काठमाडौं । अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ ।
विभागका प्रवक्ता निर्देशक टिकाराम ढकालले यसरी गैरकानुनी रूपमा प्रस्थान अनुमति दिने कर्मचारीमाथि आन्तरिक छानबिनको प्रक्रिया अघि बढाइएको बताए । संयुक्त अरब इमिरेट्स जान लागेका एक नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘भ्mउयिथmभलत ष्क कतचष्अतथि उचयजष्दष्तभम ख्ष्कष्त तष्िि’ लेखिएको भन्ने विषय विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभागको ध्यानाकर्षण भएको उनले बताए ।
विभागले विज्ञप्तिमार्फत धेरै नेपालीका लागि विदेश यात्रा रहर मात्र नभई बाध्यता समेत भएको उल्लेख गर्दै त्यसको दुरुपयोग गरी हुने ठगी र शोषण नियन्त्रण गर्न प्रयास भइरहेको जनाएको छ ।
अनावश्यक कागजात माग गर्ने र तजबिजीका आधारमा निर्णय गर्ने प्रवृत्ति नियन्त्रण गर्न नेपाल सरकारको २०८२ कात्तिक १३ को निर्णयअनुसार भिजिट भिसामा विदेश जान कम्तीमा ६ महिना वैध राहदानी, हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित प्रस्थान गर्न पाउने व्यवस्था गरिएको स्पष्ट पारिएको छ ।
यात्रुहरूको आवागमन झन्झटरहित बनाउन नीतिगत सहजीकरण तथा अध्यागमन प्रणाली आधुनिकीकरण गर्दै राष्ट्रिय सुरक्षा सुदृढीकरणमा काम भइरहेको विभागले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - २२:१२
बढ्दो तापक्रमसँगै गाउँदेखि शहरसम्म सर्पको त्रास, लापरबाहीले निम्त्याउन सक्छ ज्यानै जाने जोखिम
जेष्ठ ३० गते, २०८३ - २१:५९
काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत साम...
जेष्ठ ३० गते, २०८३ - २१:४८
विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन कांग्रेस नेता शेखर कोइराला र पूर्व महामन्त्री...
जेष्ठ ३० गते, २०८३ - २१:४४
काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल हालसम्मकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने खेल प्रतियोगिता बन्न सक्ने भन्दै विज्ञहरूले चिन्ता ...
जेष्ठ ३० गते, २०८३ - २१:३५
दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँप...
जेष्ठ ३० गते, २०८३ - ०८:०९
घोराही (दाङ) । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...
जेष्ठ ३० गते, २०८३ - ०७:५३
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...
जेष्ठ ३० गते, २०८३ - ०७:४६
काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...
जेष्ठ ३० गते, २०८३ - ०७:४५
काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...
जेष्ठ ३० गते, २०८३ - ०७:३०
काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...



प्रतिकृया लेख्नुहोस्: