Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

काठमाडौँमा यस वर्षकै उच्च चिसो, न्यूनतम तापक्रम २.३ डिग्रीमा झर्‍यो

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकामा पुसको अन्तिम दिन यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ। यसअघि पुस २५ गते न्यूनतम तापक्रम २.४ डिग्री पुगेको थियो। पुसको दोस्रो सातादेखि नै निरन्तर ओरालो लागेको तापक्रममा थप गिरावट आएसँगै उपत्यकाबासीले अत्यधिक चिसो महसुस गरिरहेका छन्।

तापक्रम घटेसँगै काठमाडौँका चन्द्रागिरि लगायतका क्षेत्रमा बिहानपख तुसारो परेर जमिन सेताम्मे देखिन थालेको छ। दिउँसोको समयमा घाम लाग्दा केही राहत मिले पनि बिहान र बेलुकाको समयमा चिसोका कारण जनजीवन कष्टकर बनेको छ। मौसमविद्का अनुसार बढ्दो वायु प्रदूषणले पनि चिसोको प्रभावलाई थप बढाएको छ। विभागको अभिलेख हेर्दा पुसको सुरुवातदेखि नै तापक्रम क्रमिक रूपमा घट्दै गएको देखिन्छ।

काठमाडौँ मात्र होइन, देशका अन्य भागमा पनि चिसोको प्रकोप बढ्दो छ। विभागका अनुसार जुम्लामा तापक्रम माइनस ५.९ डिग्री पुगेको छ भने जिरीमा माइनस १.६ डिग्री रेकर्ड गरिएको छ। त्यस्तै दिपायलमा २.२, जोमसोममा १.५ र सिमरामा ५.९ डिग्री न्यूनतम तापक्रम रहेको छ। हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी पहाडी तथा हिमाली क्षेत्रको मौसम सफा रहने सम्भावना छ।

तराईका जिल्लाहरूमा भने बिहानपख लाग्ने बाक्लो हुस्सु र कुहिरोले गर्दा जनजीवन र यातायात क्षेत्र बढी प्रभावित भएको छ। हुस्सुका कारण हवाई र सडक यातायातका साथै स्वास्थ्य र पर्यटन क्षेत्रमा समेत प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। चिसो अझै केही दिन कायमै रहने भएकाले अद्यावधिक मौसमी सूचनाबारे जानकारी लिन विभागले सबैमा अनुरोध गरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending