Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

किमद्वारा नयाँ वर्षमा रुससँगको गठबन्धनको प्रशंसा

खबरडबली संवाददाता

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको सन्देशमा रुससँग बनाएको ‘अजेय गठबन्धन’ को प्रशंसा गर्दै विदेशमा लडिरहेका आफ्ना सैनिकको सराहना गरेका छन् । 

उनले आफ्नो सेनालाई राष्ट्रको सम्मानको ‘वीरतापूर्ण’ रक्षाका लागि बधाई दिंदै उनीहरूलाई ‘साहसी बन्न’ निर्देशन दिएको राज्य सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले बिहीबार जनाएको छ ।

दक्षिण कोरियाली र पश्चिमी गुप्तचर निकायका अनुसार प्योङयाङले युक्रेनमा रुसको करिब चार वर्ष लामो आक्रमणमा हजारौँ सेना पठाएको छ । दक्षिण कोरियाको अनुमान अनुसार कम्तीमा ६०० जनाको मृत्यु भइसकेको छ र हजारौँ घाइते भएका छन् । विश्लेषकहरूले उत्तर कोरियाले रुसबाट आर्थिक सहायता, सैन्य प्रविधि र खाद्यान्न तथा ऊर्जा आपूर्ति गरिरहेको बताएका छन् ।

किमले सैनिकलाई ‘विदेशी भूमिमा बहादुरीका साथ लडिरहेका’ भनी सम्मान गर्दै भने, “तपाईंको पछाडि प्योङयाङ र मस्को छन् ।” उनले रुससँगको गठबन्धन बलियो बनाउन सैनिकलाई ‘भ्रातृ रूसी जनताका लागि’ लड्न आह्वान गरे ।

केसिएनएले किमको नयाँ वर्षको भाषण र मे डे स्टेडियममा भव्य उत्सव प्रदर्शनको तस्बिर सार्वजनिक गरेको छ, जसमा उनकी पत्नी रि सोल जु र छोरी जु एई पनि देखिएका छन् । छोरीलाई सम्भावित उत्तराधिकारी मानिन्छ ।

विश्लेषकहरूका अनुसार रुससँगको गहिरो गठबन्धनले किमको शासनलाई आर्थिक र सैन्य जीवनरेखा प्रदान गर्दै उनलाई अमेरिका र दक्षिण कोरियाबाट आएको वार्ता प्रस्ताव अस्वीकार गर्ने स्वतन्त्रता दिएको छ । क्युङ्गनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले भने, “विदेशी सैन्य अपरेसन वा सहयोग अब असाधारण छैन, तर आधिकारिक रक्षा नीतिको भागका रूपमा समाहित भएको छ ।”

यद्यपि, स्थलगत विवरणले युरोपको सबैभन्दा रक्तपातपूर्ण युद्धमा उत्तर कोरियाली सैनिकको स्थिति गम्भीर रहेको देखाउँछ । दक्षिण कोरियाली गुप्तचर सेवा र युक्रेनले पत्ता लगाएका दुई सैनिकले बन्दी बनाइएपछि आत्महत्या आदेश पाएको र हाल उनीहरू दक्षिणतर्फ फर्कन इच्छुक रहेको बताएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार (स्थानीय समय) भेनेजुएलाको ...

सन् २०२५ मा १२८ पत्रकारको हत्या

ब्रसेल्स । सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले बिहीबार जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध...

ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ

वासिङ्टन । सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा राष्ट्रपति डोनाल्ड ट्रम्प बिना सम्भव नहुने पूर्व विशेष सल्लाहकार ज्याक स्मिथले कङ्ग्रेसला...

स्विस आल्प्समा बार आगलागी

स्विट्जरल्यान्ड । स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ वर्षको उत्सवका क्रममा मानिसहरूको मृत्यु र घाइते भएको प्रहरीले बिहीब...

युक्रेनको खेरसन क्षेत्रमा रुसकाे ड्रोन आक्रमण २४ जनाको मृत्यु

मस्को । युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटलहरुलाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending