काठमाडौं । नेपाली सेनाले विसं २०४८को प्रतिनिधिसभा निर्वाचनदेखिका सबै निर्वाचनमा नेपाली सेना परिचालन भई मतपत्र छपाइस्थलको सुरक्षा, मतपत्र ढुवानी र मतपेटिकालाई मतगणना स्थलसम्म पुर्याउने जिम्मेवारी निर्वाह गर्दै आएको स्पष्ट गरेको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार विज्ञप्ति जारी गरेर काठमाडौंबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचनको दौरान तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्नुका साथै निर्वाचन सम्पन्न भएपछि संयुक्त टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई मतगणना स्थलसम्म पुर्याउने जिम्मेवारी निर्वाह हुँदै आएको जनाएको हो।
विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि निर्वाचनको क्रममा मतदान सम्पन्न भएपछि स्थापित ‘प्रोटोकल’ अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधि एवं नेपाली सेनासहितको एकीकृत टोलीले मतदान स्थलबाट मतपेटिका ढुवानी गर्ने कार्य हुने विज्ञप्तिमा जनाइएको छ।
नेपाली सेना एकीकृत सुरक्षा योजनाअनुसार सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ। निर्वाचन सुरक्षा व्यवस्थाका सबै कार्य ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४’ तथा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार सञ्चालन भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १७ गते, २०८२ - २०:२४
काठमाडौं । इरानले गरेको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु छ । यूएईको रक्षा मन्त्रालयका अनुसार इरानको मिसाइल आक्रमणबाट एक नेपालीसहित तीन जनाको ...
फाल्गुन १७ गते, २०८२ - १८:३९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बहुमत पाए शासकीय स्वरूप र निर्वाचन प्रणाली परिमार्जन गर्ने प्रतिबद्धता ...
फाल्गुन १७ गते, २०८२ - १८:३७
सर्लाही । आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा नेपाली सेनाले बख्तरबन्द गाडीमार्फत गस्ती सुरु गरेको छ । आइतबार बिहानदेखि नेपाली सेनाक...
फाल्गुन १७ गते, २०८२ - १८:३४
काठमाडौं । नेपाली सेनाले विसं २०४८को प्रतिनिधिसभा निर्वाचनदेखिका सबै निर्वाचनमा नेपाली सेना परिचालन भई मतपत्र छपाइस्थलको सुरक्षा, मतपत्र ढुवानी र मतप...
फाल्गुन १६ गते, २०८२ - २२:५४
तेहरान । दक्षिणी इरानको मिन्दाब काउन्टीस्थित एक छात्रा विद्यालयमा भएको भनिएको आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा ६३ पुगेको स्थानीय गभर्नरले बताएका ...
फाल्गुन १६ गते, २०८२ - २२:५२
काठमाडौं । झापा–५ का उम्मेदवार रञ्जित तामाङले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नलिने स्...
फाल्गुन १६ गते, २०८२ - २२:४९
काठमाडाैे । दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला गरेको छ। समाचारअनुसार एउटा इरानी ड्रोन बुर्ज खालिफा नजिकैको अर्को भवनमा ...
फाल्गुन १६ गते, २०८२ - २२:४४
काठमाडौं । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । कुवेत नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता अब्दुल्लाह अल–राजीका अनुसार आज एक अज्ञात ड...
फाल्गुन १६ गते, २०८२ - २१:०५
झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् । भद्रपुर नगरपालिका–८ स्थित मेची रङ...
फाल्गुन १६ गते, २०८२ - २१:०२
काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ। यसैक्रममा नेकपाक...



प्रतिकृया लेख्नुहोस्: