हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको प्रसिद्ध पर्यटकीय गन्तव्य लाप्चा आवश्यक पूर्वाधारको अभावका कारण अपेक्षित रूपमा विकास हुन सकेको छैन। मानसरोवर–कैलाशको दूरदर्शन गर्न सकिने यस क्षेत्रसम्म पुग्ने सडक जीर्ण अवस्थामा रहेको छ भने सञ्चार सेवाको अभावले पर्यटकहरू थप समस्यामा परेका छन्।
समुद्री सतहबाट ५ हजार १३० मिटर उचाइमा रहेको लाप्चाबाट मानसरोवर–कैलाशको दर्शन गर्न सकिन्छ। मौसम अनुकूल भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढिरहेको भए पनि आधारभूत पूर्वाधारको कमीले पर्यटन प्रवर्द्धनमा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए। उनी केही दिनअघि स्थलगत निरीक्षणका क्रममा लाप्चा पुगेका थिए ।
उहाँका अनुसार लाप्चा प्रवेशद्वार मानिने सल्लीदेखि लाप्चासम्मको सडक अत्यन्त जीर्ण छ। सडकका अधिकांश भाग खाल्डाखुल्डी, ढुङ्गाम्य, हिलाम्मे तथा धुलाम्मे अवस्थामा रहेका छन्। कतिपय स्थानमा खोलाको पानी बग्ने भएकाले यात्रा अझ जोखिमपूर्ण बनेको छ।
बोलेरो चालक सिङ्गम भण्डारीका अनुसार पाँच हजार मिटरभन्दा माथिको न्यालु लेक क्षेत्रमा हिउँमाथि सवारी चलाउनुपर्ने भएकाले यात्रा थप चुनौतीपूर्ण हुन्छ। “लाप्चा जाने सडक सम्झँदा झर्को लाग्छ, तर चालक भएकाले जस्तोसुकै अवस्थामा पनि जानैपर्छ,” उनले भने।
करिब एक दशकअघि सल्लीदेखि लाप्चासम्म सडकको ट्र्याक खोलिएको भए पनि त्यसयता स्तरोन्नतिको काम प्रभावकारी रूपमा हुन नसक्दा सडकको अवस्था दयनीय बनेको छ। सिमकोटबाट लाप्चासम्म करिब ८६ किलोमिटर दूरी रहेको छ। सिमकोट–सल्ली खण्डको सडक तुलनात्मक रूपमा राम्रो भए पनि सल्लीदेखि लाप्चासम्मको ५० किलोमिटर यात्रा भने निकै कष्टकर रहेको पर्यटकहरू बताउँछन्।
पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख नरेशराज जैसीका अनुसार पुल्की लेकदेखि लाप्चासम्मको सडक आगामी आर्थिक वर्षमा स्तरोन्नति गर्ने योजना छ। यस्तै, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले सल्लीदेखि न्यालुसम्मको सडक सुधारका लागि सडक बोर्ड नेपालमार्फत आगामी वर्ष बजेट व्यवस्थापन हुने जानकारी दिए।
सडकको समस्या मात्रै होइन, सञ्चार सेवाको अभाव पनि पर्यटकका लागि अर्को ठूलो चुनौती बनेको छ। आन्तरिक पर्यटक राजबहादुर लामाका अनुसार सल्ली पार गरेपछि नेपाल टेलिकमको मोबाइल सेवा बन्द हुने र फर्किएर पुनः सल्ली नपुग्दासम्म सम्पर्कविहीन हुनुपर्ने अवस्था छ। त्यहाँ इन्टरनेट सेवासमेत उपलब्ध छैन।
नेपाल टेलिकम हुम्लाका प्रमुख रिजिआङ्मु लामाले उक्त क्षेत्रमा स्थायी बस्ती नभएकाले हाल मोबाइल टावर स्थापना गर्ने योजना नरहेको बताए। लाप्चा क्षेत्रमा खानेपानीको समस्या पनि उत्तिकै गम्भीर रहेको छ। पर्यटक विकास रोकायाका अनुसार पूजा–पाठ तथा भ्रमणका लागि जानेहरूले पिउने पानीसमेत आफैं बोकेर लैजानुपर्ने बाध्यता छ।
आन्तरिक तथा भारतीय पर्यटकबीच लाप्चाबाट मानसरोवर–कैलाशको दूरदर्शन गर्ने आकर्षण वर्षेनी बढ्दै गएको छ। स्थानीयवासीका अनुसार सडक, सञ्चार र खानेपानीलगायतका आधारभूत पूर्वाधार विकास गर्न सकिए लाप्चा नेपालकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - ०९:४९
खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जो...
जेष्ठ २८ गते, २०८३ - ०९:४५
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत हालसम्म करिब एक हजार २०० घरधुरीमा धारा जडान गरिएको छ। आयोजनाले लक्षित...
जेष्ठ २८ गते, २०८३ - ०९:४३
मुगु । संघीयता कार्यान्वयन भएको करिब एक दशक बित्न लाग्दा पनि मुगु जिल्लाका चारवटै स्थानीय तहले दीर्घकालीन विकास योजना तयार गर्न सकेका छैनन्। स्पष्ट दी...
जेष्ठ २८ गते, २०८३ - ०९:३९
हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको प्रसिद्ध पर्यटकीय गन्तव्य लाप्चा आवश्यक पूर्वाधारको अभावका कारण अपेक्षित रूपमा विकास हुन सक...
जेष्ठ २८ गते, २०८३ - ०९:३५
म्याग्दी । भिरालो पाखामा गुजमुज्ज परम्परागत ढुङ्गे घर रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा पर्ने चिमखोला गाउँ । मगर समुदायको बाहुल्य बसोवास रहेको...
जेष्ठ २८ गते, २०८३ - ०९:३२
बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरी घटनाको रहस्य खुलेको छ। करिब ८० तोला सुन तथा चाँदी चोरी भएको ...
जेष्ठ २८ गते, २०८३ - ०९:२७
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै अन्य चर्चित र विवादित घटनाको समेत निष्पक्ष छानबिन गर्न माग गरेका छन्।...
जेष्ठ २८ गते, २०८३ - ०९:२६
काठमाडौं । नेपालमा सडक दुर्घटना अब केवल ट्राफिक व्यवस्थापनको विषयमा सीमित छैन, यो सार्वजनिक सुरक्षा, जनस्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको गम्...
जेष्ठ २८ गते, २०८३ - ०९:२१
विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सु...
जेष्ठ २८ गते, २०८३ - ०९:१८
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुलीको कमलाम...



प्रतिकृया लेख्नुहोस्: