Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी, नयाँ आयोजनाभन्दा पुराना सम्पन्न गर्न जोड

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटसम्बन्धी महत्त्वपूर्ण दस्तावेज अध्ययनका लागि पर्याप्त समय नदिइएको भन्दै संसद्मा हुने बजेट छलफल कर्मकाण्डी बन्दै गएको टिप्पणी गरिन्।

उनले १८ वटा मन्त्रालयका विकास कार्यक्रमसम्बन्धी पुस्तिका दुई दिनभित्र अध्ययन गरी खर्च कटौतीको प्रस्ताव तयार गर्न भनिनु अव्यावहारिक भएको बताउनुभयो। सांसदहरूलाई गम्भीर अध्ययनका लागि पर्याप्त समय उपलब्ध गराउनुपर्ने उनको जोड थियो।

पूर्वाधार विकास मन्त्रालयको बजेटमाथि धारणा राख्दै उनले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग तथा सुरुङमार्गजस्ता रणनीतिक आयोजनालाई निरन्तरता दिनु सकारात्मक भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको औँल्याइन्। दशकौँदेखि बजेट विनियोजन भए पनि धेरै आयोजना पूर्ण रूपमा सम्पन्न हुन नसकेको अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ थियो।

“हामी कुनै सुपर कम्प्युटर होइनौँ, यति छोटो समयमा गम्भीर विश्लेषण सम्भव हुँदैन। आगामी दिनमा यो प्रक्रिया सुधार गरियोस् ताकि सदनमा हुने छलफल प्रभावकारी बनोस्,” उनले भनिन्। नयाँ आयोजना घोषणा गर्नेभन्दा पुराना रणनीतिक आयोजना सम्पन्न गर्ने नीति सरकारले अवलम्बन गर्नुपर्ने उनको सुझाव थियो।

उनले सडक मर्मतसम्भार, जलवायुमैत्री पूर्वाधार निर्माण तथा सडक दुर्घटना न्यूनीकरणका लागि स्पष्ट कार्ययोजनाको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयतर्फको बजेटबारे उनले कुल बजेटको ०।१८ प्रतिशत मात्र विनियोजन गरिएकोमा असन्तुष्टि व्यक्त गरिन्। कृत्रिम बुद्धिमत्ता ९एआई०, रोबोटिक्स र अन्तरिक्ष प्रविधिका क्षेत्रमा ठूला कुरा गरिए पनि स्थानीय तहमा नवप्रवर्तनका लागि बजेट न्यून रहेको र वैज्ञानिकहरूलाई स्वदेशमै रोक्ने ठोस नीति नभएको उनको तर्क थियो।

उनले राष्ट्रिय एआई नीति तथा डेटा सुरक्षा नीति तत्काल ल्याउन सरकारसँग माग गरिन्।

ऊर्जा क्षेत्रका सन्दर्भमा प्रसारण लाइन विस्तार र विद्युत् निर्यात रणनीति सकारात्मक भए पनि आन्तरिक खपत बढाउने स्पष्ट योजना नदेखिएको उनले बताइन्। बाह्य बजारमा नीतिगत परिवर्तन आएमा जोखिम हुन सक्ने भएकाले वैकल्पिक ऊर्जा सुरक्षा रणनीति आवश्यक रहेको उनको भनाइ थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, मिटरब्याज आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

मिडिया गेटमा पार्किङबारे रवि लामिछाने: पार्टीले विज्ञप्तिमार्फत यो गलत हो भनेर स्पष्ट भनिसकेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...

प्रतिनिधिसभामा ‘अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन र खारेज गर्ने विधेयक’ प्रस्तुत

वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री

नगर प्रहरीलाई मन्त्री लम्सालको आग्रह: मनोबल नघटाउनुहोस्, तपाईंहरूकै कारण धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेका छन्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...

यातायात कार्यालयको अनलाइन प्रणाली सञ्चालनमा, देशभर सेवा पुन: सुरु

काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...

मलाई ‘गोली हानेर मारिदिन्छु’ भन्दै धम्की आएको छ : ऐन महर

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...

करार कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा धर्ना

काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...

महरलाई खगेन्द्रको प्रश्न– बालेन मुर्दावाद भन्ने क्रान्तिकारीमा बा मुर्दावाद भन्न सक्ने दम राख्नुहुन्छ ?

खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending