Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

कांग्रेस विखण्डनले हल्लियो राजनीतिक सन्तुलन : अरू दललाई लोकतन्त्र नै जोखिममा पर्ने डर

खबरडबली संवाददाता

काठमाडौं । सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस बुधबार औपचारिक रूपमा दुई धारमा चिरिएको छ। नेतृत्व संघर्ष, बहुमतको अस्वीकार र कारबाहीको राजनीतिले कांग्रेसलाई विभाजनको बिन्दुमा पुर्‍याउँदा त्यसको तरङ्ग समग्र राजनीतिक प्रणालीमा फैलिन थालेको छ।

सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेसँगै पार्टीभित्रको द्वन्द्व खुला फुटमा परिणत भएको हो। उता बहुमत महाधिवेशन प्रतिनिधिको सहभागितामा विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइरहेको छ। तर, कुन पक्ष वैधानिक कांग्रेस हो ? भन्ने प्रश्न अझै अनुत्तरित छ।

कांग्रेसभित्रको यो टकरावलाई लिएर अन्य राजनीतिक दलहरू भने गम्भीर चिन्तामा देखिएका छन्। उनीहरूको मुख्य चिन्ता चुनावी गणितभन्दा पनि लोकतान्त्रिक प्रणालीमै पर्ने असर हो।

नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्त कांग्रेसको फुटलाई साधारण राजनीतिक घटना मान्न तयार छैनन्। “कांग्रेस जस्तो मूलधारको लोकतान्त्रिक पार्टी फुट्नु भनेको लोकतन्त्र कमजोर हुनु हो,” उनले भने, “यसले निर्वाचन नै अनिश्चित बनाउँछ, संविधानमाथि पनि प्रश्न उठ्न सक्छ।”

उनका अनुसार निर्वाचनको मुखमा आएको यो विभाजनले कांग्रेसका दुवै पक्ष निर्वाचन प्रक्रियाबाटै बाहिरिने अवस्था सिर्जना हुन सक्छ। यस्तो स्थिति आए प्रतिनिधिसभा पुनर्स्थापनाको बहस फेरि बलियो हुने उनको तर्क छ। “यदि दुवै पक्ष चुनावमा जान सकेनन् भने विकल्प प्रतिनिधिसभा पुनर्स्थापना नै हुन्छ,” पन्त भन्छन्, “सर्वोच्च अदालतले यसमा आँखा चिम्लन सक्दैन।”

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको मनोनयन प्रक्रिया लगभग सकिइसकेको छ भने प्रत्यक्षतर्फको मनोनयन माघ ६ गते हुँदैछ। यस्तो संवेदनशील घडीमा कांग्रेसको आधिकारिकतामै विवाद हुनु निर्वाचन प्रणालीकै लागि चुनौती बनेको छ।

नेकपाका नेता अग्निप्रसाद सापकोटा कांग्रेसभित्रको घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउँछन्। “पार्टीभित्र बहस हुनु स्वाभाविक र सकारात्मक हो,” उनी भन्छन्, “तर बहस फुटसम्म पुग्नु दुःखद् हो। जुटको बहस अझ फलदायी हुन्थ्यो।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य दीपकराज बोहराको चिन्ता पनि उस्तै छ। “कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी विभाजनको अवस्थामा पुग्नु राम्रो संकेत होइन,” उनी भन्छन्, “यसले लोकतन्त्रलाई नै कमजोर बनाउँछ।”

उनका अनुसार निर्वाचनमा कसलाई फाइदा वा घाटा हुन्छ भन्ने कुरा दोस्रो विषय हो। “मुख्य कुरा लोकतन्त्रको स्वास्थ्य हो,” बोहराले भने, “कांग्रेस फुट्नु लोकतन्त्रका लागि राम्रो खबर होइन।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कांग्रेसको विभाजनलाई राष्ट्रिय राजनीतिमाथि पर्ने गम्भीर असरको रूपमा हेर्छन्। “प्रजातन्त्रमा दल फुट्नु आफैंमा दुःखद् हो,” उनी भन्छन्, “त्यसमाथि कांग्रेस जस्तो पुरानो लोकतान्त्रिक पार्टी फुट्नु राष्ट्रिय राजनीतिका लागि चिन्ताको विषय हो।”

उनका अनुसार विभाजनकै कारण निर्वाचन प्रभावित हुन्छ वा हुँदैन भन्ने निश्चित नभए पनि कांग्रेसका दुवै धार निर्वाचन प्रक्रियामा सहभागी हुन सक्ने वातावरण बनाउनु ठूलो चुनौती हुनेछ।

नेपाली कांग्रेसको इतिहास हेर्दा टुट–फुट नयाँ विषय होइन। २०५९ सालमा शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँगको टकरावपछि पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए। पछि २०६४ मा पुनः एकीकरण भयो। त्यसअघि पनि बीपी कोइरालादेखि सुवर्ण शमशेरसम्मको कालखण्डमा पार्टीभित्र गहिरा मतभेद र विभाजन देखिएका थिए। तर यसपटकको विभाजन फरक छ। निर्वाचनको मुखमा, संविधानको कार्यान्वयनको संवेदनशील घडीमा र राजनीतिक स्थायित्व खोजिरहेको देशमा कांग्रेसको फुटले पार्टीभन्दा बाहिर गएर लोकतन्त्रकै भविष्यबारे प्रश्न उठाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

कर्मचारीले राजनीति गरे जागिर जाने सरकारको चेतावनी

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार...

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ...

सटर भाडादेखि जग्गाको आम्दानीसम्म ‘गायब’, सुर्खेत नगर विकासमा झन्डै ३ करोड हिनामिना

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा भएको करोडौं रुपैयाँ हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्र...

४१ वटा झोलुङ्गे पुल निर्माण गर्दै कर्णाली सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले बहुवर्षे ठेक्कामार्फत ४१ वटा झोलुङ्गे पुल निर्माण सुरु गरेको छ । तुइन तथा नदी, खोला तर्न समस्या भएको ठाउँमा कर्णाली प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending