयो दरवाङ–फूलबारी सडक

म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...

सोलेडाँडाको फेदीमा अवस्थित रमणीय डाडाँगाउँ

म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...

जानकी गाउँपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यालयलाई अनुदान, शिक्षक र विद्यार्थीलाई पुरस्कार

कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा उद्धार, पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...

खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक लागुऔषधसहित पक्राउ

रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...

कमला पुल निर्माणमा १५ वर्षको ढिलाइ, स्थानीयको चिन्ता बढ्दो

सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending