काठमाडौं । माइतीघरमा भएको कुटाकुट प्रकरणले कानुनी मोड लिँदै गर्दा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनामाथि ‘ज्यान मार्ने उद्योग’ मुद्दा दर्ता हुने तयारी भएको छ।
घटनापछि पक्राउ परेकी अम्बिका गत ७ दिनदेखि प्रहरी हिरासतमा रहेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सबै आरोपितमाथि अनुसन्धान अन्तिम चरणमा पुगेको छ र फाइल सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भइरहेको छ।
यो प्रकरणको जरो भने लामो समयदेखिको विवादसँग जोडिएको छ । आफूलाई बलात्कार गरेको आरोप लगाउँदै आएकी शोभा पाठकले यसअघि सडक र अदालत दुवै मोर्चाबाट संघर्ष गर्दै आएकी थिइन्। त्यही पृष्ठभूमिमा माइतीघरमा भएको आमनेसामनेले हिंसात्मक रूप लिएको हो।
शोभा पाठकको अम्बिका बस्नेतले समूहसहित आएर ज्यानै लिने गरी आक्रमण गरेकाे आरोप छ । तर, महेश बस्नेत पक्षको दाबी उल्टो छ । उनीहरूकै समूहमाथि पहिले आक्रमण भएको थियो।
घटनापछि शोभालाई अस्पताल पठाइएको थियो भने अम्बिकालाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ। प्रहरीले सुरुमा छोटो म्यादमा अनुसन्धान थाले पनि पटक–पटक म्याद थप्दै अहिले ७ दिनसम्म हिरासतमा राखिएको हो। अझै अनुसन्धान अपूरो रहेको भन्दै थप म्याद मागिने संकेत प्रहरीले दिएको छ।
कानुनी रूपमा ‘ज्यान मार्ने उद्योग’ गम्भीर अभियोग हो । ज्यान लिन खोजिएको तर मृत्यु नभएको अवस्थामा लाग्ने यो कसुर प्रमाणित भए १० वर्षसम्म कैद सजाय हुन सक्छ।
घटनाले सामाजिक सञ्जालमा पनि तरंग ल्याएको छ। मुद्दा दर्ताको तयारीसँगै शोभा पाठकले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै भिडियोमार्फत ‘न्याय पाएको’ संकेत गरेकी छन्।
अब प्रश्न अदालततर्फ सरेको छ । यो झडप सामान्य विवाद थियो कि साँच्चै ज्यान लिन खोजिएको प्रयास? आगामी थुनछेक बहसले मात्रै यसको उत्तर दिनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...
आषाढ़ १५ गते, २०८३ - ०९:१६
दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...
आषाढ़ १५ गते, २०८३ - ०९:१३
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...
आषाढ़ १५ गते, २०८३ - ०९:०७
रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...
आषाढ़ १५ गते, २०८३ - ०९:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...
आषाढ़ १५ गते, २०८३ - ०९:००
मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...
आषाढ़ १५ गते, २०८३ - ०८:५७
धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...



प्रतिकृया लेख्नुहोस्: