काठमाडौँ। दक्षिणपूर्वी अस्ट्रेलियामा फैलिएको भयंकर डढेलोमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने करिब ३०० भन्दा बढी घर तथा भवन जलेर नष्ट भएका छन्।
पछिल्ला केही दिनयता अस्ट्रेलियाका विभिन्न क्षेत्र आगलागीको चपेटामा परेका छन्। भिक्टोरिया राज्य सबैभन्दा बढी प्रभावित भएको छ भने न्यु साउथ वेल्सका केही क्षेत्र पनि डढेलोको असरमा परेका छन्। प्रारम्भिक अनुमानअनुसार हालसम्म जलेको क्षेत्र ग्रेटर लन्डनको आकारभन्दा झण्डै दोब्बर छ।
डढेलो फैलिँदै गएपछि भिक्टोरिया राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको छ। हजारौं अग्नि नियन्त्रकहरू आगो नियन्त्रणमा लगाइरहेका छन् भने ७० भन्दा बढी विमानबाट आगो निभाउने प्रयास जारी छ। जोखिममा रहेका एक दर्जनभन्दा बढी क्षेत्रका बासिन्दालाई घर खाली गर्न निर्देशन दिइएको छ।
अधिकारीहरूले अत्यधिक तातो, सुख्खा मौसम र तीव्र हावाका कारण आगलागी हप्तौँसम्म नियन्त्रण बाहिर रहन सक्ने चेतावनी दिएका छन्। भिक्टोरियाकी प्रिमियर ज्यासिन्टा एलनका अनुसार राज्यभर हाल करिब ३० वटा आगलागी सक्रिय छन्, तीमध्ये १० वटा उच्च जोखिमयुक्त मानिएका छन्। आइतबार बिहानसम्म करिब ३ लाख ५० हजार हेक्टर क्षेत्र जलेको जानकारी उनले दिइन्।
यसैबीच, मेलबर्नबाट करिब ११० किलोमिटर उत्तरमा रहेको लङवुड सहर नजिकैको एउटा गाउँमा मानव अवशेष फेला परेको छ। मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८२ - ०६:३३
कालिकोट। कर्णाली प्रदेशका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये कालिकोट यसपटक विशेष चासोको केन्द्र बनेको छ। कारण—माओवादी जनयुद्धकालका सहयात्री महेन्द्...
फाल्गुन ४ गते, २०८२ - ०६:२२
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्व...
फाल्गुन ४ गते, २०८२ - ०६:२०
मुस्ताङ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ कायम भएका कतिपय मतदानस्थल तथा केन्द्रहरू सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढी टाढा दूरी...
फाल्गुन ४ गते, २०८२ - ०६:१६
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपै...
फाल्गुन ४ गते, २०८२ - ०६:१३
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ । देशको प...
फाल्गुन ३ गते, २०८२ - २०:२२
बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले बाजुराको एक मात्र निर्वाचन क्षेत्रबाट केन्द्रीय सदस्य लालबहादुर थापालाई उम्मेदवा...
फाल्गुन ३ गते, २०८२ - २०:२०
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाएको छ । सोमबार (फागुन ४) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइ...
फाल्गुन ३ गते, २०८२ - २०:१३
झापा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा–५ मा केही शिक्षकहरूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका छन्। नेकपा एमालेक...
फाल्गुन ३ गते, २०८२ - २०:०४
पोखरा । जावलाखेल युथ क्लबले २५औँ आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। पोखरा रंगशालामा दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइज ...
फाल्गुन ३ गते, २०८२ - २०:०३
काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिका...



प्रतिकृया लेख्नुहोस्: