Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

खबरडबली संवाददाता

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बीवाईडीका नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिसम्बन्धी समाचार हटाउन दिएको आदेशप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघले उक्त आदेशले प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको मूल मर्ममाथि प्रहार गरेको जनाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा अदालतको आदेश पत्रकार आचारसंहिता–२०७३ को व्यवस्थाविपरीत रहेको उल्लेख गरिएको छ। अनलाइन सञ्चारमाध्यमबाट प्रकाशित सामग्री हटाउन नहुने आचारसंहिताको प्रावधानसँग आदेश मेल नखाने र समाचारको सत्यता परीक्षण गर्ने अधिकार प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारभित्र पर्ने महासंघको भनाइ छ।

महासंघले समाचारमा उल्लेखित तथ्य सही वा गलत भन्ने विषयमा निष्कर्षमा नपुग्दै सामग्री हटाउन आदेश दिनु स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप भएको जनाएको छ। यस्तो आदेशले प्रमाण नष्ट हुन सक्ने जोखिमसमेत बढाएको महासंघको तर्क छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले असार ५ गते बीवाईडीसँग सम्बन्धित समाचार तत्काल हटाउन र निवेदनको अन्तिम टुंगो नलागेसम्म थप सामग्री प्रकाशन तथा प्रसारण नगर्न अन्तरिम आदेश दिएको थियो।

महासंघले नेपालको संविधानले प्रत्याभूत गरेको सञ्चार स्वतन्त्रता र पूर्व–सेन्सरसिप निषेधको संवैधानिक व्यवस्थाको स्मरण गराउँदै समाचार नै नलेख्न वा प्रकाशन नगर्न भन्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने जनाएको छ।

यसैबीच, बिजनेशन्युज डटकमले बीवाईडीका गाडी आयात तथा भन्सार प्रक्रियासम्बन्धी अनियमितताबारे तथ्य र प्रमाणका आधारमा निरन्तर समाचार प्रकाशन गरेको दाबी गरेको छ। ६६ वटा समाचार एकैपटक हटाउन भनिएको आदेशविरुद्ध आफूहरू माथिल्लो अदालत जाने तयारीमा रहेको सञ्चारमाध्यमले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending