Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

खबरडबली संवाददाता

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई फेरि सतहमा ल्याएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार यस निर्वाचनमा २८ वर्षसम्मका १५७ जना जेनजी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । संख्या हेर्दा नयाँ पुस्ताको उल्लेख्य उपस्थिति देखिए पनि, उनीहरूको सहभागिताले राजनीति कति रूपान्तरण गर्छ भन्ने प्रश्न अझै खुला नै छ ।

प्रत्यक्षतर्फका १६५ सिटका लागि कूल ३ हजार ४८७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये जेनजी उमेर समूहको हिस्सा करिब ४.५ प्रतिशत मात्र हो । जेनजी उम्मेदवारमध्ये ९४ जना स्वतन्त्र छन् भने बाँकी विभिन्न राजनीतिक दलबाट उठेका हुन् ।

यसपटकको निर्वाचनमा जेनजी अनुहारमध्ये सबैभन्दा चर्चित नाम निवर्तमान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता हुन् । सिरहा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिएका गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर चुनावी मैदान रोजेका छन् । उनले आफू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सुशासन, पारदर्शिता र जवाफदेहिताको राजनीति स्थापनाका लागि उम्मेदवार बनेको दाबी गरेका छन् । अन्तरिम सरकारमै जेनजी प्रतिनिधित्व गर्दै मन्त्री बनेका गुप्ता नयाँ पुस्ताको ‘संस्थागत अनुहार’का रूपमा हेरिएका छन् ।

जेनजी उठाउनेमा रास्वपा अगाडि

दलगत रूपमा हेर्दा रास्वपाले सबैभन्दा धेरै—९ जना—जेनजी उम्मेदवार उठाएको छ । त्यसपछि उज्यालो नेपाल पार्टी (उनेपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले सात–सात जना जेनजी उम्मेदवार अघि सारेका छन् । अन्य साना दलहरूले पनि सीमित संख्यामा नयाँ पुस्तालाई मैदानमा उतारेका छन् ।

तर संख्यात्मक उपस्थितिभन्दा ठूलो प्रश्न जेनजी उम्मेदवार कुन राजनीतिक संस्कार बोकेर आएका छन् भन्ने हो । धेरै उम्मेदवार पुरानै दल, पुरानै संरचना र नेतृत्वको छायाँभित्र रहेर अघि बढिरहेका छन् । यसले पुस्तागत परिवर्तनको अपेक्षा र व्यवहारबीचको दूरी देखाउँछ ।

जेनजीमै पनि महिला किन पछि?

सबैभन्दा गम्भीर पक्ष भने जेनजी उम्मेदवारमै महिलाको न्यून उपस्थिति हो । १५७ जना जेनजी उम्मेदवारमध्ये महिला केवल १५ जना छन् । यो अनुपात ९.५५ प्रतिशत मात्र हो । समग्र उम्मेदवारमा महिला ११.३२ प्रतिशत हुँदा जेनजीमा यो प्रतिशत झनै घट्नुले नयाँ पुस्ता पनि पुरानै लैंगिक संरचनाबाट मुक्त हुन नसकेको संकेत गर्छ ।

अध्यापक डा. मीना पौडेल यसलाई उमेरको भन्दा पनि चेतना र संरचनाको समस्या मान्छिन् ।
उनका अनुसार, “जेनजी नयाँ पुस्ता हो, तर उनीहरूको हुर्काइ, सामाजिकीकरण र राजनीतिक चेतना उही संरचनाभित्र बनेको छ । जबसम्म महिलाको स्वतन्त्र विचार र सार्वभौम अस्तित्व स्वीकारिँदैन, तबसम्म प्रतिनिधित्व कागजी मात्र हुन्छ ।”

संख्या होइन, सोच बदल्ने चुनौती

यस निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा पनि हो र चेतावनी पनि । आशा नयाँ पुस्ता मैदानमा आएको छ । नयाँ अनुहार आउँदा मात्र राजनीति नयाँ हुँदैन । सोच, संरचना र शक्ति सम्बन्ध नबदलिँदासम्म जेनजी पनि पुरानै राजनीतिका उत्तराधिकारी बन्ने जोखिममा छन् ।

यसपटकको निर्वाचनले जेनजीलाई केवल उम्मेदवारको सूचीमा सीमित राख्छ कि साँच्चै राजनीतिक संस्कार परिवर्तनको वाहक बनाउँछ । यसको उत्तर मतदाताले दिनेछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending