Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

रवि लामिछानेबारे महान्यायाधिवक्ताको कार्यालयको नयाँ निर्णयको अर्थ र सम्भाव्य असर

खबरडबली संवाददाता

काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगहरू हटाउन सरकारले चारवटा जिल्ला अदालतसमक्ष निवेदन दिने बताएको छ।

बुधवार महान्यायाधिवक्ताको कार्यालयले रवि लामिछानेले दिएका निवेदनउपर विचार गर्दै तथा सहकारीका पीडित बचतकर्ताहरूको हकहितलाई प्राथमिकतालाई ध्यान दिँदै उक्त निर्णय लिइएको जनाएको छ।

"निज रवि लामिछाने प्रतिवादी भएका मुद्दाहरूमा समेत लगाइएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग सम्मानित श्री कास्की जिल्ला अदालत, सम्मानित श्री काठमान्डू जिल्ला अदालत, सम्मानित श्री रूपन्देही जिल्ला अदालत र सम्मानित श्री पर्सा जिल्ला अदालतमा सम्मानित श्री चितवन जिल्ला अदालतमा भए सरह ठगी तथा सहकारी ठगीमा दाबी गरिएको अभियोग कायम गरी सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी निजको हकमा कामय नरहने गरी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन हुने गरी स्वीकृति दिने निर्णय गरिएको छ," कार्यालयको निर्णयमा उल्लेख छ।

उक्त निर्णयअनुसार अब सम्बन्धित जिल्ला अदालतहरूमा त्यहाँका जिल्ला सरकारी वकिल कार्यालयहरूबाट अभियोग संशोधनको निवेदन दिइने भनिएको छ।

लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मात्र मुद्दा चलिरहेको छ भने कास्कीमा सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी थप अभियोग अनि रूपन्देही, काठमान्डू, र पर्सा जिल्ला अदालतमा सङ्गठित अपराधका थप अभियोग लागेका छन्।

के भनिन् महान्यायाधिवक्ताले?

रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताउँदै आएका थिए।

उनले न्यायका निम्ति भन्दै महान्यायाधिवक्ताको कार्यालयमा २०८१ साल पुस १६ गते, २०८२ साल मङ्सिर २३ गते र पछिल्लोपटक २०८२ साल पुस २७ गते निवेदन पनि दिएका थिए।

"वहाँले निवेदन दिनुभएको थियो। त्यसका फाइलहरू झिकाएर मैले पनि हेरेँ। सबैतिरबाट बुझ्दाखेरी वास्तवमा ती वहाँविरुद्ध पछि लगाइएका अभियोगहरू रहेछन्," महान्यायाधिवक्ता सबिता भण्डारीले भनिन्।

"त्यो चाहिँ अलि बढी नै भएको जस्तो लाग्यो। अहिलेको बेलामा सबैले समान न्याय पाऊन् भन्ने मेरो चाहना छ। बढी नै अभियोजन भएको हो भन्नेमा पुग्या भएर त्यो निर्णय भएको हो।"

"हामीले ती अभियोग हटाउने भनेका छौँ तर त्यसलाई सम्बन्धित अदालतहरूले स्वीकृति दिनुपर्छ। हामीले त अदालतहरूसमक्ष अनुरोध गर्ने मात्र हो।"

पछि थपिएका थिए ती अभियोग?

महान्यायाधिवक्ताको कार्यालयले 'टिप्पणी र आदेश' भनेर बुधवार जारी गरेको सूचनामा कास्की जिल्ला अदालतमा २०८१ साल पुस ६ गते सुरु अभियोगपत्र दायर गर्दा कायम गरिएको प्रतिवादीहरूको हकमा नदेखिएको एवं नउठेको विषय सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर थप गरिएको देखिएको भनेको छ।

सो सूचनामा चितवन जिल्ला अदालतमा दायर भएको अभियोगपत्रबाहेक "अन्य अदालतमा दायर भएको मुद्दामा सुरुमा सहकारी ठगीमात्रको विषय अभियोजन गरी सोपश्चात् सोही विषयमा सङ्गठित र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर थप गरी थप अभियोग र पूरक अभियोगपत्र दायर भएको देखिएको छ" भनिएको छ।

त्यसरी थप अभियोजन गर्दा सहकारी ठगीबाट पीडितहरू थप अप्ठेरोमा परेको पनि कार्यालयले उल्लेख गरेको छ।

"अभियोजन गर्दा सहकारी ठगीमा मात्र अभियोजन नगरी सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अभियोजन गर्दा सहकारी पीडितहरूले मिलापत्रको माध्यमबाट आफ्नो रकम प्राप्त गर्ने न्यायको ढोका समेत बन्द एवं दुरुह भएको देखिन्छ।"

उसले ती दुई अभियोगमा सजाय भएमा बिगो रकम जफत हुने र त्यसले जाहेरवाला अर्थात् पीडितहरूको मर्म र भावनाविपरीत हुन पुग्ने त्यसमा उल्लेख छ।

लामिछानेलाई कति राहत?

यसअघि लामिछानेमाथि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणका मुद्दा विचाराधीन रहेकाले उनले सार्वजनिक पद धारण गर्न नसक्ने कतिपयले तर्क गर्दै आएका थिए।

वरिष्ठ अधिवक्ता तथा फौजदारी कानुनका ज्ञाता रजितभक्त प्रधानाङ्गका अनुसार अदालतले पनि स्वीकार गरी लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधका अभियोग हटेमा उनलाई कानुनी हिसाबमा निकै राहत पुग्न सक्छ।

"त्यसले उनलाई सार्वजनिक पद धारण गर्न मिल्ने बाटो खुल्न सक्छ। तर हामीकहाँ यस्तो निर्णय अलि विरलै घटना लाग्छ। अदालतहरूले इन्कार गर्न पनि सक्छन्। अहिले नै यसै भन्न सकिन्न," प्रधानाङ्गले बीबीसीलाई भने।

महान्यायाधिवक्ताको कार्यालयको निर्णयबमोजिम अदालतहरूले आदेश दिएर ती अभियोगहरू निष्क्रिय भयो भने चुनावको मुखमा लामिछानेलाई राजनीतिक लाभ हुन सक्ने कतिपयले ठानेका छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending