काठमाडौं । बैंकमा पैसा छ, तर मालिक बेखबर। यस्तो “निद्रामा” परेका खाताको संख्या नेपालमा ३६ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका खातामा १७ अर्ब ६३ करोड रुपैयाँ थन्किएको छ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार बैंकहरूले यस्ता खाताको विवरण हरेक वर्ष राष्ट्र बैंकमा पठाउनुपर्छ। आर्थिक वर्ष २०८१/८२ सम्मको तथ्यांकले ३६ लाख ४५ हजार ५९३ वटा खाता १० वर्षदेखि चलायमान नभएको देखाएको हो। औसत हिसाब गर्दा प्रत्येक खातामा करिब ५ हजार रुपैयाँ रहेको अनुमान छ—सामान्य नागरिकका लागि सानो होइन।
अब के हुन्छ?
नयाँ सरकारको ‘शासकीय सुधारका १०० कार्यसूची’को ७८औँ बुँदामा १० वर्षभन्दा बढी निष्क्रिय खाताको रकम कानुनी प्रक्रिया पूरा गरेर सरकारी कोषमा ल्याउने उल्लेख छ। यो कार्यसूची कार्यान्वयनमा आए बैंकमा थन्किएको रकम राज्यकोषतर्फ सर्नेछ।
हालको व्यवस्थाअनुसार २० वर्षसम्म पनि कसैले दाबी नगरेको रकम भने राष्ट्र बैंकअन्तर्गतको बैंकिङ विकास कोषमा जाने प्रावधान छ। तर यस्तो रकम जम्मा भएपछि कसैले पछि दाबी गरे के गर्ने भन्ने विषयमा कानुन मौन छ। २० वर्ष नाघेका खाताबाट कोषमा जम्मा भएको रकम भने हालसम्म ६ करोड ७६ लाख रुपैयाँ मात्रै रहेको छ।
‘जफत होइन, उपयोग मात्र’
बैंकिङ विज्ञ भुवन दाहालका अनुसार रकमलाई जफत गर्नु संवेदनशील विषय हो। “राजस्वको रूपमा उठाउनु हुँदैन, स्रोतको रूपमा मात्रै उपयोग गर्नुपर्छ,” उनी भन्छन्। अर्थात् रकम राज्यले प्रयोग गरे पनि वास्तविक हकवालाले प्रमाणसहित माग गरे फिर्ता गर्नुपर्ने व्यवस्था हुनुपर्ने उनको सुझाव छ।
कानुनी जटिलता
संविधानको धारा २५ ले नागरिकलाई सम्पत्तिको हक प्रत्याभूत गरेको छ। त्यसैले कानुन संशोधन नगरी बैंक खाताको पैसा राज्यकोषमा सार्न मिल्दैन। राष्ट्र बैंकका अधिकारीहरूका अनुसार ऐन संशोधनबिना बैंकले कुनै खाताको रकम सरकारलाई पठाउन सक्दैन।
यस विषयमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच छलफल सुरु भइसकेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच पनि संवाद भएको बताइएको छ। आवश्यक कानुनी संशोधनको मस्यौदा तयार गर्ने तयारी भइरहेको छ।
वरिष्ठ अधिवक्ता रेशम रेग्मीका अनुसार राज्यले नागरिकको सम्पत्ति सिधै जफत गर्न मिल्दैन। तर, निश्चित समयसम्म प्रयोग नभएको रकम अस्थायी रूपमा उपयोग गर्ने कानुनी व्यवस्था बनाउन सकिन्छ—तर त्यसले निक्षेपकर्ताको अधिकार र प्रतिफल गुम्ने अवस्था आउनु हुँदैन।
९० दिनको समयसीमा
सरकारले निष्क्रिय स्रोत परिचालन नीति अन्तर्गत ९० दिनभित्र कार्ययोजना ल्याउने लक्ष्य राखेको छ। कानुनी प्रक्रिया पूरा गरेर हकवालाले दाबी नगरेको रकम राज्यकोषमा ल्याउने तयारी छ।
तर बहसको केन्द्रमा एउटै प्रश्न छ—बैंकमा ‘निस्क्रिय’ भएर बसेको पैसा राज्यको हो कि नागरिककै? कानुनले स्पष्ट बाटो नदेखाएसम्म १७ अर्ब ६३ करोड रुपैयाँको भविष्य अन्योलमै रहने देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...



प्रतिकृया लेख्नुहोस्: