Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

मकवानपुरमा लोक गायक राजु परियारसहित ७ स्रष्टा सम्मानित

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुरमा ७ स्रष्टा सम्मानित भएका छन् । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्थालाई सम्मान गरेको हो ।

प्रतिष्ठानको २१ वार्षिक साधारणसभा एवम् ८ औँ अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । प्रतिष्ठानले लोक गायक राजु परियार सहितका स्रष्टाहरूलाई सम्मान गरेको हो । प्रतिष्ठानले २० हजार रुपैयाँ राशीको ‘रामकृष्ण बानियाँ स्मृति लोक संगीत पुरस्कार’ बाट लोकगायक राजु परियारलाई सम्मान गरेको हो ।

प्रतिष्ठानले १५ हजार रुपैयाँ राशीको ‘तुलसीमाया–शिवकुमारी सृजनशील नारी पुरस्कार’ मकवानपुरकी हस्तकला प्रशिक्षक रविना श्रेष्ठ प्रदान गरिएको छ भने १० हजार रुपैयाँ राशीको ‘भीम–मथुरा बाल प्रतिभा पुरस्कार’ बाट सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीमा अध्ययनरत उदीयमान गायिका अक्सा खातुनलाई सम्मान गरिएको छ ।

१५ हजार रुपैयाँ राशीको ‘शिला नारी पुरस्कार’ मकवानपुरकी संगीता थापा मगर, १५ हजार रुपैयाँ राशीको ‘चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार’ साहित्य संगम मकवानपुरलाई प्रदान गरिएको छ । १० हजार रुपैयाँ राशीको ‘मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार’ बाट स्वास्थ्यकर्मी राजु गुरुङ सम्मानित भएका छन् ।

त्यस्तै, १० हजार रुपैयाँ राशीको ‘अजित सेन गुप्ता भित्र क्षमता पुरस्कार’ थाहा नगरपालिकाका चित्रकार अमिर भोम्जनलाई र १० हजार रुपैयाँ राशीको ‘इन्द्रकुमार कोजू स्मृति पुरस्कार’ ज्ञानोदय बालवाटिका आवासीय मा.वि.मा अध्ययनरत् अप्सना उप्रेती प्रदान गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो। वरिष्ठ कला साधक भीम विरागको सम्मानमा २०५९ सालमा स्थापना गरिएको प्रतिष्ठानले देश तथा विदेशमा रहेर नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका स्रष्टा तथा सर्जकलाई सम्मानित गर्दै आएको छ ।

प्रतिष्ठानको अध्यक्षमा पुनः श्रेष्ठ
 
कार्यक्रमका बिच प्रतिष्ठानको अधिवेशनले ३ वर्षे कार्यकालको लागि पुनः केशवलाल श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समितिको उपाध्यक्षमा श्यामकुमार बानियाँ, महासचिवमा माधवबहादुर पोखरेल, कोषाध्यक्षमा दिनेश सुवेदी र सचिवमा आशा ढकाल चयन भएका छन्।

यसैगरी सदस्यहरुमा गहन चौलागाईं, बालकृष्ण चौलागाईं, पदमलाल श्रेष्ठ, शर्मिला श्रेष्ठ, अन्जन दाहाल, प्रह्लाद मिश्र र गोपिनी गौतम चयन भएका छन्।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...

१८ वर्षपछि स्तरोन्नति भयो दरवाङ–फूलबारी सडक

म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...

सोलेडाँडाको फेदीमा अवस्थित रमणीय डाडाँगाउँ

म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...

जानकी गाउँपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यालयलाई अनुदान, शिक्षक र विद्यार्थीलाई पुरस्कार

कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा उद्धार, पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...

खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक लागुऔषधसहित पक्राउ

रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...

कमला पुल निर्माणमा १५ वर्षको ढिलाइ, स्थानीयको चिन्ता बढ्दो

सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending