Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

वैशाख मसान्तसम्म ९२ करोड कर सङ्कलन

खबरडबली संवाददाता

बागलुङ। आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर सङ्कलन गरेको छ ।

चालु वर्षमा एक अर्ब ४३ करोड ३४ लाख कर सङ्कलन गर्ने कार्यालयको लक्ष्य थियो । पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको करदाता सेवा कार्यालय पनि बागलुङमा गाभिएपछि एक अर्ब ८३ करोड ८७ लाख रुपियाँ कर सङ्कलन गर्ने लक्ष्य थियो ।

बैशाख मसान्त सम्मको कर सङ्कलन दरले लक्ष्य भेटाउन मुस्किल पर्ने कार्यालयले जनाएको छ ।कार्यालयको तथ्याङ्क अनुसार, कुल कर लक्ष्यमध्ये बैशाख मसान्तसम्म ९२ करोड ४६ लाख रुपियाँ सङ्कलन भएको छ ।

यो रकम ७२ दशमलब २८ प्रतिशत मात्रै हो । कार्यालयले अन्तशुल्कतर्फ भने लक्ष्यभन्दा बढी कर सङ्कलन गरेको छ ।अन्तशुल्कमा छ करोड ७० हजार रुपियाँ सङ्कलन गर्ने लक्ष्य थियो । अन्तशुल्कमा छ करोड ४१ लाख ९६ हजार रुपियाँ सङ्कलन भैसकेको छ ।

यो रकम लक्ष्यको १०६ दशमलब ८७ प्रतिशत हो । आयकरतर्फ कुल ७० करोड ७० लाख ७८ हजार लक्ष्यमा बैशाखसम्म ५० करोड १८ लाख ६९ हजार रुपियाँ सङ्कलन भएको छ ।यो ७१ प्रतिशत हो ।

बहालकरतर्फ एक करोड २६ लाखको लक्ष्यमा एक करोड १४ लाख रुपियाँ सङ्कलन गरी लक्ष्यको ९० प्रतिशत असुली गरिएको छ ।

ब्याजदरतर्फ १७ करोड १८ लाख २१ हजार रुपियाँको लक्ष्यमा कार्यालयले सात करोड ९३ लाख ५७ हजार सङ्कलन गरेको छ ।सरकारले ल्याएको आर्थिक विधेयक २०८३ र विभिन्न समयमा ल्याइएको कर छुटको कार्यक्रमले नियमित करदाता प्रभावित भएका छन् ।

कर छुट पाउने आसले करदाताले कर तिर्न ढीलाई गरेको कार्यालयका सूचना अधिकारी राजमणि शर्माले बताए। पछिल्लो समय ठूलो कारोबार गर्ने सहकारीले बागलुङमा तिर्दै आएको कर आन्तरिक राजस्व कार्यालय पोखरामा तिर्न थालेका छन् ।यो क्रमले कर सङ्कलनमा कमी अङ्क देखिएको शर्माले बताए।

‘‘आयकरमा साना व्यवसायीलाई छुटको स्किम दिँदा अघिल्लो वर्ष कर सङ्कलन बढी भएको थियो । यो वर्ष त्यो स्किम नभएर केही व्यवसायीले कर तिर्न ढिला गरिरहेका छन्’’ शर्माले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली भुटानी शरणार्थी प्रकरण: हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...

शिक्षण अस्पताल अस्पताल पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...

नेपाल–भारत सीमा व्यवस्थित गर्न संयुक्त प्राविधिक टोली क्रियाशील छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको दाबी गरेको छन्। आज प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समिति...

अर्थमन्त्रीले करका दर हेरफेर गरी संसद्को अधिकारमाथि हस्तक्षेप गरेको आरोप – निश्कल राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसद्को अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् । ब...

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु

दाङ। रोल्पामा आज  बिहान  मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको मिनी ट्रक गुडिर...

अमेरिकाले प्रहार गरेको ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

नयाँदिल्ली । ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक जहाजमा सवार तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायातमन्त्री सर्वानन्द...

नक्कली सरकारी कार्यालय खडा गरी ठगी, बर्दियाबाट एक दम्पती पक्राउ

बर्दिया । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको घटना बाहिरिएको छ। बर्दियामा एक दम्पतीले सरकारी कार्यालयकै नक्कल गरेर नक्कली कार्यालय सञ्चाल...

वैशाख मसान्तसम्म ९२ करोड कर सङ्कलन

बागलुङ। आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर सङ्कलन गरेको छ । चालु वर्षमा एक अर्ब ४३ करोड ३४...

लागुऔषध नियन्त्रणमा रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय: गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending