Khabar Dabali २१ जेष्ठ २०८३ बिहीबार | 4th June, 2026 Thu
Investment bank

सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती

खबरडबली संवाददाता

सर्लाही । आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा नेपाली सेनाले बख्तरबन्द गाडीमार्फत गस्ती सुरु गरेको छ । आइतबार बिहानदेखि नेपाली सेनाको टोलीले गस्ती सुरु गरेको हो ।

यसअघि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले जिल्लाका विभिन्न भागमा गस्ती गर्दै आएको थियो ।  यसलाई थप मद्दतका लागि सेनाले बख्तरबन्द गाडीसहित चारवटै निर्वाचन क्षेत्रमा गस्ती सुरु गरेको हो ।

स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले सर्लाहीमा तैनाथ नेपाली सेनाको कालिध्वज गण पाँच कुमारी ब्यारेकले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन बख्तरबन्द गाडीसहित गस्ती निकालेको जनाएको छ ।

सेनाले जिल्लाभित्र सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । अत्याधुनिक सैनिक सवारी साधनहरू प्रयोग गरी मतदान स्थलहरूमा एकैसाथ सुरक्षा गस्ती तथा निगरानी तीव्र बनाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर पैदल, सवारी, मोटरसाइकल तथा बख्तरबन्दसहित सुरक्षा गस्ती सञ्चालन गरिएको प्रमुख सेनानी उमेश खड्काले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद र मन्त्रीको सम्पत्ति छानबिन नहुने व्यवस्था भ्रष्टाचारलाई प्रोत्साहन : सापकोटा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा वाइसिएलका पूर्व इन्चार्ज रामप्रसाद सापकोटा 'दिपशिखा'ले सांसद र मन्त्रीको सम्पत्ति छा...

१०४ सांसदलाई ४ अर्ब ३२ करोड बजेट बाँड्ने तयारीमा बागमती सरकार

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभा सदस्यहरूका लागि ४ अर्बभन्दा बढी बजेट विनियोजन गर्ने तयारी गरेको छ। प्रदेश सरकार स्रोतका अनुसार १०४ जना प्रद...

जग्गा खाली नगर्ने संस्थालाई बल प्रयोग गरेर हटाइने त्रिविको चेतावनी

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गा अतिक्रमण गरी बसेका संघसंस्था तथा संगठनलाई बल प्रयोग गरेर हटाउने चेतावनी दिएको छ। त्रिविको सामान्य ...

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द

बाँके । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ । निर्माण कार्यको प्रगति सन्तोषज...

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार भएको उल्लेख गर्दै यसतर्फ सबै पक्ष सचेत हुन उत्तिकै अपरिहार्...

विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति थप प्रतिबद्ध बन्न राष्ट्रपतिको सुझाव

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज ...

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ । आज निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीडितको अन्तरराष्ट्रिय दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९८२ देखि मनाउन प्रारम्भ भएको यो...

दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको बिना शर्त रिहाइको माग

नेदरल्याण्ड्स । भुटानमा राजनीतिक कैदीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी)ले १८ वर्षभन्दा बढी समयदेखि भुटानको चामगाङ केन्द्रीय कारागारम...

मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु

बाजुरा । बूढीनन्दा नगरपालिका–६ कोटिलाका टेकेन्द्र र नीर रावतबिच स्थानीय होटलमा मदिरा पिएपछि विवाद हुँदा नीरको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय...

तराईमा गर्मी बढ्ने, पहाडको माैसम कस्तो ?

काठमाडाैं । मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending