खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जोड्ने लप्से (पंखु) खोलामा झरेको पहिरोले सडक अवरुद्ध भएको हो ।
जेठ २७ गते राति गोपिनी नायपा सामुदायिक वन क्षेत्रमा पर्ने लामीडाँडाको ढाँडखर्कबाट झरेको पहिरोले सडक अवरुद्ध बनाएको स्थानीय शिक्षक दिलीपचन्द्र राईले बताए । लेदो माटोसहितको पहिरोले तल्लो क्षेत्रका सडक, कुलो लगायतका संरचनामा क्षति पुर्याएको छ ।
सडकमा क्षति पुगेका कारण भोजपुरदेखि काठमाडौं आउजाउ गर्ने तथा दिक्तेल, बानाचुङदेखि भोजपुर हुँदै पुर्वी शहर जाने–आउने सवारी साधन रोकिएका छन् ।
क्षतिग्रस्त सडक मर्मतका लागि डोजर र स्काभेटरसहितको जनशक्ति परिचालन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ । सो क्षेत्रमा विगतमा पनि पहिरो झर्ने गरेको थियो । गत जेठ २३ गते बिहान लप्से खोलामा झरेको बाढीले सडक बगाएपछि नौ घण्टा सवारी साधन आवत–जावत ठप्प भएको थियो ।
लप्से खोलामा २०७३ सालमै पक्की पुल बनिसक्नु पर्ने थियो तर ठेकेदारको ढिलासुस्तीका कारण पुल निर्माणको काम अलपत्र परेको छ । खोलामा पुल नहुँदा वर्षाको समयमा यात्रु तथा मालवाहक सवारी साधन, एम्बुलेन्स, बाइक र पैदल यात्रीसमेत घण्टौं रोकिन बाध्य छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - ०९:४९
खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जो...
जेष्ठ २८ गते, २०८३ - ०९:४५
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत हालसम्म करिब एक हजार २०० घरधुरीमा धारा जडान गरिएको छ। आयोजनाले लक्षित...
जेष्ठ २८ गते, २०८३ - ०९:४३
मुगु । संघीयता कार्यान्वयन भएको करिब एक दशक बित्न लाग्दा पनि मुगु जिल्लाका चारवटै स्थानीय तहले दीर्घकालीन विकास योजना तयार गर्न सकेका छैनन्। स्पष्ट दी...
जेष्ठ २८ गते, २०८३ - ०९:३९
हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको प्रसिद्ध पर्यटकीय गन्तव्य लाप्चा आवश्यक पूर्वाधारको अभावका कारण अपेक्षित रूपमा विकास हुन सक...
जेष्ठ २८ गते, २०८३ - ०९:३५
म्याग्दी । भिरालो पाखामा गुजमुज्ज परम्परागत ढुङ्गे घर रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा पर्ने चिमखोला गाउँ । मगर समुदायको बाहुल्य बसोवास रहेको...
जेष्ठ २८ गते, २०८३ - ०९:३२
बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरी घटनाको रहस्य खुलेको छ। करिब ८० तोला सुन तथा चाँदी चोरी भएको ...
जेष्ठ २८ गते, २०८३ - ०९:२७
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै अन्य चर्चित र विवादित घटनाको समेत निष्पक्ष छानबिन गर्न माग गरेका छन्।...
जेष्ठ २८ गते, २०८३ - ०९:२६
काठमाडौं । नेपालमा सडक दुर्घटना अब केवल ट्राफिक व्यवस्थापनको विषयमा सीमित छैन, यो सार्वजनिक सुरक्षा, जनस्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको गम्...
जेष्ठ २८ गते, २०८३ - ०९:२१
विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सु...
जेष्ठ २८ गते, २०८३ - ०९:१८
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुलीको कमलाम...



प्रतिकृया लेख्नुहोस्: