काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दिएकी छन्।
गुडिरहेको कारको झ्यालबाट बाहिर निस्किएर रमाइलो गरिरहेको दृश्य समेटिएको भिडियो सार्वजनिक भएपछि सांसद भट्टराईले शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
उनले उक्त भिडियो हालको नभई आफू सार्वजनिक जिम्मेवारी तथा सरकारी नियुक्तिमा आउनुभन्दा धेरै अघिको निजी समयको भएको स्पष्ट पारेकी छन्। भिडियोमा आफू चालक नभई यात्रुका रूपमा रहेको उल्लेख गर्दै उनले सो दृश्य कुनै सरकारी कार्यक्रम, सार्वजनिक दायित्व वा औपचारिक भूमिकासँग सम्बन्धित नरहेको बताएकी छन्।
हालै सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरूमा मेरो एउटा पुरानो भिडियो व्यापक रूपमा साझा भइरहेको प्रति मेरो ध्यानाकर्षण भएको छ। उक्त भिडियोमा म सवारी साधनको चालक नभई यात्रुका रूपमा यात्रा गरिरहेको अवस्थामा देखिन्छु, जहाँ केही समय कारको झ्यालबाट बाहिर हेर्दै रमाइलो गरिरहेको दृश्य समेटिएको छ।
सबैभन्दा पहिले, उक्त भिडियो हालको नभई धेरै वर्षअघि निजी यात्राका क्रममा खिचिएको पुरानो भिडियो हो। यो मेरो वर्तमान सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिभन्दा अघिको व्यक्तिगत समयसँग सम्बन्धित रहेको स्पष्ट गर्न चाहन्छु। साथै, उक्त भिडियो कुनै सरकारी कार्यक्रम, सार्वजनिक दायित्व वा औपचारिक भूमिकासँग सम्बन्धित थिएन। यो मेरो निजी जीवनको सामान्य र सहज क्षण मात्र थियो।
सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिप्रति नागरिकहरूको चासो स्वाभाविक हुन्छ र म त्यसको सम्मान गर्दछु। तर सार्वजनिक पदमा रहेकै कारण व्यक्तिले आफ्नो निजी जीवनका सामान्य क्षणहरू जिउने अधिकार गुमाउँदैन भन्ने मेरो विश्वास छ। म सार्वजनिक पदमा रहे पनि सबैभन्दा पहिले एक नागरिक हुँ, र अन्य नागरिकसरह मेरो पनि निजी जीवन तथा व्यक्तिगत स्वतन्त्रताको अधिकार छ।
यस सन्दर्भमा एउटा महत्वपूर्ण पक्ष उल्लेख गर्न चाहन्छु। जीवनको कुनै न कुनै चरणमा उत्साह, उमेर वा परिस्थितिका कारण मानिसहरूबाट सडक सुरक्षा तथा ट्राफिक नियमको दृष्टिले उपयुक्त नहुने व्यवहार हुन सक्छ। भिडियोमा देखिएको व्यवहारलाई पनि सोही सन्दर्भमा बुझिनु उचित हुनेछ। यद्यपि, सडक सुरक्षा र ट्राफिक नियमको पालना सबैको साझा जिम्मेवारी हो भन्ने कुरामा म पूर्ण रूपमा प्रतिबद्ध छु।
विगतका अनुभवबाट सिक्दै भविष्यमा यस्ता गतिविधि दोहोर्याउने छैन र सम्पूर्ण नागरिकलाई पनि ट्राफिक नियमहरूको पूर्ण पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गर्दछु। यस घटनालाई विवादको विषयभन्दा पनि सडक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा लिन सकिने विश्वास लिएको छु।
कुनै छोटो भिडियो वा सीमित दृश्यका आधारमा व्यक्तिको चरित्र, जिम्मेवारीबोध वा सार्वजनिक प्रतिबद्धताको मूल्याङ्कन गर्नु भन्दा उसको समग्र कार्यसम्पादन, व्यवहार र योगदानलाई आधार मान्नु उपयुक्त हुन्छ भन्ने मेरो धारणा छ।
म आफ्नो जिम्मेवारीप्रति पूर्ण रूपमा प्रतिबद्ध छु र जनताको विश्वासलाई सम्मान गर्दै इमान्दारिता, जवाफदेहिता र समर्पणका साथ आफ्नो दायित्व निर्वाह गरिरहनेछु। मप्रति विश्वास र सद्भाव राख्नुहुने सम्पूर्ण नागरिक तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १७:३५
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...
आषाढ़ ३० गते, २०८३ - १७:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
आषाढ़ ३० गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...
आषाढ़ ३० गते, २०८३ - १६:३८
वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री
आषाढ़ ३० गते, २०८३ - १६:२८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...
आषाढ़ ३० गते, २०८३ - १६:१५
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...
आषाढ़ ३० गते, २०८३ - १६:०६
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...
आषाढ़ ३० गते, २०८३ - १५:४९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...
आषाढ़ ३० गते, २०८३ - १५:३८
काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...
आषाढ़ ३० गते, २०८३ - १५:२२
खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन



प्रतिकृया लेख्नुहोस्: