Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

२०२५ मा माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे

खबरडबली संवाददाता

मुस्ताङ । सन् २०२४ को तुलनामा सन् २०२५ मा माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या घटेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार सन् २०२५ मा माथिल्लो मुस्ताङमा पाँच दशमलव ३९ प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या घटेको हो ।

सन् २०२५ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा माथिल्लो मुस्ताङमा ६५ राष्ट्रका तीन हजार ८७२ विदेशी नागरिकले भ्रमण गरेका थिए । यसअघि सन् २०२४ मा चार हजार ९३ यहाँ आएका एक्यापको तथ्याङ्क छ ।

कार्यालयका अनुसार सन् २०२५ मा मुस्ताङ जिल्लामा भित्रिएका कुल विदेशी पर्यटक सङ्ख्याको अनुपातमा दुई दशमलव २४ प्रतिशतले मात्रै माथिल्लो मुस्ताङ भ्रमण गरेका छन् । जिल्लामा अघिल्लो वर्षको तुलनामा सन् २०२५ मा २५ हजार ४०३ जना अर्थात् १८ दशमलव ७१ प्रतिशतले पर्यटक सङ्ख्या वृद्धि हुँदै गर्दा सन् २०२५ मा माथिल्लो मुस्ताङमा पाँच दशमलव ३९ ले पर्यटक सङ्ख्या घट्न पुगेको कार्यालयले जनाएकाे छ ।

जिल्लामा सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएका थिए । गत भदौ २३ र २४ जेनजी आन्दोलनको प्रभाव र मौसम प्रतिकूलताका कारण पर्यटकको सङ्ख्या घटेको अनुमान रहेको एक्याप लोमान्थाङले जनाएकाे छ ।

यस वर्षको पर्यटकीय याममा बेमौसमी वर्षाका कारण जोमसोम–कोरला राष्ट्रिय राजमार्ग सडक बाढी÷पहिरोका कारण दर्जनौँ स्थानमा सडक अवरुद्ध भएको थियो । यसैगरी, गत कात्तिक १० गतेको बेमौसमी हिमपातपछि स्थानीय प्रशासनले उच्चस्थानका क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको थियो । यसले गर्दा पनि सन् २०२५ को पछिल्लो चार महिना पर्यटकको उपस्थित निकै कम भएको पौडेलले बताए ।

यहाँ सन् २०२० मा ६२ जना, सन् २०२१ मा ३३७ जना, सन् २०२२ मा तीन हजार ११२ जना र सन् २०२३ मा तीन हजार ४८४ ले यहाँ भ्रमण गरेका थिए । उत्तरी कोरला नाकासँग जोडिएको माथिल्लो मुस्ताङका दुई पालिका र बारागुङ मुक्तिक्षेत्रको कागबेनीदेखि माथिल्लो क्षेत्र निषेधित तथा नियन्त्रित क्षेत्र हो ।

यहाँ जिल्लामा भित्रिएका विदेशी पर्यटकमध्ये ९७ प्रतिशत पर्यटक कागबेनी र मुक्तिनाथबाट फर्किने गरेका छन् । यहाँका पर्यटन व्यवसायीले नेपाल सरकार अध्यागमन विभागले विदेशी पर्यटकलाई १० दिनका लागि प्रतिव्यक्ति रु ५०० अमेरिकी डलर प्रवेशाज्ञा शुल्क लिने गरेको छ ।

यो शुल्क महँगो भएकाले पनि पर्यटकले माथिल्लो मुस्ताङ भ्रमण गर्न समस्या मान्ने गरेको व्यवसायीले गुनासो गर्छन् । विगतदेखि नै यहाँका पर्यटन व्यवसायी र जनप्रतिनिधिले शुल्कलगायत व्यवस्थापकीय पक्षमा सरकारको ध्यानआकर्षण गराउँदै आएका लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।

जेनजी आन्दोलनपछि भने सरकारले यहाँ आउने विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्क ५०० डलरलाई समायोजन गरी प्रतिव्यक्ति प्रतिदिन ५० डलर उठाउने निर्णय गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

मदुरो वार्ताका लागि खुला, सीआइए हमलामा मौन

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले संयुक्त राज्य अमेरिकासँग लागुऔषध तस्करीविरुद्ध सहकार्य गर्न आफ्नो देश खुला रहेको स्पष्ट पारेका छन् । त...

किमकी छोरी उत्तराधिकारी सङ्केत

सियोल । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी किशोरी छोरीले पवित्र पारिवारिक समाधिमा गरेको पहिलो सार्वजनिक भ्रमणलाई लिएर उनको सम्भावित उत्तराधिकार...

गाम्बियाको तठमा आप्रवासी बोकेको डङ्गा डुब्दा सात जनाको मृत्यु, दर्जनौँ बेपत्ता

गाम्बिया । गाम्बियाको तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै दर्जनौँ बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । ...

इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका प्रदर्शन हिंसात्मक बन्दै गएर प्रदर्शनकारीहरूको ज्यान लिइएमा संयुक्...

पोर्चुगलमा नवीकरणीय ऊर्जा प्रमुख स्रोत बन्दै, २०२५ मा उच्च खपत

लिस्बन । पोर्चुगलको राष्ट्रिय विद्युत् प्रणालीमा सन् २०२५ मा विद्युत् खपत सबैभन्दा उच्च स्तरमा पुगेको छ । यो तथ्य पोर्चुगलको राष्ट्रिय विद्युत् जाल व्...

नयाँ वर्षमा एआई प्रभाव, सेयर बजारको स्थिति सुदृढ

टोकियो । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुआत सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात्रा ...

श्रीलङ्काद्वारा अङ्ग्रेजी पाठ्यक्रमको समलिङ्गी वेबसाइट लिङ्कमाथि अनुसन्धान सुरु

कोलम्बो । एघार र १२ वर्ष उमेर समूहका बालबालिकाका लागि तयार पारिएको सरकारी अङ्ग्रेजी पाठ्यक्रममा समावेश गरिएको एक अनलाइन लिङ्कले विद्यार्थीहरूलाई समलिङ...

समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending