Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

गोरखामा फेरिएको राजनीतिक खेल : कांग्रेसलाई प्रलोपाको औपचारिक साथले कसलाई पर्ला असर?

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि चुनावी समीकरण फेरिएको छ। तर यो निर्णयले वास्तवमै कसलाई फाइदा वा घाटा पुग्ला भन्ने बहस सुरु भएको छ।

कांग्रेसलाई औपचारिक साथ

प्रलोपा गोरखा जिल्ला समितिले गोरखा–१ मा प्रेमकुमार खत्री र गोरखा–२ मा प्रकाशचन्द्र दवाडीलाई समर्थन गर्ने परिपत्र जारी गरेको हो। जिल्ला अध्यक्ष नारायण खत्रीले पार्टीको निर्णयअनुसार कार्यकर्तालाई कांग्रेसको पक्षमा सक्रिय हुन निर्देशन दिएका छन्।

उनका अनुसार पार्टीको तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार नउठाउने भएपछि व्यापक छलफल गरेर कांग्रेसलाई मतदान गर्ने निर्णय गरिएको हो।

बाबुरामको मौन सहमति?

यसअघि गोरखा–२ मा उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले उम्मेदवारी फिर्ता लिएपछि प्रलोपाको रणनीति अन्योलमा थियो। भट्टराईले स्थानीय समितिको निर्णयमा हस्तक्षेप नगर्ने स्पष्ट सन्देश दिएका छन्।

यद्यपि, गोरखामा प्रलोपाको वास्तविक मत कति छ भन्ने प्रश्न निर्णायक बनेको छ।

विश्लेषण : निर्णायक कि प्रतीकात्मक?

राजनीतिक विश्लेषक यादव देवकोटाका अनुसार प्रलोपाको संगठनात्मक मत दुवै क्षेत्रमा अत्यन्त न्यून छ। गोरखा–२ मा ५–६ सय  र  गोरखा–१ मा ३–४ सय हाराहारी ।

उनको भनाइमा, “पार्टीले समर्थन गरे पनि सबै मत स्वतः कांग्रेसमा जाने ग्यारेन्टी हुँदैन। गोरखामा यसपटक मौन मतदाता निर्णायक बन्न सक्छन्।”

गोरखा–२ : कडा त्रिपक्षीय प्रतिस्पर्धा

गोरखा–२ मा नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ।

२०७९ को निर्वाचनमा पुष्पकमल दाहाल २६ हजार १०९ मतसहित विजयी भएका थिए। रास्वपाका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६३९ मत ल्याएका थिए।

यसपटक पनि बुर्लाकोटी मैदानमा छन्। नेकपाबाट लेखनाथ न्यौपाने उम्मेदवार छन् भने कांग्रेसले दवाडीलाई अघि सारेको छ। विश्लेषकहरूका अनुसार प्रलोपाको समर्थनले कांग्रेसलाई केही मनोवैज्ञानिक बल दिन सक्छ, तर निर्णायक मतान्तरण हुने सम्भावना कमजोर छ।

गोरखा–१ : नेकपाको माहोल?

गोरखा–१ मा नेकपाका हरिराज अधिकारी, कांग्रेसका प्रेमकुमार खत्री, रास्वपाका सुदन गुरुङ र एमालेका रामचन्द्र लामिछाने प्रतिस्पर्धामा छन्।

देवकोटाका अनुसार यहाँ नेकपाको माहोल तुलनात्मक रूपमा बलियो देखिन्छ। २०७९ को समानुपातिक मत परिणामले पनि माओवादी धार बलियो रहेको संकेत दिएको थियो।

समीकरण फेरिए पनि नतिजा अनिश्चित

प्रलोपाको निर्णयले चुनावी चर्चा त बढाएको छ, तर मतगणनामा कति असर पार्छ भन्ने अझै स्पष्ट छैन।

गोरखामा संगठनात्मक मतभन्दा पनि व्यक्तित्व, पार्टी लहर र मौन मतदाता निर्णायक बन्ने देखिन्छ। कांग्रेसलाई औपचारिक समर्थन मिले पनि वास्तविक असर मतदानको दिन मात्रै स्पष्ट हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending