काठमाडौँ। भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मदुरो अनुपस्थित भएपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुपर्ने आदेश दिएको छ। अदालतको आदेशसँगै रोड्रिगेजले संवैधानिक प्रक्रियाअनुसार कार्यवाहक राष्ट्रपतिको रूपमा देशको नेतृत्व सम्हालेकी छन्।
मदुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर बाहिर लगेको दाबीपछि भेनेजुएलाको सत्ता संरचनामा ठूलो हलचल आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला अब अमेरिकाको नियन्त्रणमा रहने घोषणा गरेपछि यो देश गम्भीर राजनीतिक र कूटनीतिक संकटमा फसेको छ।
सर्वोच्च अदालतले देशको सार्वभौमसत्ता र संवैधानिक निरन्तरता जोगाउन उपराष्ट्रपतिले प्रशासनिक नेतृत्व लिनुपर्ने ठहर गरेको हो। सोही निर्णयअनुसार डेल्सी रोड्रिगेज अहिले भेनेजुएलाको राजनीतिक शक्ति–केन्द्रमा उभिएकी छन्।
५५ वर्षीया डेल्सी एलोइना रोड्रिगेज गोमेज सत्तारूढ वामपन्थी बोलिभेरियन आन्दोलनकी अनुभवी नेतृ हुन्। उनी पूर्व राष्ट्रपति ह्युगो चाभेजको बोलिभेरियन क्रान्तिबाट उदाएकी प्रमुख नेतृमध्ये एक मानिन्छिन्। पेशाले वकिल रोड्रिगेजले अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार क्षेत्रमा अध्ययन गरेकी छन्।
उनको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक रूपमा गहिरो छ। उनका बुबा सन् १९७० को दशकमा कम्युनिस्ट छापामार आन्दोलनमा सक्रिय थिए, जसको प्रभाव रोड्रिगेजको राजनीतिक दृष्टिकोणमा स्पष्ट देखिन्छ।
डेल्सी रोड्रिगेजले सन् २०१४ देखि २०१७ सम्म भेनेजुएलाको विदेशमन्त्रीका रूपमा काम गरिन्। सो अवधिमा उनले अमेरिका र युरोपेली संघमाथि कडा हमला गर्दै भेनेजुएलामाथि लगाइएका प्रतिबन्धविरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरूमा आक्रामक कूटनीति अपनाइन्। सन् २०१८ मा उनी उपराष्ट्रपति नियुक्त भएकी थिइन्।
मदुरो शासनको ‘आइरन लेडी’ भनेर चिनिने रोड्रिगेज आर्थिक संकट, अमेरिकी प्रतिबन्ध, विपक्षी आन्दोलन र अन्तर्राष्ट्रिय दबाबका बीच पनि सरकार टिकाइराख्न कठोर नीति र आक्रामक भाषणमार्फत सत्ताको बचाउ गर्दै आएकी छन्।
उनका दाजु जर्ज रोड्रिगेज पनि भेनेजुएलाको सत्तारूढ संरचनामा प्रभावशाली नेता हुन्। उनी राष्ट्रिय सभाका अध्यक्षसमेत भइसकेका छन्। यसले रोड्रिगेज परिवारलाई सत्ता संरचनाको केन्द्रमा राखेको विश्लेषकहरूको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - ०९:४९
खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–चखेवा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जो...
जेष्ठ २८ गते, २०८३ - ०९:४५
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत हालसम्म करिब एक हजार २०० घरधुरीमा धारा जडान गरिएको छ। आयोजनाले लक्षित...
जेष्ठ २८ गते, २०८३ - ०९:४३
मुगु । संघीयता कार्यान्वयन भएको करिब एक दशक बित्न लाग्दा पनि मुगु जिल्लाका चारवटै स्थानीय तहले दीर्घकालीन विकास योजना तयार गर्न सकेका छैनन्। स्पष्ट दी...
जेष्ठ २८ गते, २०८३ - ०९:३९
हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको प्रसिद्ध पर्यटकीय गन्तव्य लाप्चा आवश्यक पूर्वाधारको अभावका कारण अपेक्षित रूपमा विकास हुन सक...
जेष्ठ २८ गते, २०८३ - ०९:३५
म्याग्दी । भिरालो पाखामा गुजमुज्ज परम्परागत ढुङ्गे घर रहेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा पर्ने चिमखोला गाउँ । मगर समुदायको बाहुल्य बसोवास रहेको...
जेष्ठ २८ गते, २०८३ - ०९:३२
बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरी घटनाको रहस्य खुलेको छ। करिब ८० तोला सुन तथा चाँदी चोरी भएको ...
जेष्ठ २८ गते, २०८३ - ०९:२७
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै अन्य चर्चित र विवादित घटनाको समेत निष्पक्ष छानबिन गर्न माग गरेका छन्।...
जेष्ठ २८ गते, २०८३ - ०९:२६
काठमाडौं । नेपालमा सडक दुर्घटना अब केवल ट्राफिक व्यवस्थापनको विषयमा सीमित छैन, यो सार्वजनिक सुरक्षा, जनस्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको गम्...
जेष्ठ २८ गते, २०८३ - ०९:२१
विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सु...
जेष्ठ २८ गते, २०८३ - ०९:१८
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुलीको कमलाम...



प्रतिकृया लेख्नुहोस्: