काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रुपैयाँभन्दा बढी मूल्यको चाकु बिक्री भएको छ। टोखामा हाल सञ्चालित १८ वटा उद्योगले चाकु र विभिन्न प्रकारका लड्डु उत्पादन गर्दै आएका छन्। यीमध्ये १० उद्योगले विशेषगरी चाकु र बाँकी ८ उद्योगले तिल तथा भूजाको लड्डु लगायतका परिकार बनाउने गर्छन्।
टोखा नगरपालिकाको वडा नम्बर २ र ३ मा रहेका यी उद्योगले नेपालको कुल चाकु मागको करिब ६० प्रतिशत हिस्सा ओगट्ने गरेका छन्। यहाँ उत्पादित चाकु काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन र कीर्तिपुर मात्र नभई उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल र विराटनगर जस्ता ठूला सहरमा समेत पुग्ने गरेको छ। टोखा परम्परागत चाकु संरक्षण समाजका अनुसार यहाँको चाकुको माग नेपालमा मात्र सीमित छैन; जापान, अमेरिका र अष्ट्रेलिया जस्ता देशमा समेत यहाँको उत्पादन निर्यात हुने गरेको छ।
नेवारी भाषामा ‘टु’ को अर्थ उखु र ‘ख्यः’ को अर्थ फल्ने ठाउँ हुन्छ, जसबाट टोखा नाम रहन गएको हो। कुनै समय उखु खेतीका लागि प्रख्यात यो ठाउँमा सहरीकरण बढेसँगै उखु खेती मासिए पनि चाकु बनाउने परम्परा भने अझै जीवित छ। अचेल कपिलवस्तुको चन्द्रौटाबाट सख्खर ल्याएर यहाँ चाकु बनाउने गरिन्छ। टोखामा सादा चाकु, मसला चाकु, स्पेसल चाकुसहित सेतो र कालो तिलको लड्डु, पुष्टकारी र बदाम लड्डु जस्ता परिकार उत्पादन हुन्छन्। बजारमा सादा चाकु प्रतिकिलो १४० र मसला चाकु १५० रुपैयाँमा बिक्री भइरहेको छ।
टोखा नगरपालिकाले यस ऐतिहासिक विशेषतालाई जोगाउन 'चाकु स्तम्भ' निर्माण गर्ने योजना अघि सारेको छ। नगर प्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–२ मा स्तम्भ निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको छ। नगरपालिकाले टोखाको चाकुलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने लक्ष्य समेत राखेको छ। माघे सङ्क्रान्तिमा चाकु खानैपर्ने सांस्कृतिक परम्परा र जाडोमा यसको स्वास्थ्यवर्धक गुणका कारण टोखाको चाकुको लोकप्रियता बर्सेनि बढ्दो छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - ०८:२६
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...
माघ २ गते, २०८२ - ०८:१९
नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...
माघ २ गते, २०८२ - ०८:०७
काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...
माघ २ गते, २०८२ - ०७:५०
काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...
माघ २ गते, २०८२ - ०७:४०
काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...
माघ २ गते, २०८२ - ०७:३५
चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...
माघ २ गते, २०८२ - ०७:१९
काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...
माघ २ गते, २०८२ - ०७:१७
तनहुँ । चितवन र नवलपुरको संगमस्थल देवघाटधाममा माघे संक्रान्ति मेला भर्न भक्तजनको ठूलो चहलपहल सुरु भएको छ। बुधबार दिउँसो वेणीसंगममा लिङ्गो गाडेर मेलाको...
माघ २ गते, २०८२ - ०७:१३
काठमाडौँ । काठमाडौँ उपत्यकामा पुसको अन्तिम दिन यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्य...
माघ २ गते, २०८२ - ०७:०९
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन...




प्रतिकृया लेख्नुहोस्: