Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

विमानस्थल र प्रादेशिक अस्पताल पहिलो प्राथमिकता : सांसद पोखरेल

खबरडबली संवाददाता

काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेको बताएका छन्।

बिहीबार काठमाडौंमा ओखलढुंगाका स्थानीय प्रतिनिधिहरूसँगको भेटमा उनले जिल्लाको दीर्घकालीन विकासका लागि पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाए।

उनका अनुसार जिल्लावासीले सडक, पुल, खानेपानी, स्वास्थ्य, शिक्षा र विद्युतीकरणका समस्या निरन्तर उठाउँदै आएका छन्। ती योजनाहरू स्थानीय तहबाट संकलन गरी ‘योजना बैंक’मा दर्ता गर्ने र सम्बन्धित मन्त्रालयसँग बजेट सुनिश्चित गर्न पहल भइरहेको उनले जानकारी दिए।

टोक्सेल प्रादेशिक अस्पताल : रोकिएको काम, बढ्दो असन्तुष्टि

मानेभञ्ज्याङ गाउँपालिका–७, टोक्सेलमा प्रस्तावित प्रादेशिक अस्पतालका लागि २८ परिवारले १६७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए। एक रोपनीदेखि ३५ रोपनीसम्म जग्गा दान गरिएको थियो। प्रारम्भिक चरणमा ४५ लाख रुपैयाँ खर्च गरी डीपीआर तयार भए पनि प्रदेश सरकारले थप बजेट विनियोजन नगर्दा निर्माण कार्य अघि बढ्न सकेको छैन।

अस्पताल निर्माण अलपत्र परेपछि असन्तुष्ट स्थानीयले २०८२ फागुन २१ को निर्वाचनमा सातसल्ले मतदान केन्द्रमा मतदान बहिष्कारसमेत गरेका थिए।

यस विषयमा सांसद पोखरेलले नागरिकको माग जायज भएको उल्लेख गर्दै भने, “स्थानीयले जग्गा दान गर्नुभयो, डीपीआर तयार भयो तर काम अघि बढेन। उहाँहरूको दबाब र बहिष्कारलाई मैले गम्भीर रूपमा लिएको छु र सरकारको ध्यानाकर्षण गराएको छु।”

क्षेत्रीय स्वास्थ्य सेवाको सम्भावित केन्द्र

सांसद पोखरेलका अनुसार अस्पताल निर्माण सम्पन्न भए ओखलढुंगासहित सोलुखुम्बु, खोटाङ, रामेछाप, उदयपुर र सिन्धुलीका नागरिकले समेत सहज स्वास्थ्य सेवा पाउनेछन्। बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको उनले बताए।

उनले प्रधानमन्त्री बालेन साहसँगको भेटमा पनि अस्पतालसहित जिल्लाका अन्य महत्वपूर्ण योजनाका विषयमा कुरा उठाएको जानकारी दिए। “स्थानीयको अडान र आवश्यकतालाई सरकारले उच्च प्राथमिकतामा राख्नेमा म विश्वस्त छु,” उनले भने।

स्थानीयको पहल र राजनीतिक पृष्ठभूमि

अस्पताल निर्माण अभियानमा सक्रिय अर्जुनकुमार गौतम, अर्जुन गौतम (विर्ता) र Narad Gautamलगायतको टोलीले सांसद पोखरेललाई भेटेर ध्यानाकर्षण गराएको थियो। भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति कृष्ण थापा, स्थानीय नेता मदन गौतम र सांसदका स्वकीय सचिव भानु दाहालको उपस्थिति थियो।

गत निर्वाचनमा रास्वपाका उम्मेदवार पोखरेलले नेपाली कांग्रेसका कुमार लुईँटेललाई पाँच मतको झिनो अन्तरले पराजित गर्दै विजयी भएका थिए।

ओखलढुंगामा पूर्वाधार र स्वास्थ्य सेवा विस्तारको मुद्दा अहिले पनि स्थानीय राजनीतिक बहसको केन्द्रमै छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व रक्तदाता दिवसमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम हुँदै

हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडामा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवान...

धान रोपाइँको मुखमा राहतः भारतबाट ५० हजार मेट्रिक टन मल आउँदै

काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मल अभावको चिन्ता बढिरहेका बेला भारतबाट ५० हजार मेट्रिक टन मल नेपाल आउने निश्चित भएको छ। सरकार–...

सुन पसल ठगी प्रकरणमा तानिए भूमि आयोगका पूर्वअध्यक्ष, प्रशासनले लियो बयान

विराटनगर । मोरङको कानेपोखरीस्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको बहुचर्चित ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेलसमेत अनुसन्धानक...

मनसुन प्रवेशको संघारमा देश, कपनमा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता सक्रिय बनेको मौसम प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। राजधानीको कपन क्षे...

एसईईमा जफत मोबाइल नष्ट प्रकरण : सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाबारे सर्वोच्च अदालतले सम्बन्धित सरकारी...

रानीसैन घटना : बजार र कर्णाली करिडोर बन्द

बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा ...

कर्णालीमा मनसुन पूर्वतयारी फोरम सम्पन्न, विपद् जोखिम व्यवस्थापनमा समन्वय जोड

सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...

कोशीमा देउवा–कोइराला समूह एउटै मञ्चमा, कांग्रेसभित्र सहकार्यको नयाँ संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...

बसाइँसराइको असर : म्याग्दीको विद्यालयमा शिक्षक र विद्यार्थी बराबर, कक्षा १ र २ शून्य

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...

सुक्खा मनसुनको संकेत, तर विपद्को जोखिम झनै उच्च हुने चेतावनी

काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending