Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

आन्दोलनको आगोबाट उठेको ‘दिपशिखा’: भक्तपुर–२ मा वैचारिक निरन्तरताको उम्मेदवारी

गुमनाम गाउँले

भक्तपुरको राजनीतिक धरातल सधैं सामान्य रहँदैन। यहाँ विचार बहस हुन्छ, धार स्पष्ट हुन्छ र मतदाता केवल अनुहार होइन, इतिहास र दृष्टिकोण पनि तौलिन्छ। यही धरातलमा यतिबेला प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनेका छन् रामप्रसाद सापकोटा ‘दिपशिखा’। नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका दिपशिखाको राजनीतिक यात्रा कुनै आकस्मिक उदयको कथा होइनस यो तीन दशक लामो संघर्ष, विचार र संगठनको क्रमिक निर्माणको परिणाम हो।

विद्यार्थी आन्दोलनबाट सुरु भएको राजनीतिक चेतना

वि सं २०३७ सालमा मध्यपुर थिमीमा जन्मिएका दिपशिखाको राजनीतिक चेतना विद्यालय जीवनमै अंकुराएको थियो। २०४७ सालको राजनीतिक परिवर्तनपछि खुलेको बहुदलीय अभ्यासले युवापुस्तामा नयाँ ऊर्जा भरेको थियो। त्यही समय उनी अनेरास्ववियुमा आबद्ध भए। विद्यालय समिति अध्यक्ष हुँदै क्षेत्रीय तहसम्मको जिम्मेवारी सम्हाल्दा उनले राजनीति केवल नाराबाजी होइन, संगठन, अनुशासन र वैचारिक प्रशिक्षणको अभ्यास हो भन्ने बुझे।

तर बहुदलीय व्यवस्थाले जनताको जीवनमा तत्काल परिवर्तन ल्याउन नसकेको अनुभूति उनलाई बेचैन बनाउँदै गयो। यही बेचैनीले उनलाई वैचारिक रूपमा अझ कट्टर र परिवर्तनमुखी धारतर्फ धकेल्यो।

सशस्त्र जनसंघर्ष र जोखिमपूर्ण जीवन

वि सं २०५३ मा उनले तत्कालीन एमाले परित्याग गरी माओवादी नेतृत्वको सशस्त्र जनसंघर्ष रोजे। यो निर्णय राजनीतिक मात्र होइन, व्यक्तिगत जीवनको कठोर मोड थियो। भूमिगत जीवन, निरन्तर स्थानान्तरण, सुरक्षा चुनौती र परिवारसँगको दूरी—यी सबै उनले स्वीकारे।

दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा संगठन निर्माण, गुरिल्ला तालिम सञ्चालन, जनमुक्ति सेनाको प्लाटुन कमाण्डर र पछि काठमाडौँ स्टेशन टास्कफोर्सको बटालियन कमाण्डरको जिम्मेवारी—यी अनुभवले उनलाई केवल लडाकु होइन, योजनाकार र संयोजकका रूपमा पनि खार्यो।

२०५८ सालमा दोलखाबाट पक्राउ परेपछि जेल जीवनले उनलाई अर्को किसिमको आत्ममन्थनको अवसर दियो। २०५९ को युद्धविरामपछि रिहा हुँदा उनी पहिलेभन्दा परिपक्व, संगठित र राजनीतिक दृष्टिले स्पष्ट बनेका थिए।

शान्ति प्रक्रियापछिको पुनर्संरचना

शान्ति प्रक्रियापछि धेरै पूर्वलडाकुहरू अन्योलमा थिए। तर दिपशिखाले आफ्नो ऊर्जा संगठन निर्माणतर्फ केन्द्रित गरे। वाइसीएल भक्तपुर जिल्ला अध्यक्ष हुँदै केन्द्रीय नेतृत्वसम्म पुग्दा उनले युवालाई अनुशासित र वैचारिक रूपमा स्पष्ट बनाउने अभियान चलाए।

२०७५ मा एमाले–माओवादी एकीकरणपछि बनेको नेकपामा केन्द्रीय समिति सदस्य र युवा संगठन संयोजकको जिम्मेवारी पाएका उनले पार्टी विभाजनपछिको जटिल अवस्थामा पनि संगठनलाई सम्हाल्ने प्रयास गरे। उनका सहकर्मीहरू भन्छन् “उहाँ पदभन्दा संगठनलाई प्राथमिकता दिनुहुन्छ।”

कलमको अर्को मोर्चा

दिपशिखाको परिचय केवल आन्दोलनकारीमा सीमित छैन। उनले पत्रकारिता र साहित्यलाई पनि राजनीतिक संघर्षको निरन्तरता माने। लालरक्षक र समाचार दैनिकको प्रधान सम्पादक रहँदा उनले राजनीतिक विश्लेषण, वैचारिक बहस र समसामयिक मुद्दामा धारिलो लेखन प्रस्तुत गरे।

उनका कृति “रात फुलेको याम” र “संसार फेरि रचिनेछ” ले संघर्ष, आशा र पुनर्निर्माणको भाव बोकेको देखिन्छ। बन्दुक र कलम दुवै मोर्चामा सक्रिय अनुभवले उनको अभिव्यक्ति सन्तुलित र अनुभवी बनाएको छ।

भक्तपुर–२ को राजनीतिक सन्दर्भ

भक्तपुर–२ सामान्य निर्वाचन क्षेत्र होइन। यहाँ मतदाता वैचारिक स्पष्टता खोज्छन्। स्थानीय विकास, सांस्कृतिक पहिचान र राष्ट्रिय राजनीतिक दिशाबारे यहाँ गम्भीर बहस हुन्छ। यस्तो क्षेत्रमा दिपशिखाको उम्मेदवारी केवल व्यक्तिगत महत्वाकांक्षा होइन, कम्युनिस्ट धारको पुनर्स्थापनाको प्रयासका रूपमा हेरिएको छ।

उनले सार्वजनिक रूपमा श्रमिक, किसान, युवा र निम्न वर्गको आवाज संसद्‌मा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। “संसद्‌ जनताको संघर्षको विस्तार हुनुपर्छ,” भन्ने उनको भनाइ चुनावी नाराभन्दा बढी वैचारिक घोषणाजस्तो सुनिन्छ।

जित–हारभन्दा परको सन्देश 

दिपशिखाको उम्मेदवारीलाई धेरैले प्रतीकात्मक रूपमा पनि हेरिरहेका छन्। आन्दोलनबाट उठेको नेतृत्व संसदीय अभ्यासमा कसरी रूपान्तरण हुन्छरु वैचारिक दृढता र व्यवहारिक राजनीतिबीच सन्तुलन सम्भव छरु यी प्रश्नहरूको उत्तर खोज्ने प्रयास पनि यो निर्वाचनसँग जोडिएको छ।

भक्तपुर–२ मा प्रतिस्पर्धा कडा हुनेछ। तर दिपशिखाको यात्रा हेर्दा उनी चुनावलाई अन्तिम लक्ष्य होइन, निरन्तर राजनीतिक प्रक्रियाको एउटा चरणका रूपमा लिन्छन्।

आन्दोलनको आगोमा तपेर खारिएको यो नेता संसद्‌को बहसमा कति प्रभावशाली हुन्छन्, त्यो मतदाताले तय गर्नेछन् । तर एउटा कुरा स्पष्ट छ, रामप्रसाद सापकोटा ‘दिपशिखा’को उम्मेदवारी भक्तपुर–२ मा केवल सिटको प्रतिस्पर्धा होइन, विचारको उपस्थिति हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

शनिबारसम्म तराईमा तातो हावाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...

३२ वर्षदेखि अतिक्रमणमा कारागारको डेढ विघा जग्गा, अदालतको आदेश पनि कार्यान्वयन भएन

राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...

द्वन्द्वकालीन यौन हिंसामा कानुनी न्याय मात्र पर्याप्त छैनः देवी खड्का

काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्...

‘शरणार्थीको रेकर्ड व्यवस्थित गर्न खोज्दा राजद्रोह कसरी हुन्छ ?’ — खाण पक्षको जिकिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...

स्वर्णिम वाग्लेलाई प्रवासका प्रतिनिधिको शतप्रतिशत मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...

प्रदेश सभा खारेजीको रास्वपा एजेण्डामा कांग्रेस, एमाले र नेकपाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...

ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त

काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...

जुन महिना सुक्खा रह्यो, औसतको ७० प्रतिशत मात्र वर्षाजुन महिना सुक्खा रह्यो, औसतको ७० प्रतिशत मात्र वर्षा

काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...

फेवातालमा सुरक्षा कडाइ : कास्की प्रशासनको १९ बुँदे निर्देशन

पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending