काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले दुई वर्षमा सम्पन्न हुने योजना डेढ वर्षमै पूरा गर्ने आफ्नो एजेन्डा रहेको बताएका छन्।
बुधबार धनगढीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले विकास निर्माणमा हुने ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। “दुई वर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म बन्दैन। डेढ वर्षमै बन्नुपर्यो, त्यो हो हाम्रो एजेन्डा,” उनले भने, “रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ—बाटो बन्नुपर्यो।”
शाहले सुदूरपश्चिम क्षेत्रमा पूर्वाधार विकासमा राजनीतिक पूर्वाग्रह देखिएको दाबी गर्दै ‘यो भेगमा मेरो भोट छैन, किन बनाउनुपर्यो ?’ भन्ने प्रवृत्तिले विकासमा बाधा पुगेको बताए।
रास्वपा सरकारमा गए सबै नागरिकका लागि समान रूपमा विकास गर्ने उनको भनाइ छ। “राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ। सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १७:३९
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...
बैशाख ३ गते, २०८३ - १७:१४
सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...
बैशाख ३ गते, २०८३ - १६:५६
बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...
बैशाख ३ गते, २०८३ - १६:४३
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...
बैशाख ३ गते, २०८३ - १६:२६
फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...
बैशाख ३ गते, २०८३ - १६:१५
काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्याउने कार्य प्रारम्भ...
बैशाख ३ गते, २०८३ - १५:४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...
बैशाख ३ गते, २०८३ - १५:३५
पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली ...
बैशाख ३ गते, २०८३ - १५:२४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...
बैशाख ३ गते, २०८३ - १५:१६
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...


प्रतिकृया लेख्नुहोस्: