Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

दशक बित्दा पनि आत्मनिर्भर बन्न सकेनन् मुगुका स्थानीय तह

खबरडबली संवाददाता

मुगु । संघीयता कार्यान्वयन भएको करिब एक दशक बित्न लाग्दा पनि मुगु जिल्लाका चारवटै स्थानीय तहले दीर्घकालीन विकास योजना तयार गर्न सकेका छैनन्। स्पष्ट दीर्घकालीन रणनीतिको अभावमा स्थानीय तहहरू अझै पनि संघीय र प्रदेश सरकारको अनुदानमा निर्भर रहन बाध्य भएको सरोकारवालाहरूको भनाइ छ।

सामाजिक अभियन्ता धर्मबहादुर शाहीका अनुसार मुगुमकार्मारोङ गाउँपालिका, खत्याड गाउँपालिका, सोरु गाउँपालिका र छायानाथ–रारा नगरपालिकाले हरेक वर्ष करोडौँ रुपैयाँको बजेट ल्याए पनि दीर्घकालीन विकास र आर्थिक आत्मनिर्भरताका कार्यक्रमलाई प्राथमिकता दिन सकेका छैनन्। उनले योजनाबद्ध विकासभन्दा जथाभावी बजेट खर्च गर्ने प्रवृत्ति बढ्दै गएको र स्थानीय सरकारहरू आलोचनाको केन्द्र बन्न थालेको बताए।

शाहीका अनुसार जिल्लाभित्र आन्तरिक आम्दानीका प्रशस्त सम्भावना रहेका छन्। छायानाथ–रारा नगरपालिकामा रहेको रारा ताल, सोरु गाउँपालिकाका गुरादेव र गुराविजयी धार्मिकस्थल, तातोपानी क्षेत्र तथा मुगुमकार्मारोङ गाउँपालिकामा उत्पादन हुने बहुमूल्य जडीबुटी आर्थिक समृद्धिका महत्वपूर्ण आधार हुन सक्छन्। तर यस्ता स्रोतको संरक्षण, व्यवस्थापन र दीर्घकालीन उपयोगतर्फ स्थानीय तहले अपेक्षित ध्यान दिन नसकेको उनको भनाइ छ।

हाल जिल्लामा सडक, खानेपानी, सिँचाइ तथा भ्यूटावर निर्माणलगायतका योजना सञ्चालनमा रहे पनि ती योजनाले जनअपेक्षाअनुसार परिणाम दिन नसकेको गुनासो स्थानीयवासीको छ। विकास निर्माणका काम प्रभावकारी नहुँदा जनप्रतिनिधि तथा स्थानीय सरकारका पदाधिकारीहरू आलोचित बन्दै गएका छन्।

स्थानीय सरोकारवालाहरूका अनुसार पालिकाहरूले उपलब्ध स्रोत–साधनको सही पहिचान र मूल्याङ्कन गर्न नसक्दा दिगो आयस्रोत विकास हुन सकेको छैन। छायानाथ–रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिका अझै पनि घरजग्गा रजिस्ट्रेसनजस्ता परम्परागत राजस्व स्रोतमा निर्भर छन्।

छायानाथ–रारा नगरपालिकाका एक कर्मचारीका अनुसार परम्परागत कर प्रणालीले मात्र दिगो आर्थिक विकास सम्भव छैन। स्थानीय तहलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन नयाँ आयस्रोतको खोजी तथा लगानी आवश्यक रहेको उनले बताए। “अहिलेसम्म संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानकै भरमा स्थानीय तह सञ्चालन भइरहेको अवस्था छ,” उनले भने।नगरपालिकाका अर्का एक अधिकारीले स्थानीय तहलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने विषयले पर्याप्त प्राथमिकता नपाएको स्वीकार गरे।

स्थानीयवासी कलबहादुर कार्कीका अनुसार आर्थिक विकास नै आय वृद्धि र रोजगारी सिर्जनाको मुख्य आधार हो। तर अधिकांश पालिकाले सञ्चालन गरेका कृषि तथा पशुपालनसम्बन्धी कार्यक्रमले अपेक्षित उपलब्धि हासिल गर्न सकेका छैनन्। पकेट क्षेत्र घोषणा, कृषि यन्त्र वितरण, बीउ तथा पशुपालनमा अनुदानजस्ता कार्यक्रम सञ्चालन भए पनि ती कार्यक्रमले पुँजी निर्माण र दीर्घकालीन रोजगारी सिर्जनामा उल्लेखनीय योगदान दिन नसकेको उनको भनाइ छ।

स्थानीयवासी तथा सरोकारवालाहरूले मुगुका स्थानीय तहहरूले जिल्लामा उपलब्ध प्राकृतिक, धार्मिक तथा पर्यटकीय स्रोतको प्रभावकारी उपयोग गर्दै दीर्घकालीन आर्थिक विकास योजना तयार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्से खोलामा पहिरो खस्दा दिक्तेल–चखेवा सडक अवरुद्ध

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जो...

षडानन्दमा ‘एक घर, एक धारा’ अभियान सफल हुँदै

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत हालसम्म करिब एक हजार २०० घरधुरीमा धारा जडान गरिएको छ। आयोजनाले लक्षित...

दशक बित्दा पनि आत्मनिर्भर बन्न सकेनन् मुगुका स्थानीय तह

मुगु । संघीयता कार्यान्वयन भएको करिब एक दशक बित्न लाग्दा पनि मुगु जिल्लाका चारवटै स्थानीय तहले दीर्घकालीन विकास योजना तयार गर्न सकेका छैनन्। स्पष्ट दी...

पूर्वाधार अभावले थलिएको लाप्चा पर्यटन

हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको प्रसिद्ध पर्यटकीय गन्तव्य लाप्चा आवश्यक पूर्वाधारको अभावका कारण अपेक्षित रूपमा विकास हुन सक...

म्याग्दीको चिम खोला गाउँ

म्याग्दी । भिरालो पाखामा गुजमुज्ज परम्परागत ढुङ्गे घर रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा पर्ने चिमखोला गाउँ । मगर समुदायको बाहुल्य बसोवास रहेको...

बिमा रकमका लागि चोरीको नाटक ? सुन पसल सञ्चालक प्रहरी फन्दामा

बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरी घटनाको रहस्य खुलेको छ। करिब ८० तोला सुन तथा चाँदी चोरी भएको ...

दरबार हत्याकाण्ड मात्रै होइन, मदन भण्डारी र सुशील कोइरालाको मृत्युबारे पनि छानबिन होस् : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै अन्य चर्चित र विवादित घटनाको समेत निष्पक्ष छानबिन गर्न माग गरेका छन्।...

सडक दुर्घटनाको डरलाग्दो तथ्यांक : १ लाख २० हजार दुर्घटनामा १२ हजार ६ सय ७७ मृत्यु

काठमाडौं । नेपालमा सडक दुर्घटना अब केवल ट्राफिक व्यवस्थापनको विषयमा सीमित छैन, यो सार्वजनिक सुरक्षा, जनस्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको गम्...

मोरङमा गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद

विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सु...

भीमफेदीमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

हेटौँडा  । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुलीको कमलाम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending