Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

ऊर्जा क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी

खबरडबली संवाददाता

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि ३२ बुँदे विशेष निर्देशन जारी गरेको छन्। बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले सम्बन्धित निकायहरूलाई समयसीमासहितका कार्यान्वयन योजना अघि बढाउन निर्देशन दिएको हो।

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणसम्मका बहुआयामिक विषय समेटिएको यस कार्ययोजनामा जिम्मेवारी पूरा नगर्ने निकायमाथि सघन अनुगमन हुने मन्त्रालयले जनाएको छ।

निर्देशन जारी गर्दै मन्त्री श्रेष्ठले भने 'लामो गृहकार्य र सरोकारवाला पक्षसँगको घनिभूत छलफलपछि यो मार्गचित्र तयार पारिएको हो। यो देखाउनका लागि मात्र दिइएको निर्देशन होइन, यसकै आधारमा हाम्रा आगामी नीति र कार्यक्रम तय हुनेछन्। तोकिएको समयभित्र नतिजा निकाल्न म मातहतका सबै निकायलाई निर्देशन दिन्छु।'

विद्युत् क्षेत्रमा 'ओपन एक्सेस' र महसुल पुनरावलोकन

मन्त्री श्रेष्ठले विद्युत् नियमन आयोगलाई ३० दिनभित्रुओपन एक्सेसु प्रणालीका लागि आवश्यक ुह्विलिङ चार्जु निर्धारण गर्न निर्देशन दिनुभएको छ। यसबाट निजी र सार्वजनिक क्षेत्रबीच प्रतिस्पर्धात्मक विद्युत् कारोबारको ढोका खुल्ने अपेक्षा गरिएको छ। यस्तै, जलाशययुक्त र पम्प स्टोरेज आयोजनाका लागि मागका आधारमा फरक महसुल संरचना लागू गरिने भएको छ।

पीपीए विवाद समाधान र अनुमतिपत्रमा कडाइ

नेपाल विद्युत् प्राधिकरणलाई हालसम्मका सबै विद्युत् खरिद सम्झौता ९पीपीए० विवादको सूची र समाधानका विकल्पसहितको प्रतिवेदन पेस गर्न भनिएको छ। जलाशययुक्त आयोजनामा निजी क्षेत्रलाई आकर्षित गर्न अनुमतिपत्रको अवधि ५० वर्ष पुर्‍याउने गरी नीतिगत तयारी थालिएको छ।

विद्युत् विकास विभागलाई ६० दिनभित्र देशभरका सबै जलविद्युत् आयोजनाको सर्वेक्षण तथा निर्माण अनुमतिपत्रको विस्तृत विवरण सार्वजनिक गर्न निर्देशन दिइएको छ। अबदेखि प्रसारण लाइनको सुनिश्चितता भएपछि मात्र नयाँ निर्माण अनुमतिपत्र जारी गरिने प्रावधान अनिवार्य गरिएको छ।

नवीन प्रविधि र कार्बन व्यापार

ऊर्जा क्षेत्रमा नवीन प्रविधिको प्रयोग गर्दै उपभोक्ताका गुनासा सम्बोधन गर्न २४सै घण्टा उपलब्ध हुने'एआई च्याटबोट' सञ्चालनमा ल्याइने भएको छ। साथै, 'कार्बन रेभिन्यु युनिटु स्थापना गरी कार्बन व्यापारबाट प्राप्त हुने लाभको मापदण्ड तयार गरिने मन्त्रालयले जनाएको छ। 'ग्रीन हाइड्रोजन' पाइलट परियोजनालाई पनि प्राथमिकतामा राखिएको छ।

सिंचाइ र राष्ट्रिय गौरवका आयोजना

सिंचाइतर्फ बबई, भेरी–बबई डाइभर्सन र सिक्टा जस्ता राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न मन्त्रीले विशेष जोड दिएको छन्। महाकाली सिंचाइ आयोजनाका लागि भारतसँग कूटनीतिक पहल तीव्र पारिने र सुनकोशी–मरिन आयोजनाको कामलाई तीव्रता दिइने कार्ययोजनामा उल्लेख छ।

तुलनात्मक रूपमा तराई–मधेस क्षेत्रका लागि खडेरी प्रतिरोधी रणनीति र डिजिटल निगरानी प्रणालीसहितको भूमिगत जल व्यवस्थापन कार्यक्रम पनि अघि बढाइने मन्त्री श्रेष्ठले जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा बस दुर्घटना : चालकसहित १० जना घाइते

तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...

भक्तपुरमा विश्वकप फाइनल हेर्दा भएको झडपमा एक युवाको मृत्यु, १८ जना पक्राउ

काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...

गगन थापाको टिप्पणी: २०७२–२०८२ कांग्रेस र मुलुकका लागि ‘अँध्यारा’ वर्ष

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...

एक वर्षमा थोराङ्ला पास भएर ११ हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...

भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्रीविरुद्ध आन्दोलन चर्कियो

नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...

मेची राजमार्ग १५ दिनदेखि अवरुद्ध, मेची पहाडमा दैनिक उपभोग्य वस्तुको अभाव

इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...

लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २७२६ अंकमा पुग्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...

रास्वपा सांसदका लागि महामन्‍त्रीको पाँचबुँदे निर्देशन, निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग अनिवार्य समन्वय गर्नु

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...

निजी अस्पतालका १० प्रतिशत बेड र निजी शैक्षिक संस्थाका १० प्रतिशत सिट कडाइका साथ कार्यान्वयन हुने

काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...

प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट्ने तयारी

काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending