Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यालयमा

खबरडबली संवाददाता

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ ।

जनक शिक्षा सामग्री केन्द्रको बिक्रि केन्द्र(डिपो) मार्फत व्यवसायिले सिन्धुलीका लागि ल्याएका पाठ्यपुस्तक सम्बन्धित विद्यालयले धमाधम उठाइरहेका छन् । कमलमाई नगरपालिका–१३ स्थित प्रभात मावि रानीबासका प्रधानाध्यापक अरुणकुमार थिङ् उक्त विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक लगिसकेको जानकारी दिए।

'विद्यालयलाई आवश्यक पर्ने जति पाठ्यपुस्तक ल्याएर थन्क्याई सकेका छौं,’ उनले भने, 'वैशाख १५ गतेबाट विद्यालय भर्ना अभियान सुरु गर्छौं । भर्ना अभियानमा विद्यार्थीलाई नयाँ पाठ्पुस्तक उपलब्ध गराई बैशाख २१ गतेदेखि विद्यालयमा पढाई सुरु गर्ने तयारी गरेका छौं ।'

त्यस्तै कमलामाई नगरपालिका–४ स्थित कमला मावि ढुङ्ग्रेबासमा पनि धमाधम विद्यार्थीलाई पाठ्यपुस्तक वितरण कार्य भइरहेको छ । विद्यालयका प्रधानाध्यापक कमलेस चौधरी पाठ्यपुस्तक विद्यालयमा ल्याई सम्पर्कमा आएका विद्यार्थीलाई धमाधम वितरण भइरहेको बताए। समयमै विद्यार्थीले पाठ्यपुस्तक पाएकाले पठनपाठन कार्यमा सहज हुने उहाँको भनाइ छ । 

विद्यालय सञ्चालन अघि नै पाठ्यपुस्तक उपलब्ध हुँदा शिक्षक र विद्यार्थी दुबै उत्साहित देखिएका छन् । विगतमा शैक्षिक सत्र सुरु भइसक्दा समेत विद्यार्थीको हातमा पाठ्यपुस्तक नहुने समस्या यो पटक टरेको छ । यो बर्ष विद्यालय सञ्चालन हुनुअघि नै पाठ्यपुस्तक आइपुगेको छ । पाठ्यपुस्तक समयमै आइपुगेकाले पठनपाठनमा सहज भएको विद्यालयले जनाएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लामा कुल ५३४ वटा सामुदायिक विद्यालय रहेका छन् । सरकारले देशभर नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि गर्ने निर्णय गरिसकेको छ । 

त्यसो त सिन्धुली जिल्लामा सात वटा पुस्तक पसल तथा स्टेशनरी मार्फत सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक विक्री–वितरण भइरहेको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित तिमल्सिना बुक्स एण्ड जनरल सप्लायर्सका सञ्चालक कमला तिमल्सिनाले भनिन्, ‘मैले पनि प्रावि, निमावि र मावि गरी १३० वटा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक बिक्रि–बितर गर्दै आएको छु । अधिकांश विद्यालयले लगि सके । चार(पाँच वटाले लैजान बाँकी छ, ती विद्यालयले पनि चाँडै पाठ्यपुस्तक लैजान्छन् ।’

सिन्धुली जिल्लामा अभाव नहुने गरी पाठ्यपुस्तक आएको उनले सुनाइन्। कक्षा १ देखि १० सम्मका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सरकारले नि:शुल्क पाठ्यपुस्तक वितरण गर्दै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending