Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

रास्वपाद्वारा सांसद प्रशिक्षण सुरु, जावलाखेलमा दुईदिने कार्यक्रम

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि दुईदिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। ललितपुरको स्टाफ कलेज मा आयोजना गरिएको ‘सक्षम सांसद, सशक्त संसद्’ विषयक प्रशिक्षण आजदेखि सुरु भएको हो।

प्रशिक्षण कार्यक्रममा सहभागी हुन रास्वपाका सांसदहरू जावलाखेल पुगेका छन्। कार्यक्रमको उद्घाटन उपसभापति तथा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले ले गरेका हुन्।

रास्वपाले संसद्लाई जनमुखी र प्रभावकारी बनाउन तथा सांसदहरूको कानुनी, नीतिगत र संसदीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको जनाएको छ।

प्रशिक्षणको पहिलो दिन सदन र सरकारबीचको अन्तरसम्बन्ध तथा संसदीय प्रक्रियामा केन्द्रित रहनेछ। यस क्रममा पार्टी, सरकार र सदनबीचको समन्वयबारे महामन्त्री भूपदेव शाह ले प्रशिक्षण दिने कार्यक्रम छ।

त्यसैगरी, संसदीय समितिमा सांसदहरूको सक्रिय भूमिकाबारे संसदीय दलका उपनेता गणेश पराजुली ले अनुभव प्रस्तुत गर्नेछन् भने संसदीय अभ्यास तथा दलीय समन्वयमा सचेतकको भूमिकाबारे सांसद निशा डाँगी ले प्रशिक्षण दिनेछिन्।

रास्वपाका अनुसार दोस्रो दिनको सत्र राजनीतिक आचरण, कूटनीति तथा आगामी निर्वाचन तयारीमा केन्द्रित हुनेछ।

सचेतक क्रान्तिशिखा धिताल ले राजनीतिक मनोविज्ञान, व्यवहार र नैतिक आचरणका विषयमा प्रशिक्षण दिनेछिन्। यस्तै, पूर्वपरराष्ट्र मन्त्री शिशिर खनाल ले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र राजकीय मर्यादाबारे जानकारी गराउने कार्यक्रम छ।

सह–महामन्त्री विपिन कुमार आचार्य ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट र पार्टीको आन्तरिक तयारीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन्।

प्रशिक्षणको समापन सत्रमा पार्टी सभापति रवि लामिछाने ले विशेष निर्देशनात्मक मन्तव्य दिने कार्यक्रम रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध सडकमा युवाको प्रदर्शन

काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...

निजामती कर्मचारीलाई राजनीतिक गतिविधिबाट टाढा रहन सरकारको कडा निर्देशन

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...

सांसदहरूले अवरोधपछि बिहीबार बस्नेगरी बैठक स्थगित

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...

जवाफ दिने समयमा पनि प्रधानमन्त्री अनुपस्थित भए बैठक बहिष्कार गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...

प्रधानमन्त्री बालेन अनुपस्थित भएपछि सांसद हर्क साम्पाङ बैठक छोडेर हिडे

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...

विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...

न्यायाधीशबारे रास्वपाको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, दुई तिहाइको दम्भ देखाउँदै सदनलाई लत्काए

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...

प्रधानमन्त्रीको अनुपस्थितिप्रति कांग्रेसको आपत्ति, संसद्मा बोलाउन माग

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकको आकस्मिक सम...

लगानी व्यवस्थापन समितिमा खड्का र थकाली मनोनयन

काठमाडौं। मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending