काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ८६५ जना उम्मेद्वारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, निर्वाचनमा भाग लिएका ६५ दलमध्ये ११ दलले मात्र खाता खोलेका छन् ।
आजसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिए ।
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्च सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैङ्क खाता खोल्ने व्यवस्था गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैङ्क खाता ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०८२ अनुसार निर्वाचनमा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले कार्यविधिअनुसार खाता खोल्न भनिएको छ ।
निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिने र खर्च कारोबार सोही खातामार्फत हुने व्यवस्था गरिएको छ । यही व्यवस्थाअनुसार दल र उम्मेदवारले खाता खोलेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १७ गते, २०८२ - २१:४०
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि चुनाव...
फाल्गुन १७ गते, २०८२ - २१:०६
काठमाडौं । नेपाली सेनाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। जनसम्पर्क तथा ...
फाल्गुन १७ गते, २०८२ - २१:०१
काठमाडौं । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राति १२ बजेदेखि सीमा नाका बन्द हुने भएको छ । बिहीवार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, ...
फाल्गुन १७ गते, २०८२ - २०:५८
काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ८६५ जना उम्मेद्वार...
फाल्गुन १७ गते, २०८२ - २०:४९
काठमाडाैं । पश्चिम एसियामा अवस्थित इरान (सन् १९३५ सम्म पर्सिया) विश्वका पुराना सभ्यतामध्ये एक मानिन्छ। करिब ९ करोडभन्दा बढी जनसंख्या भएको यो देश नेपाल...
फाल्गुन १७ गते, २०८२ - २०:२४
काठमाडौं । इरानले गरेको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु छ । यूएईको रक्षा मन्त्रालयका अनुसार इरानको मिसाइल आक्रमणबाट एक नेपालीसहित तीन जनाको ...
फाल्गुन १७ गते, २०८२ - १८:३९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रतिबद्धता ...
फाल्गुन १७ गते, २०८२ - १८:३७
सर्लाही । आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा नेपाली सेनाले बख्तरबन्द गाडीमार्फत गस्ती सुरु गरेको छ । आइतबार बिहानदेखि नेपाली सेनाक...
फाल्गुन १७ गते, २०८२ - १८:३४
काठमाडौं । नेपाली सेनाले विसं २०४८को प्रतिनिधिसभा निर्वाचनदेखिका सबै निर्वाचनमा नेपाली सेना परिचालन भई मतपत्र छपाइस्थलको सुरक्षा, मतपत्र ढुवानी र मतप...
फाल्गुन १६ गते, २०८२ - २२:५४
तेहरान । दक्षिणी इरानको मिन्दाब काउन्टीस्थित एक छात्रा विद्यालयमा भएको भनिएको आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा ६३ पुगेको स्थानीय गभर्नरले बताएका ...



प्रतिकृया लेख्नुहोस्: