काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद विश्वकर्माले सरकारको कारण मुगुका गणेश नेपालीले आत्मदाह गर्नुपरेको आरोप लगाउँदै प्रधानमन्त्री शाहले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन्।
उनले आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई प्रहरीले अमानवीय ढंगले अस्पताल पुर्याएको आरोप लगाए। घटनामा संलग्न ट्राफिक प्रहरी, नगर प्रहरी तथा अन्य सुरक्षाकर्मीमाथि कडा कारबाही गर्नुपर्ने उनको माग थियो।
‘जलिरहेको मान्छेलाई अपराधीझैं घिसारेर अस्पताल पुर्याइन्छ। त्यहाँ रहेका प्रहरीहरू गणेश नेपाली आगोमा जलिरहँदा भाग्छन्,’ उनले भने, ‘घटनामा संलग्न ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीलाई कडाभन्दा कडा कारबाही गरियोस्।’
विश्वकर्माले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको ‘क्रुरता’ का कारण गणेश नेपालीले यस्तो कदम चाल्न बाध्य भएको दाबी गरे।
‘आगोमा जलिरहेको मान्छेलाई घिसारेर अस्पताल पुर्याइन्छ। यो क्रुर सरकारले गणेश नेपालीलाई मर्न बाध्य बनायो,’ उनले भने, ‘गणेश नेपालीको मृत्यु भइसकेको छ। यस्तो अवस्थामा नैतिकता छ भने बालेन सरकारले तुरुन्त राजीनामा दिएर सडकमा आउनुपर्छ।’
विश्वकर्माले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको मागसमेत गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १५:५०
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...
आषाढ़ २६ गते, २०८३ - १४:५१
काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्...
आषाढ़ २६ गते, २०८३ - १४:२९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन सुरक्षित हुन नसकेको ...
आषाढ़ २६ गते, २०८३ - १४:२०
काठमाडौं । आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ। वीर अस्पतालका सूचना अधिकारी डा। ...
आषाढ़ २६ गते, २०८३ - १४:०३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि निधन भएका मुगुका गणेश नेपालीको मृत्युको घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्क...
आषाढ़ २६ गते, २०८३ - १३:५८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरका...
आषाढ़ २६ गते, २०८३ - १३:५२
काठमाडौं । नेकपा एमालेले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। शुक्रबार बसे...



प्रतिकृया लेख्नुहोस्: