काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
राष्ट्रिय सभाको आइतबार बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेको हो।
विधेयकमाथि छलफलका क्रममा विभिन्न सांसदहरूले समावेशिता र प्रतिनिधित्वसम्बन्धी व्यवस्थालाई थप स्पष्ट तथा प्रभावकारी बनाउन संशोधन प्रस्ताव दर्ता गरेका थिए। विधेयकमाथि तीनवटा संशोधन प्रस्ताव पेश गरिए पनि पछि सबै प्रस्ताव फिर्ता लिइएका थिए।
छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले समावेशी प्रतिनिधित्वसम्बन्धी सुझावहरूलाई सरकारले सकारात्मक रूपमा लिएको बताइन्। उनले निर्वाचनसम्बन्धी कानुन संशोधन तथा एकीकरणका क्रममा ती विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनले २०७८ सालको जनगणनाको तथ्यांकका आधारमा विधेयक तयार गरिएको उल्लेख गर्दै तथ्यांकसम्बन्धी विषय परिवर्तन गर्न नमिल्ने स्पष्ट पारिन्। मधेशी दलित, पिछडिएको समुदाय तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने विषय सकारात्मक रहेको र त्यसको भावना विधेयकको मूल व्यवस्थामै समेटिएको उनको भनाइ थियो।
मन्त्री गौतमले विधेयकको भाषागत तथा तर्जुमासम्बन्धी केही जटिलता रहेको स्वीकार गर्दै सरकारले चाँडै निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न नयाँ विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिइन्। साथै, उक्त विधेयक तयार गर्ने क्रममा सांसदहरूले उठाएका सुझाव र संशोधनका विषय समेट्न सरकार प्रतिबद्ध रहेको बताइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - १६:५८
काठमाडौं । धवलशमशेर राणाले नयाँ राष्ट्रवादी अभियानको घोषणा गरेका छन्। आइतबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू काठमाडौ...
जेष्ठ १७ गते, २०८३ - १६:३२
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी विद्यालयले लिने शुल्कमा प्रस्ताव गरिएको ३ प्रतिशत योगदानलाई मध्यम वर्गमाथिको अतिरिक्त भारका रूपमा नभ...
जेष्ठ १७ गते, २०८३ - १५:५८
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठ...
जेष्ठ १७ गते, २०८३ - १५:५४
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...
जेष्ठ १७ गते, २०८३ - १५:३७
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...
जेष्ठ १७ गते, २०८३ - १५:०९
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...
जेष्ठ १७ गते, २०८३ - १४:५९
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...
जेष्ठ १७ गते, २०८३ - १४:५२
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको जानकारी गराएको छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय...
जेष्ठ १७ गते, २०८३ - १४:४५
काठमाडौं । नेकपा एमालेले सभामुख डोलप्रसाद अर्यालले संसदमा व्यक्त गरेको केही अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेको छ। प्रतिनिधिसभामा आइतबार भए...
जेष्ठ १७ गते, २०८३ - १४:४०
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको मागअनुसार आइतबारको बैठकमा उपस्थित भई सांसदहरुको सवालको जवाफ दिएको हो । लिम्पियाधुरा लगायतको भूभागबा...



प्रतिकृया लेख्नुहोस्: