एमालेका एक नेताका अनुसार बैठकमा उपाध्यक्ष पौडेललाई पक्राउ गरिएको घटनालाई विशेष प्राथमिकताका साथ उठाइएको छ। पार्टी नेतृत्वले उक्त घटनालाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधको रूपमा व्याख्या गर्दै आएको छ।
यसअघि मंगलबार च्यासलस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पौडेलको गिरफ्तारीको कडा आलोचना गरेका थिए। उनले पक्राउ प्रक्रिया गैरकानुनी र राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गरेका थिए।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, “त्यसरी यातना दिएर पक्राउ गरियो । यो प्रतिशोध हो, गैरकानुनी हो ।”
एमालेले पौडेलमाथि भएको व्यवहारप्रति आपत्ति जनाउँदै कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने संकेतसमेत दिएको छ। सचिवालय बैठकमा यस विषयमा पार्टीको आधिकारिक धारणा र आगामी कदमबारे निर्णय हुन सक्ने नेताहरूले बताएका छन्।
बैठकमा समसामयिक राजनीतिक अवस्था, संसद्को पछिल्लो गतिविधि, सरकारसँगको सम्बन्ध, पार्टी संगठन विस्तार तथा आगामी कार्यक्रमबारे पनि छलफल भइरहेको जनाइएको छ। पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमका कारण एमाले नेतृत्व आन्तरिक रूपमा सक्रिय देखिएको छ।
सचिवालय बैठकबाट उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे औपचारिक धारणा सार्वजनिक गर्ने तथा आवश्यक परे थप आन्दोलनका कार्यक्रम तय गर्ने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ। बैठक सकिएपछि पार्टीले निर्णय सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...



प्रतिकृया लेख्नुहोस्: