Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

नक्कली सरकारी कार्यालय खडा गरी ठगी, बर्दियाबाट एक दम्पती पक्राउ

खबरडबली संवाददाता

बर्दिया । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको घटना बाहिरिएको छ। बर्दियामा एक दम्पतीले सरकारी कार्यालयकै नक्कल गरेर नक्कली कार्यालय सञ्चालन गरी ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती कृपा चौधरी रहेका छन्।

उनीहरूले ठाकुरबाबा नगरपालिका–३ बगनाहास्थित एक घरमा “प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग” नामको नक्कली सरकारी कार्यालय सञ्चालन गरेका थिए। सो कार्यालयका लागि सरकारी कार्यालयजस्तै देखिने साइनबोर्ड, लेटरप्याड र छापसमेत तयार पारिएको थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत दाङको लमहीमा रहेको “प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय” सँग मिल्ने गरी उनीहरूले नक्कली नाम प्रयोग गरी स्थानीयलाई आकर्षित गर्ने गरेको खुलेको छ।

प्रहरीका अनुसार उनीहरूले जागिर दिने तथा विभिन्न काममा लगाउने भन्दै स्थानीय व्यक्तिहरूलाई ठगी गरेका थिए। केही व्यक्तिलाई कर्मचारीका रूपमा नियुक्त गरेको देखाई काममा लगाएको तर ज्याला नदिएको पनि अनुसन्धानमा खुलेको छ।

त्यसैगरी, कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाएर पनि भुक्तानी नदिएको आरोप उनीहरूमाथि छ।

घरधनीको जाहेरीपछि अनुसन्धान अघि बढाउँदै प्रहरीले जेठ २० गते दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको दाबी गरेको छन्। आज प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समिति...

अर्थमन्त्रीले करका दर हेरफेर गरी संसद्को अधिकारमाथि हस्तक्षेप गरेको आरोप – निश्कल राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसद्को अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । ब...

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

दाङ। रोल्पामा आज  बिहान  मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिर...

अमेरिकाले प्रहार गरेको ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

नयाँदिल्ली । ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक जहाजमा सवार तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायातमन्त्री सर्वानन्द...

नक्कली सरकारी कार्यालय खडा गरी ठगी, बर्दियाबाट एक दम्पती पक्राउ

बर्दिया । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको घटना बाहिरिएको छ। बर्दियामा एक दम्पतीले सरकारी कार्यालयकै नक्कल गरेर नक्कली कार्यालय सञ्चाल...

वैशाख मसान्तसम्म ९२ करोड कर सङ्कलन

बागलुङ। आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर सङ्कलन गरेको छ । चालु वर्षमा एक अर्ब ४३ करोड ३४...

लागुऔषध नियन्त्रणमा रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय: गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending