Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

क्रिप्टोकरेन्सी कारोबारबाट ट्रम्पको करिब १ अर्ब डलर आम्दानी

खबरडबली संवाददाता

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब १ अर्ब डलर आम्दानी गरेको विवरण सार्वजनिक भएको छ।

अमेरिकी सरकारी नैतिकता कार्यालयले मंगलबार सार्वजनिक गरेको ९२७ पृष्ठको आर्थिक खुलासाअनुसार ट्रम्पले विशेषगरी वल्र्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आम्दानी गरेको देखिएको हो।

उक्त विवरणअनुसार सन् २०२४ देखि २०२६ बीच ट्रम्पको व्यक्तिगत सम्पत्ति २ अर्ब ३० करोड डलरबाट बढेर ६ अर्ब ५० करोड डलर पुगेको फोर्ब्सले जनाएको छ।

प्रतिवेदनअनुसार ट्रम्पले स्टार्टअप कम्पनी वल्र्ड लिबर्टी फाइनान्सियलसँगको सम्बन्धबाट करिब ५ करोड ५० लाख डलर प्राप्त गरेका थिए। यस्तै, जनवरी २०२५ मा राष्ट्रपतिको शपथअघि सार्वजनिक गरिएको ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित इजाजतपत्र सम्झौताबाट थप ६३ करोड ५० लाख डलर रोयल्टी प्राप्त भएको उल्लेख छ।

उक्त कम्पनी सेप्टेम्बर २०२४ मा ट्रम्पका छोरा र मध्यपूर्वका विशेष दूत स्टिभ विटकफका छोराले संयुक्त रूपमा स्थापना गरेका थिए।

वल्र्ड लिबर्टी फाइनान्सियलले आफ्नो डब्लुएलएफआई टोकन बिक्रीबाट करिब ५५ करोड डलर संकलन गरेको थियो। सेप्टेम्बर २०२५ देखि कारोबार योग्य बनेको यो टोकनको मूल्य ४६ सेन्टबाट घटेर हाल करिब ६ सेन्टमा झरेको जनाइएको छ।

प्रतिवेदनअनुसार ट्रम्प र उनका तीन छोराले डीटी माक्र्स डेफीमार्फत थप २२ अर्ब ५० करोड डब्लुएलएफआई टोकन प्राप्त गरेका छन्, जसको हालको अनुमानित मूल्य करिब १ अर्ब ३० करोड डलर रहेको उल्लेख छ।

कम्पनीले अप्रिल २०२५ मा अमेरिकी डलरसँग आबद्ध स्टेबलकोइन पनि सार्वजनिक गरेको थियो। यसबीच क्रिप्टोकरेन्सी गतिविधिका कारण ट्रम्पमाथि राष्ट्रपति रहँदै स्वार्थको द्वन्द्व हुने गरी नियमन प्रभावित गरेको आरोप लाग्दै आएको छ। तर ह्वाइट हाउसले ती आरोप अस्वीकार गर्दै कुनै पनि द्वन्द्व नभएको दाबी गरेको छ।

ह्वाइट हाउसकी प्रमुख उपप्रेस सचिव अन्ना केलीले ट्रम्पले अमेरिकालाई विश्वको ‘क्रिप्टो राजधानी’ बनाएको दाबी गर्दै सबै निर्णय जनहितमा केन्द्रित रहेको बताएकी छन्।

सन् १९७८ को कानुनअनुसार राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो सम्पत्ति र आम्दानी सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। यस पटकको खुलासामा प्रथम महिला मेलानिया ट्रम्पले अमेजनका लागि निर्माण गरिएको वृत्तचित्र र आफ्नो पुस्तक ‘मेलानिया’ बाट समेत उल्लेखनीय आम्दानी गरेको विवरण समावेश छ।

प्रतिवेदनमा ट्रम्पले कोइनबेस जस्ता क्रिप्टो कम्पनीका सेयर, ट्रम्प ब्रान्डका सामग्री तथा गायक ली ग्रीनवुडसँगको सहकार्यमा बिक्री गरिएको बाइबलबाट पनि आम्दानी गरेको उल्लेख गरिएको छ।

ट्रम्पको सम्पत्ति हाल उनका छोरा डोनाल्ड ट्रम्प जुनियरद्वारा सञ्चालित ट्रस्टमा राखिएको छ। तर उक्त ट्रस्ट कुनै पनि बेला विघटन हुन सक्ने भएकाले सन् २०२९ मा दोस्रो कार्यकाल समाप्त भएपछि ट्रम्पले सम्पत्तिमाथिको प्रत्यक्ष नियन्त्रण पुन: प्राप्त गर्न सक्ने सम्भावना रहेको जनाइएको छ।

उक्त आर्थिक खुलासामा उपराष्ट्रपति जेडी भान्सले सन् २०१६ मा प्रकाशित आफ्नो संस्मरण ‘हिलबिली एलेगी’ बाट १० लाखदेखि ५० लाख डलरसम्म रोयल्टी प्राप्त गरेको विवरण पनि सार्वजनिक गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारको प्रतिबद्ध छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न आफू प्रतिबद्ध ...

कैलालीमा विद्यालयबाट फर्कने क्रममा बेपत्ता बालिकाको शव खोलामा फेला

धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरकी छ वर्षीया बालिका मनिषा विकको शव खोलामा फेला परेको छ। उनी विद्यालयबाट एक्लै घर फर्कने क्रममा बेपत्ता भएक...

वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं। आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुस...

बाँकेका आठ स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु

बाँके। बाँके जिल्लाका आठै स्थानीय तहमा कोटा प्रणालीअनुसार रासायनिक मल वितरण सुरु गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पराज ...

क्रिप्टोकरेन्सी कारोबारबाट ट्रम्पको करिब १ अर्ब डलर आम्दानी

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब १ अर्ब डलर आम्दानी गरेको विवरण सा...

त्रिशूली नदीमाथिको पुलको लट्ठामा हिँडिरहेका युवकको सकुशल उद्धार

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने पुलजीप र चितवनको मुग्लिन बजार जोड्ने त्रिशूली नदीमाथिको पुरानो पुलको सुरक्षा लट्ठामा जोखिमपूर्ण रूपमा ...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। काठमाडौंको बनस्थलीस्थित पार्ट...

लाहोरमा शिक्षण केन्द्रको छत भत्किँदा १४ बालबालिकाको मृत्यु, ८ घाइते

पाकिस्तान। पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत भत्किँदा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु ...

जर्मन कम्पनी म्यूलबैर र भेरिडोजले नै छाप्ने भए पासपोर्ट

काठमाडौं। केही दिनदेखिको अन्योल अन्त्य गर्दै नेपाल सरकारले जर्मनीका म्यूलबैर र भेरिडोज म्पनीमार्फत नेपाली राहदानी (पासपोर्ट) छपाइ प्रक्रिया अघि बढाउने...

चार सरकारी निकाय सचिवविहीन, प्रधानमन्त्री कार्यालयमा अझै ६ सचिव जगेडामा

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य मंगलबार रातिदेखि अनिवार्य अवकाशमा गएपछि सचिवको दरबन्दी रहेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending