काठमाडौँ। दक्षिणपूर्वी अस्ट्रेलियामा फैलिएको भयंकर डढेलोमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने करिब ३०० भन्दा बढी घर तथा भवन जलेर नष्ट भएका छन्।
पछिल्ला केही दिनयता अस्ट्रेलियाका विभिन्न क्षेत्र आगलागीको चपेटामा परेका छन्। भिक्टोरिया राज्य सबैभन्दा बढी प्रभावित भएको छ भने न्यु साउथ वेल्सका केही क्षेत्र पनि डढेलोको असरमा परेका छन्। प्रारम्भिक अनुमानअनुसार हालसम्म जलेको क्षेत्र ग्रेटर लन्डनको आकारभन्दा झण्डै दोब्बर छ।
डढेलो फैलिँदै गएपछि भिक्टोरिया राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको छ। हजारौं अग्नि नियन्त्रकहरू आगो नियन्त्रणमा लगाइरहेका छन् भने ७० भन्दा बढी विमानबाट आगो निभाउने प्रयास जारी छ। जोखिममा रहेका एक दर्जनभन्दा बढी क्षेत्रका बासिन्दालाई घर खाली गर्न निर्देशन दिइएको छ।
अधिकारीहरूले अत्यधिक तातो, सुख्खा मौसम र तीव्र हावाका कारण आगलागी हप्तौँसम्म नियन्त्रण बाहिर रहन सक्ने चेतावनी दिएका छन्। भिक्टोरियाकी प्रिमियर ज्यासिन्टा एलनका अनुसार राज्यभर हाल करिब ३० वटा आगलागी सक्रिय छन्, तीमध्ये १० वटा उच्च जोखिमयुक्त मानिएका छन्। आइतबार बिहानसम्म करिब ३ लाख ५० हजार हेक्टर क्षेत्र जलेको जानकारी उनले दिइन्।
यसैबीच, मेलबर्नबाट करिब ११० किलोमिटर उत्तरमा रहेको लङवुड सहर नजिकैको एउटा गाउँमा मानव अवशेष फेला परेको छ। मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - २०:३६
काठमाडौँ। दक्षिणपूर्वी अस्ट्रेलियामा फैलिएको भयंकर डढेलोमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने करिब ३०० भन्दा बढी घर तथा भवन जलेर नष्ट भएका छन्। पछि...
पौष २७ गते, २०८२ - २०:३०
काठमाडौं । नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जन सम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्। शनि...
पौष २७ गते, २०८२ - २०:२७
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ बुझाइएको बन्दसूचीमा समावेश उम्मेदवारहरूले पुस २८ गते नाम फिर्ता लिन सक्ने जनाएको छ। ...
पौष २७ गते, २०८२ - २०:२५
काठमाडाैं । प्यालेस्टिनी समूह हमासले गाजा पट्टीमा रहेका आफ्ना सबै सरकारी निकाय विघटन गरी जिम्मेवारी एक स्वतन्त्र प्रशासनिक समितिलाई हस्तान्तरण गर्ने त...
पौष २७ गते, २०८२ - २०:२३
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीलाई अझ संगठित, स्वच्छ र सुदृढ बनाउनका लागि विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन्। द...
पौष २७ गते, २०८२ - १९:५५
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको संस्थापन पक्ष र डा. शेखर कोइराला समूहको बहिस्कारका बी...
पौष २७ गते, २०८२ - १९:४७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका हरेक तह गहिरो रूपमा केलाएर छलफल गरिने...
पौष २७ गते, २०८२ - १९:४३
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा हुने हार–जितभन्दा पनि जनतामा पार्टीप्रतिको भरोसा जोगाउनु अहिलेको मुख्य चुनौती भएको ...
पौष २७ गते, २०८२ - १९:३५
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो लामो राजनीतिक जीवनको उत्तरार्द्धमा सबैभन्दा गम्भीर संकटको सामना गरिरह...
पौष २७ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार बिहान ८ बजेदेखि विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने र सभापतिसहित पार्टीका शीर्ष नेता स...




प्रतिकृया लेख्नुहोस्: