Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

निर्वाचन मर्यादित बनाउन सुरक्षा र अनुगमनमा कडाइ

खबरडबली संवाददाता

विराटनगर। फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मोरङमा सुरक्षा र अनुगमनको तयारीलाई तीव्र पारिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाको आयोजनामा आज विराटनगरमा आयोजित सुरक्षा निकाय र निर्वाचन कार्यालयबीचको अन्तक्र्रियामा यस्तो जानकारी दिइएको हो ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचनको तयारीका बारेमा जानकारी दिँदै सुरक्षा र व्यवस्थापनका सबै पक्षलाई चुस्त बनाइएको बताउनुभयो । उहाँले फागुन १८ गते राति १२ बजेदेखि ‘मौन अवधि’ सुरु हुने र यस अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने भन्दै आचारसंहिताको कडाइका साथ पालना गराउन प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पारे। साथै, निर्वाचनको समयमा ७२ घण्टाका लागि नेपाल–भारत सीमा नाका बन्द गरिने उनले जानकारी दिए।

जिल्ला प्रहरी प्रमुख एसपी कवित कटवालले मोरङको समग्र सुरक्षा अवस्था र चुनौतीबारे जानकारी दिए। उनका अनुसार जिल्लामा निर्वाचन सुरक्षाका लागि ७ हजार ८ सय ५१ जना सुरक्षाकर्मी परिचालन गरिनेछ । मोरङका ३०६ मतदान स्थलमध्ये ४७ वटालाई ‘अति संवेदनशील’, १२५ लाई ‘संवेदनशील’ र १३४ वटालाई ‘सामान्य’ श्रेणीमा राखेर विशेष सुरक्षा योजना लागू गरिएको छ । एसपी कटवालले गएराति सुनवर्षीमा मतदाता प्रभावित पार्न पैसा बाँड्न हिँडेको आरोपमा ४ लाख ४९ हजार रुपियाँसहित तीन जनालाई नियन्त्रणमा लिइएको र थप कारबाहीका लागि निर्वाचन कार्यालयमा बुझाइएको घटनाबारे समेत जानकारी दिए।

आचारसंहिता अनुगमन अधिकृत टोमनाथ उप्रेतीले उम्मेदवारहरूको आर्थिक पारदर्शिताका लागि अनिवार्य बैंक खाताको व्यवस्था गरिएको बताए। उनका अनुसार हालसम्म ९० जना उम्मेदवारले खाता खोल्न सिफारिस लिएकोमा ६० जनाले खाता खोलिसकेका छन् । उम्मेदवारहरूले निर्वाचन सम्बन्धी सम्पूर्ण आर्थिक कारोबार बैंकमार्फत नै गर्नुपर्ने उनले स्मरण गराए।

छलफलमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको, इजाजत प्राप्त हतियार बुझाउन निर्देशन दिइएको र फागुन २० गते रातिदेखि सवारीसाधनको आवागमनमा रोक लगाइने जानकारी समेत दिइयो । 

निर्वाचनको समयमा परेका होली र रमजान पर्वलाई मर्यादित रूपमा घरभित्रै मनाउन र निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी कुनै गतिविधि नगर्न प्रशासनले सबैमा आग्रह गरेको छ। सञ्चारकर्मीहरूका लागि मतगणना स्थलमा सूचना सङ्कलनका लागि इन्टरनेटसहितको छुट्टै कक्षको व्यवस्था गर्ने प्रतिबद्धता समेत अधिकारीहरूले जनाएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुटवलमा भूमिहीनको प्रदर्शन, विकल्पसहित व्यवस्थापनको माग

बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले विकल्पबिना बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेका छन्। नेपाल भूमिहीन स...

जबर्जस्ती करणी आरोपमा बहालवाला वडाध्यक्ष पक्राउ

जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–५ का बहालवाला वडाध्यक्ष दत्तबहादुर बुढा जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय जुम्ल...

मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइयो, कानूनी उपचार खोज्ने छु: रास्वपा सांसद खरेल

काठमाडौं । पूर्व सञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले आफ्नोविरुद्ध नियोजित रूपमा गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जालम...

साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्त्वाकांक्षी नौस...

सर्लाहीमा बस र मोटसाइकल जुध्दा चालकको मृत्यु

सर्लाही। बाँके–सङ्ग्रामपुर सडकअन्तर्गत सर्लाहीको हरिपुर्वा नगरपालिका–९, खीला गाउँनजिक बिहीबार बस र मोटरसाइकल जुध्दा एक युवकको मृत्यु भएको छ ।  दुर्...

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलाम सरवारले उनको कार्यकक्षमा शिष्टाचार भेट ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्यो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाउन लोकसेवा आयोगका अध्यक्ष...

जमलमा एसएलआरका ६ राउन्ड जिउँदो गोली फेला, अनुसन्धान जारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित जमल क्षेत्रमा एसएलआर बन्दुकका ६ राउन्ड जिउँदो गोली फेला परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्य...

सिन्धुलीमा जन्ती बोकेको बलेरो दुर्घटना हुँदा पाँच जना घाइते

सिन्धुलीमाढी। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–१, राँगेमा बिहीबार बिहान जन्ती बोकेको डबलक्याप बलेरो दुर्घटना हुँदा पाँच जना घ...

ठमेलको सार्वजनिक कमलपोखरी मासेर बनाइएको छायादेवी कम्प्लेक्स भत्काउन माग गर्दै प्रदर्शन

काठमाडौं । ठमेलस्थित सार्वजनिक कमलपोखरी मासेर निर्माण गरिएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ। बिहीबार सम्प...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending