Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

कांग्रेस विखण्डनले हल्लियो राजनीतिक सन्तुलन : अरू दललाई लोकतन्त्र नै जोखिममा पर्ने डर

खबरडबली संवाददाता

काठमाडौं । सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस बुधबार औपचारिक रूपमा दुई धारमा चिरिएको छ। नेतृत्व संघर्ष, बहुमतको अस्वीकार र कारबाहीको राजनीतिले कांग्रेसलाई विभाजनको बिन्दुमा पुर्‍याउँदा त्यसको तरङ्ग समग्र राजनीतिक प्रणालीमा फैलिन थालेको छ।

सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेसँगै पार्टीभित्रको द्वन्द्व खुला फुटमा परिणत भएको हो। उता बहुमत महाधिवेशन प्रतिनिधिको सहभागितामा विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइरहेको छ। तर, कुन पक्ष वैधानिक कांग्रेस हो ? भन्ने प्रश्न अझै अनुत्तरित छ।

कांग्रेसभित्रको यो टकरावलाई लिएर अन्य राजनीतिक दलहरू भने गम्भीर चिन्तामा देखिएका छन्। उनीहरूको मुख्य चिन्ता चुनावी गणितभन्दा पनि लोकतान्त्रिक प्रणालीमै पर्ने असर हो।

नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्त कांग्रेसको फुटलाई साधारण राजनीतिक घटना मान्न तयार छैनन्। “कांग्रेस जस्तो मूलधारको लोकतान्त्रिक पार्टी फुट्नु भनेको लोकतन्त्र कमजोर हुनु हो,” उनले भने, “यसले निर्वाचन नै अनिश्चित बनाउँछ, संविधानमाथि पनि प्रश्न उठ्न सक्छ।”

उनका अनुसार निर्वाचनको मुखमा आएको यो विभाजनले कांग्रेसका दुवै पक्ष निर्वाचन प्रक्रियाबाटै बाहिरिने अवस्था सिर्जना हुन सक्छ। यस्तो स्थिति आए प्रतिनिधिसभा पुनर्स्थापनाको बहस फेरि बलियो हुने उनको तर्क छ। “यदि दुवै पक्ष चुनावमा जान सकेनन् भने विकल्प प्रतिनिधिसभा पुनर्स्थापना नै हुन्छ,” पन्त भन्छन्, “सर्वोच्च अदालतले यसमा आँखा चिम्लन सक्दैन।”

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको मनोनयन प्रक्रिया लगभग सकिइसकेको छ भने प्रत्यक्षतर्फको मनोनयन माघ ६ गते हुँदैछ। यस्तो संवेदनशील घडीमा कांग्रेसको आधिकारिकतामै विवाद हुनु निर्वाचन प्रणालीकै लागि चुनौती बनेको छ।

नेकपाका नेता अग्निप्रसाद सापकोटा कांग्रेसभित्रको घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँछन्। “पार्टीभित्र बहस हुनु स्वाभाविक र सकारात्मक हो,” उनी भन्छन्, “तर बहस फुटसम्म पुग्नु दुःखद् हो। जुटको बहस अझ फलदायी हुन्थ्यो।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य दीपकराज बोहराको चिन्ता पनि उस्तै छ। “कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी विभाजनको अवस्थामा पुग्नु राम्रो संकेत होइन,” उनी भन्छन्, “यसले लोकतन्त्रलाई नै कमजोर बनाउँछ।”

उनका अनुसार निर्वाचनमा कसलाई फाइदा वा घाटा हुन्छ भन्ने कुरा दोस्रो विषय हो। “मुख्य कुरा लोकतन्त्रको स्वास्थ्य हो,” बोहराले भने, “कांग्रेस फुट्नु लोकतन्त्रका लागि राम्रो खबर होइन।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कांग्रेसको विभाजनलाई राष्ट्रिय राजनीतिमाथि पर्ने गम्भीर असरको रूपमा हेर्छन्। “प्रजातन्त्रमा दल फुट्नु आफैंमा दुःखद् हो,” उनी भन्छन्, “त्यसमाथि कांग्रेस जस्तो पुरानो लोकतान्त्रिक पार्टी फुट्नु राष्ट्रिय राजनीतिका लागि चिन्ताको विषय हो।”

उनका अनुसार विभाजनकै कारण निर्वाचन प्रभावित हुन्छ वा हुँदैन भन्ने निश्चित नभए पनि कांग्रेसका दुवै धार निर्वाचन प्रक्रियामा सहभागी हुन सक्ने वातावरण बनाउनु ठूलो चुनौती हुनेछ।

नेपाली कांग्रेसको इतिहास हेर्दा टुट–फुट नयाँ विषय होइन। २०५९ सालमा शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँगको टकरावपछि पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए। पछि २०६४ मा पुनः एकीकरण भयो। त्यसअघि पनि बीपी कोइरालादेखि सुवर्ण शमशेरसम्मको कालखण्डमा पार्टीभित्र गहिरा मतभेद र विभाजन देखिएका थिए। तर यसपटकको विभाजन फरक छ। निर्वाचनको मुखमा, संविधानको कार्यान्वयनको संवेदनशील घडीमा र राजनीतिक स्थायित्व खोजिरहेको देशमा कांग्रेसको फुटले पार्टीभन्दा बाहिर गएर लोकतन्त्रकै भविष्यबारे प्रश्न उठाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विखण्डनले हल्लियो राजनीतिक सन्तुलन : अरू दललाई लोकतन्त्र नै जोखिममा पर्ने डर

काठमाडौं । सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस बुधबार औपचारिक रूपमा दुई धारमा चिरिएको छ। नेतृत्व संघर्ष, बहुमतको अस्वीकार र कारबाहीको राजनीतिले...

टुँडिखेलमा माघीको स्वाद : भक्का र घोँगीको खोजीमा राजधानी

काठमाडौं ।  “भक्का छ ? घोँगी पाइन्छ ?” यही प्रश्नले यतिबेला टुँडिखेलको मैदान गुञ्जायमान छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिन सञ्चालन हुने...

कांग्रेस अब फुट होइन, कब्जाको लडाइँमा

निर्वाचन आयोग निर्णायक तर असहज अवस्थामा

नेतृत्वदेखि निष्कासनसम्मको यात्रा : रञ्जिताले किन रोजिन् पार्टी समायोजन ?

कैलाली । नागरिक उन्मुक्ति पार्टीकी पूर्व अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकी नेतृ रञ्जिताले पार्टी समायोजनको निर्णय आकस्म...

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता

 काठमाडाैं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभिय...

फुट्यो कांग्रेस: नेतृत्व परिवर्तन अस्वीकार गर्दा विभाजनको ऐतिहासिक मोड

काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...

कांग्रेसमा विस्फोटक मोड: गगन–विश्व निष्कासनपछि भृकुटीमण्डप नाराबाजीले तातेको

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...

कांग्रेसमा शक्ति संघर्ष तीव्र: विशेष महाधिवेशन पक्षले देउवा समूहलाई पठायो ८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...

कांग्रेसद्वारा महामन्त्रीद्वय थापा–शर्मासहित तीन नेतामाथि कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...

कानुनी विकल्प खोज्दै कांग्रेस महामन्त्रीद्वय, देउवासँगको छलफलपछि कानुनविद्हरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending