Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

बिमा रकमका लागि चोरीको नाटक ? सुन पसल सञ्चालक प्रहरी फन्दामा

खबरडबली संवाददाता

बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरी घटनाको रहस्य खुलेको छ। करिब ८० तोला सुन तथा चाँदी चोरी भएको दाबी गरिएको घटनामा पसल सञ्चालक स्वयं मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।

गत जेठ १७ गते राति भएको घटनाबारे एक सातासम्म गरिएको अनुसन्धानपछि पसल सञ्चालक दीपक सेन्चुरी र कर्मचारी नवीन विकको संलग्नता फेला परेको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

प्रहरीका अनुसार चोरी भएको भनिएको सुनमध्ये ५ तोला सुन र २५ तोला चाँदी दीपक सेन्चुरीको घरबाट बरामद गरिएको छ। प्रारम्भिक रूपमा सञ्चालकले करिब ७० तोला सुनका गहना, काँचो सुन तथा चाँदी चोरी भएको भन्दै प्रहरीमा जानकारी गराएका थिए।

अनुसन्धानका क्रममा च्यानल गेटको ताला खोलेर सटर करिब एक फिट माथि उठाइएको, त्यसपछि लकरको तालामा विभिन्न चाबी प्रयोग गरी सुनचाँदी निकालिएको देखिएको थियो। तर घटनाका विभिन्न पक्ष शंकास्पद देखिएपछि प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको थियो।

चोरी भएको समयमा आफू पोखरामा रहेको दाबी गरेका सञ्चालक दीपक सेन्चुरी वास्तवमा बुटवलमै रहेको तथ्य अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। त्यस्तै, पसलको सिसिटिभी क्यामेरा बिग्रिएको अवस्थामा घटना भएको र चोरी भएको भनिएको घटनाबारे सञ्चालकले दुई दिनपछि मात्रै प्रहरीलाई जानकारी दिएको विषयले पनि शंका थप बढाएको थियो।

घटनापछि सञ्चालकले करिब १ करोड ४६ लाख ९४ हजार ७ सय रुपैयाँ बराबरका सुनचाँदीका गरगहना चोरी भएको दाबी गरेका थिए। प्रहरीका अनुसार बिमा रकम दाबी गर्न तथा अन्य व्यक्तिहरूले पसलमा राखेका सुन तथा नगद फिर्ता गर्न नपर्ने उद्देश्यले योजनाबद्ध रूपमा चोरीको नाटक रचिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार दीपक सेन्चुरी र नवीन विकलाई पक्राउ गरी आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान अघि बढाइएको छ। उनीहरूविरुद्ध म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

करिब चार दशकदेखि सञ्चालनमा रहेको उक्त पसल भाडाको सटरमा सञ्चालन हुँदै आएको थियो। पसलमा एक आफन्त र एक कामदार गरी दुई जना कर्मचारी कार्यरत थिए। प्रारम्भिक अनुसन्धानमै सिसिटिभी क्यामेरा बिग्रिएको जानकारी भएका व्यक्तिको संलग्नता हुन सक्ने अनुमान गरिएको थियो।

विभिन्न कोणबाट गरिएको अनुसन्धान तथा सिसिटिभी फुटेजको विश्लेषणका आधारमा सञ्चालक सेन्चुरी र कर्मचारी विककै संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्से खोलामा पहिरो खस्दा दिक्तेल–चखेवा सडक अवरुद्ध

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जो...

षडानन्दमा ‘एक घर, एक धारा’ अभियान सफल हुँदै

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत हालसम्म करिब एक हजार २०० घरधुरीमा धारा जडान गरिएको छ। आयोजनाले लक्षित...

दशक बित्दा पनि आत्मनिर्भर बन्न सकेनन् मुगुका स्थानीय तह

मुगु । संघीयता कार्यान्वयन भएको करिब एक दशक बित्न लाग्दा पनि मुगु जिल्लाका चारवटै स्थानीय तहले दीर्घकालीन विकास योजना तयार गर्न सकेका छैनन्। स्पष्ट दी...

पूर्वाधार अभावले थलिएको लाप्चा पर्यटन

हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको प्रसिद्ध पर्यटकीय गन्तव्य लाप्चा आवश्यक पूर्वाधारको अभावका कारण अपेक्षित रूपमा विकास हुन सक...

म्याग्दीको चिम खोला गाउँ

म्याग्दी । भिरालो पाखामा गुजमुज्ज परम्परागत ढुङ्गे घर रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा पर्ने चिमखोला गाउँ । मगर समुदायको बाहुल्य बसोवास रहेको...

बिमा रकमका लागि चोरीको नाटक ? सुन पसल सञ्चालक प्रहरी फन्दामा

बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरी घटनाको रहस्य खुलेको छ। करिब ८० तोला सुन तथा चाँदी चोरी भएको ...

दरबार हत्याकाण्ड मात्रै होइन, मदन भण्डारी र सुशील कोइरालाको मृत्युबारे पनि छानबिन होस् : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै अन्य चर्चित र विवादित घटनाको समेत निष्पक्ष छानबिन गर्न माग गरेका छन्।...

सडक दुर्घटनाको डरलाग्दो तथ्यांक : १ लाख २० हजार दुर्घटनामा १२ हजार ६ सय ७७ मृत्यु

काठमाडौं । नेपालमा सडक दुर्घटना अब केवल ट्राफिक व्यवस्थापनको विषयमा सीमित छैन, यो सार्वजनिक सुरक्षा, जनस्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको गम्...

मोरङमा गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद

विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सु...

भीमफेदीमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

हेटौँडा  । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुलीको कमलाम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending