Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

गणेश नेपाली आत्मदाह प्रकरणमा वर्षमान पुनको प्रश्न– ‘यो राज्यको असफलता हो कि होइन ?’

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले गणेश नेपालीको घटनाले आफू स्तब्ध भएको बताए। उनले उक्त घटनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्।

पुनले इलामका युवा कृषक प्रेम आचार्यले १० माघ २०७९ मा नयाँ बानेश्वरमा आत्मदाह गरेपछि तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर तथा हालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा लेखेको अभिव्यक्ति संसद्मा सुनाएका थिए।

उनले भने, ‘गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ। उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्छु। यस सन्दर्भमा अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको प्रधानमन्त्रीज्यूको २६ जनवरी २०२३ को एउटा स्टाटस छोटकरीमा उद्धृत गर्न चाहन्छु।’

त्यसपछि पुनले बालेनको पुरानो अभिव्यक्ति उद्धृत गर्दै आत्मदाहका घटनालाई राज्यको जिम्मेवारीसँग जोडिएको विषयका रूपमा प्रस्तुत गरे।

उनले प्रधानमन्त्री शाहलाई प्रश्न गर्दै गणेश नेपालीको आत्मदाहबारे विगतको धारणा अहिले पनि कायम छ कि परिवर्तन भएको हो भनेर सोधे।

‘प्रधानमन्त्रीज्यू हुनुहुन्छ। नयाँ विश्वासका साथ जनमत लिएर आउनुभएको छ। के यो राज्यको असफलता हो ? या गरिब, दु:खी र सुकुमवासीहरूले संघीय राजधानी वा देशभर बाँच्न नपाउने अवस्था हो ? उनीहरूले गरिखान नपाउने संकेत हो ?’ पुनले प्रश्न गरे।

उनले सरकारलाई घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गर्दै भने, ‘यही दृष्टिकोण आज पनि छ कि सत्तामा पुगेपछि बदलिएको हो ? यसको जवाफ चाहन्छु।’

सांसद पुनले आत्मदाहजस्ता घटनाले राज्यको नीति, सेवा प्रवाह र नागरिकप्रतिको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘म स्टन्टबाजी गर्न आएको होइन, जनताको सेवा गर्न आएको हुँ’: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...

रोस्ट्रममा पुगेपछि भावुक बने गृहमन्त्री गुरुङ, केही नबोली फर्किए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...

गनेश नेपालीको मृत्युको विरोधमा प्रदर्शन, महानगर घेराउ गर्न हिँडेका समूहलाई प्रहरीले रोक्यो

काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै वीर अस्पताल अगाडि प्रदर्शन

काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...

गणेश नेपाली आत्मदाह प्रकरणमा वर्षमान पुनको प्रश्न– ‘यो राज्यको असफलता हो कि होइन ?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...

रविलाई विश्वप्रकाश शर्माको प्रश्न– के साँच्चै सबै कुरा ठिकठाक भइरहेको दृश्य हो यो ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...

राष्ट्रिय सभा सदस्य विश्वकर्माद्वारा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्...

जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन असुरक्षित भयो: सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन सुरक्षित हुन नसकेको ...

गणेश नेपालीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी

काठमाडौं । आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ। वीर अस्पतालका सूचना अधिकारी डा। ...

गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय मात्र हैन: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि निधन भएका मुगुका गणेश नेपालीको मृत्युको घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending