नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँदै आएको छ ।
अवैध रूपमा सटही कारोबार गर्ने अनुमति लिएका सटही काउन्टरले पनि सरकारले तोकेको भन्दा बढी रकममा भारु र नेपाली रुपियाँको लेनदेन खुला रूपमा गरिरहेको पाइन्छ ।
भारतीय रुपियाँको अभावका कारण नेपालगन्ज र सो वरिपरिका क्षेत्रमा सरकारले तोकेको दर रेट भन्दा महङ्गोमा अवैध रूपमा खरिद बिक्री हुने गरेको छ ।
कहिलेकाँही मात्रै प्रहरीले यस्तो भारु नेपाली मुद्राको अवैध कारोबार गर्नेलाई पक्राउ गर्ने गरेको पाइएको छ । सोही क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट छ लाख रुपियाँ अवैध भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–३, एकलैनी क्षेत्रबाट नरैनापुर गाउँपालिका–५ का २९ वर्षीय वीरवल कुम्हार र नरैनापुर–४ का ३८ वर्षीय मुनिव खाँलाई पक्राउ गरिएको हो ।उनले उनीहरूको साथबाट प्रहरीले भारतीय ६ लाख रुपियाँ बरामद गरेको बताए।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको पनि प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
स्थानीयका अनुसार दुई जनालाई पक्राउ गरिएको सोही स्थानमा एक जनाले लामो समयदेखि भारु र नेरुको अवैध कारोबार गर्दै आएपनि प्रहरीले पक्राउ नगर्नु आश्चार्यजनक छ ।
सोही प्रकारले घोसी टोल, एकलैनी, त्रिभुवन चोक, जयसपुर, जमुनाहा नाका नजिकको बजार क्षेत्रमा पनि खुला रूपमा भारु नेरुको अवैध कारोबार हुँदै आएको स्थानीयले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...



प्रतिकृया लेख्नुहोस्: