Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

इरानले खुला गर्‍यो हर्मुज जलमार्ग

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबिच शुक्रबार १० दिनका लागि युद्धविराम गर्ने सहमति भएपछि इरानले हर्मुज जलमार्ग खोल्न सहमति जनाएको हो ।

इजरायल र लेबनानबिच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले उक्त युद्धविराम त्यसभन्दा पनि धेरै लम्बिन सक्ने बताएको छ ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानसँग ‘ऐतिहासिक सम्झौताका लागि’ यसले अवसर सिर्जना गर्ने आशा व्यक्त गरेका छन् । इरान समर्थित हिज्बुल्लाहले पनि युद्धविराम सम्झौता पालना गर्ने जनाएको छ ।

उक्त लडाकु समूहले लेबनानको भूमिमा आक्रमण रोक्ने र इजरेली सेना उक्त भूमिमा हिँडडुल बन्द गर्ने सर्तमा सहमति हुनुपर्ने पनि माग गरेको छ । नभाडामा कर दिवसको छलफलमा युद्धबारे छोटो टिप्पणी गर्दै ट्रम्पले भने, ‘यो निकै छिट्टै नै अन्त्य हुनु पर्छ ।’

उनले यसबारे थप व्याख्या नगरी युद्ध राम्रोसँग अघि बढिरहेको बताए । ट्रम्पले युद्धमा अमेरिकी सेनाको भूमिकाको पनि प्रशंसा गरेका । गत सप्ताहान्तमा अमेरिका र इरानबिच इस्लामाबादमा भएको वार्ता असफल भएको थियो । यद्यपि पाकिस्तान सहितका मध्यस्थकर्ताहरूले दोस्रो चरणको वार्ताका लागि पहल गरिरहेका छन् ।

ह्वाइट हाउसले सम्भावित दोस्रो चरणको शान्ति वार्ताबारे छलफलहरू भइरहे पनि मिति र स्थान तय नभएको तर वार्ताको सम्भावना बढेको जनाएको छ । इरानका विदेश मन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा लेखेका छन्, ‘लेबनानमा युद्धविरामको अनुरूप, अमेरिका–इरानबिचको युद्धविरामको बाँकी अवधिको लागि हर्मुज जलमार्ग भएर आवत जावत गर्ने सबै व्यावसायिक जहाजहरूको लागि मार्ग पूर्ण रूपमा खुला गरिएको छ ।’

उनले लेबनान र इजरायलबीच मध्यरातदेखि लागू भएको १० दिने युद्धविरामको कुरा गर्नुभएको हो वा अप्रिल ८ मा इरान र संयुक्त राज्य अमेरिकाबिच सुरु भएको दुई हप्ताको युद्धविरामको बारेमा कुरा गरिएको हो भन्ने भने उनको पोष्टबाट प्रष्ट हुन सकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि महत्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ व्यवसायिक जहाजका लागि खुला गर्ने इरानको घोषणाको स्वागत गरेका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘धन्यवाद, इरानले हर्मुजको साँघुरो जलमार्ग पूर्ण रूपमा खुला गरेको छ । यो सबै व्यवसायिक जहाजका लागि खुला भएको छ ।’

मस्कोले शुक्रबार इजरायल र लेबनानबिच भएको युद्धविराम सम्झौताको समर्थन गरेको छ र १० दिने युद्धविरामले दीर्घकालीन सम्झौताको मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँगको भेटमा भने, ‘हामी युद्धविरामको निर्णयको स्वागत गर्दछौं र आशा गर्दछौं कि यी केही दिनहरूमा सैन्य भिडन्तहरू दोहोरिन नदिन सम्झौतामा पुग्न सम्भव हुनेछ ।’

युद्धविराम गर्ने सहमतिको विश्व समुदायले प्रशंसा गरेको छ । फ्रान्स, बेलायत, भारत, चीन, अमेरिकालगायत विश्व शक्ति राष्ट्रका नेताहरूले पनि सहमतिको लागि खुशी व्यक्त गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

लमजुङ ।  लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...

कुम्मायक गाउँपालिकाको बजेट खर्च ८२.७४ प्रतिशत

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...

राष्ट्रिय सभामा दुई मन्त्रीले प्रश्नको उत्तर दिने

समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने

आजका लागि कालीमाटीको थोक मूल्य सार्वजनिक, गोलभेँडा ५० रुपैयाँमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...

२३ वर्षपछि टुंगियो भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गोविन्दराज जोशी दोषी, जग्गादेखि डलरसम्म जफत हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...

‘धैर्यताको परीक्षा नलिन’रास्वपा सांसद पुकार बमको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...

घाइते गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...

हुम्लाको स्याँडामा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी

हुम्ला । हुम्लाको  स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ । गाउँपालिकाले आर्थिक ...

जडिबुटीमा जबर्जस्ती गाडीमा चढाउने तथा झोला तानेर दु:ख दिने ३२ जना प्रहरीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिएको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...

भेन्टिलेटरमा गणेश नेपाली, भारत लैजाने तयारी अन्तिम क्षणमा रोकियो

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको स्वास्थ्य अवस्था अझै जटिल रहेको छ। उनी हाल वीर अस्पतालको बर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending