Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

दाङमा विस्तार हुँदै स्ट्रबेरी खेती

खबरडबली संवाददाता

दाङ । हरेक वर्ष स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी गर्दै आएका वीरेन्द्र खड्काले यस वर्ष पनि स्ट्रबेरी खेतीलाई निरन्तरता दिएका छन् ।

चार वर्षदेखि व्यावसायिक स्ट्रबेरी खेती गर्दै आएका खड्काका अनुसार हाल बोटमा फल लाग्न सुरु भएको छ । “धेरै जसो बोटमा फल लागिसकेको छ,” उनले भने, “अबको आठ/दस दिनभित्रै खानलाई तयार हुन्छ ।” 

रोल्पा माडी गाउँपालिका–१, जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिँगौरामा स्वर्गद्वारी आश्रमको एक बिघा जग्गा लिजमा लिएर ‘एग्रोमार्ट फार्म’ दर्ता गरी व्यावसायिक स्ट्रबेरी खेती गर्दै आएका छन् । गत वर्ष १६ कट्ठामा खेती गरेका खड्काले यस वर्ष सोही ठाउँमा थप चार कट्ठासहित एक बिघामा स्ट्रबेरी खेती बढाएको जानकारी दिए । 

उनले गत वर्ष झन्डै २५ लाख रुपियाँ बराबरको कारोबार भएको र यस वर्ष गत वर्षभन्दा राम्रो आम्दानी हुने अपेक्षा गरेको बताए । उनले घोराहीमा स्ट्रबेरीको खेती राम्रो भएपछि यसै वर्षदेखि तुलसीपुरमा पनि पाँच कट्ठामा र गृहजिल्ला रोल्पामा पनि आठ रोपनी जग्गामा व्यावसायिक रूपमा खेती गर्दै आएको बताए । 

“बिरुवा खरिद, थोपा सिँचाइ र मल्चिङ विधि अपनाउँदा सुरुमा आठ लाख रुपियाँभन्दा बढी खर्च भएको थियो,” उनले भने, “अहिले त्यसैले काम गरिरहेकाले त्यति खर्च भएको छैन तर तुलसीपुर र रोल्पामा चाहिँ करिब त्यस्तै लगानी पुगेको छ ।” 

उनका अनुसार स्ट्रबेरी दुई महिनादेखि तीन महिनाको बिचमा उत्पादन दिन सुरु हुन्छ । खड्काले यस वर्ष आफूले दुई चरणमा स्ट्रबेरी रोपेको जानकारी दिए । “पहिलो चरणको असोजको अन्त्यतिर रोपेको थिएँ,” उनले भने, “दोस्रो चरणको कात्तिकको पहिला साता रोपिएको हो, यी दुवै चरणमा रोपिएका बिरुवाले अहिले उत्पादन दिने तयारीमा छ ।” उनले स्ट्रबेरी प्रतिकिलो आठ सय रुपियाँका दरले बिक्री गर्दै आएको जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...

‘केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना’ विषयमा विद्यावारिधी

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...

जेनजी सहिद : दुई पुस्ताको विद्रोह, जनयुद्धदेखि जेनजी आन्दोलनसम्म…

सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए ।  २०५२ साल ...

भोजपुरमा ‘पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...

कृषि मन्त्रालयद्वारा दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...

४० हजार पर्यटक थेग्न सक्ने क्षमता भएको पोखरामा यस्तो छ नयाँ वर्षको तयारी

कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ ।  रङ्ग...

नवलपुरमा स्कारपियोको ठक्करबाट एककाे मृत्यु

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...

विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।  आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...

उदयपुरमा जंगली हात्ती गाउँ पस्दा झन्डै तीन लाखको क्षति

उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...

बर्दियामा बाघको आक्रमणबाट बालिकाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु  भएको हो। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending