काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेको छ। निर्णयसँगै अब देशभरका सरकारी अस्पतालमा शनिबार र आइतबार नियमित ओपीडी सेवा बन्द रहनेछ। आकस्मिक र अन्तरंग (इनडोर) सेवा भने २४सै घण्टा सञ्चालनमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्री निशा मेहता, स्वास्थ्य सचिव डा. विकास देवकोटा र १४ पेसागत संगठनका प्रतिनिधिबीच मन्त्रालयमा भएको छलफलपछि सरकार दुई दिन बिदामा सहमत भएको हो। मन्त्रालय स्रोतका अनुसार प्रेस विज्ञप्तिमार्फत औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी छ।
तर, यो निर्णयले सेवाग्रहीलाई भने थप सास्ती हुने चिन्ता बढेको छ। पहिले नै भीड, पालो र चिकित्सक अभाव झेलिरहेका बिरामी अब पाँच दिनभित्रै सेवा लिन बाध्य हुनेछन्। ग्रामीण भेगबाट उपचारका लागि सदरमुकाम वा केन्द्रसम्म पुग्ने बिरामीलाई शनिबार–आइतबार ओपीडी बन्द हुँदा थप खर्च र झन्झट व्यहोर्नुपर्ने देखिएको छ।
मन्त्रालयले आकस्मिक सेवाको क्षमता विस्तार गर्ने दाबी गरे पनि सामान्य जाँच, परामर्श र फलोअपका बिरामीले भने प्रत्यक्ष असर भोग्नुपर्नेछ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको संयोजकत्वमा रहेको दबाब समूहले स्वास्थ्यकर्मीलाई पनि अन्य सरकारी कर्मचारीसरह दुई दिन बिदा दिनुपर्ने माग गर्दै आएको थियो। बढ्दो कार्यबोझ र मानसिक तनावलाई कारण देखाउँदै उनीहरूले आन्दोलनको चेतावनी दिएका थिए।
यसअघि मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते सबै सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। तर स्वास्थ्य मन्त्रालयले अस्पतालमा आइतबार पनि ओपीडी सञ्चालन गर्न निर्देशन दिएपछि स्वास्थ्यकर्मी असन्तुष्ट बनेका थिए। अन्ततः संयुक्त आन्दोलनको चेतावनीपछि सरकार अस्पतालमा पनि दुई दिन बिदा लागू गर्न सहमत भएको हो।
निर्णयले स्वास्थ्यकर्मीलाई राहत दिने अपेक्षा गरिए पनि तत्कालका लागि सेवाग्रही नै मारमा पर्ने देखिएको छ। अब उपचारको चाप पाँच दिनमा सीमित हुँदा अस्पताल व्यवस्थापन र सेवा प्रवाह कसरी सहज बनाइन्छ भन्ने प्रश्न पेचिलो बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - २१:५८
काठमाडौँ । नेपालमा जलविद्युत उत्पादन भन्नासाथ ठूला बाँध, सुरुङ र उचाइबाट पानी खसाल्ने परम्परागत मोडेल सम्झिन्छौँ। तर, अब यो धारणा बदलिने संकेत देखिएको...
बैशाख ३ गते, २०८३ - २१:५०
पोखरा । हाडनाता जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । रौतहटको डुमरिया गाउँप...
बैशाख ३ गते, २०८३ - २१:४४
काठमाडौं । अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभाग...
बैशाख ३ गते, २०८३ - २०:१०
काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिद...
बैशाख ३ गते, २०८३ - २०:०१
बाँके । समाजमा व्याप्त अन्याय, विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उ...
बैशाख ३ गते, २०८३ - १९:५३
काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणल...
बैशाख ३ गते, २०८३ - १९:४२
काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याए...
बैशाख ३ गते, २०८३ - १९:२९
काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको भू–भाग हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर वा शुल्क लगाउन नपाइने स्पष्ट गरिएको...
बैशाख ३ गते, २०८३ - १९:२८
काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र सं...
बैशाख ३ गते, २०८३ - १९:१९
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ। बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र...


प्रतिकृया लेख्नुहोस्: