Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन असुरक्षित भयो: सांसद शाही

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन सुरक्षित हुन नसकेको बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटनाबारे सरकारको आलोचना गर्दै शाहीले सरकारले जनतालाई सुविधा दिनुभन्दा कर र जरिवाना असुलीमा बढी ध्यान दिएको आरोप लगाए।

उनले सरकारका ऐन, नीति र नियमहरू पहुँचवाला तथा आर्थिक रूपमा सम्पन्न वर्गको पक्षमा केन्द्रित देखिएको टिप्पणी गरे।

“जसको खल्तीमा पैसा छ, उसले नेपालमा बाँच्न पाउँछ र जसको खल्तीमा पैसा छैन, उसको जीवनको कुनै मूल्य छैन भन्ने सन्देश सरकारका नीति तथा कार्यक्रमले दिइरहेका छन्,” शाहीले भने।

उनले जनताले थेग्न नसक्ने नीति तथा कानुन बनाउन नहुने भन्दै घरबार बेचेर राज्यको जरिवाना तिर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए।

शाहीले गृहमन्त्री सुधन गुरुङको कार्यशैलीको पनि आलोचना गरे। गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर ?” भन्दै शाहीले जनताको जीवन बचाउने काम सरकारको प्राथमिकता हुनुपर्ने बताए। उनले गणेश नेपालीको घटनामा समयमै प्रभावकारी उपचार र उद्धार भएको भए अवस्था फरक हुन सक्ने दाबी गरे।

प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि गरिब तथा निमुखा नागरिकले समस्या भोग्नुपरेको शाहीको आरोप थियो। उनले काठमाडौं सहर सबै वर्गका नागरिकको साझा सहर भएको भन्दै कमजोर वर्गको संरक्षणमा सरकार गम्भीर हुनुपर्ने बताए।

जनतामाथि करमाथि कर थपेर समस्या सिर्जना गरिएको आरोप लगाउँदै शाहीले सडक व्यापार गर्ने, ठेलागाडा चलाउने, पठाओ र ट्याक्सीमार्फत जीविकोपार्जन गर्ने नागरिकका लागि सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरे।

“सडकमा बसेर व्यापार गर्नुपर्छ भन्ने मान्यता छैन, तर उनीहरूका लागि व्यवस्थित स्थान र विकल्प किन दिइएन ? सरकारले यसको जवाफ दिनुपर्छ,” उनले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गणेश नेपाली आत्मदाह प्रकरणमा वर्षमान पुनको प्रश्न– ‘यो राज्यको असफलता हो कि होइन ?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...

रविलाई विश्वप्रकाश शर्माको प्रश्न– के साँच्चै सबै कुरा ठिकठाक भइरहेको दृश्य हो यो ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...

राष्ट्रिय सभा सदस्य विश्वकर्माद्वारा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्...

जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन असुरक्षित भयो: सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन सुरक्षित हुन नसकेको ...

गणेश नेपालीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी

काठमाडौं । आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ। वीर अस्पतालका सूचना अधिकारी डा। ...

गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय मात्र हैन: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि निधन भएका मुगुका गणेश नेपालीको मृत्युको घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्क...

चर्को ट्राफिक जरिवाना र प्रशासनिक दबाबका कारण गणेश नेपालीको मृत्यु भयो, यसको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरका...

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: एमाले

काठमाडौं । नेकपा एमालेले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। शुक्रबार बसे...

काग्रेसको प्रश्न: गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको मौनता किन ?

राज्यको असफलताका कारण युवाहरूले मृत्यु रोज्नुपर्ने अवस्था आयो

गणेश नेपालीको शव बुझ्न परिवारको अस्वीकार, श्रीमती र छोरीको जिम्मेवारी लिन सरकारसँग माग

काठमाडौँ । पेट्रोल छर्केर आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको शव बुझ्न उनका परिवारले अस्वीकार गरेका छन्। गणेशका भतिज मन ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending