Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

भेनेजुएलामाथि दबाद बढाउँदै अमेरिकीका

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट राजीनामा दिनु ‘बुद्धिमानी’ हुने धारणा व्यक्त गरेका छन् । अमेरिकी नौसेनाले भेनेजुएलाको तेल सम्पत्तिमाथि नाकाबन्दी कडा बनाउँदै दबाब बढाइरहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।

मदुरोले करिब १२ वर्षदेखि सत्ता सम्हालिरहेको सन्दर्भमा पत्रकारहरूले उहाँलाई राजीनामा दिन बाध्य पार्ने उद्देश्य हो कि भन्ने प्रश्न सोध्दा ट्रम्पले निर्णय मदुरो स्वयंको हातमा रहेको बताए । ट्रम्पले ‘उनले त्यसो गर्नु बुद्धिमानी हुनेछ’ भन्दै चेतावनीपूर्ण शैलीमा प्रतिक्रिया दिए । ट्रम्पले मदुरोले कडा अडान लिएको खण्डमा त्यो अन्तिम पटक मात्र हुने चेतावनीसमेत दिए ।

यसको जवाफमा भेनेजुएलाका राष्ट्रपति मदुरोले ट्रम्पलाई आफ्नै देशको घरेलु समस्या—विशेषगरी आर्थिक र सामाजिक चुनौती—मा ध्यान केन्द्रित गर्न सुझाव दिए । सार्वजनिक टेलिभिजनमार्फत सम्बोधन गर्दै मदुरोले अमेरिकाले आफ्ना आन्तरिक मामिलाहरू सम्हाल्न सके विश्व समुदायका लागि पनि सकारात्मक सन्देश जाने धारणा राखे ।

यसैबीच, भेनेजुएलाका प्रमुख सहयोगी रुसले मदुरो सरकारप्रति ‘पूर्ण समर्थन’ दोहोर्‍याएको छ । युक्रेन युद्धमा व्यस्त रहेको मस्कोले बढ्दो सङ्कटबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकको पूर्वसन्ध्यामा आफ्नो समर्थन सार्वजनिक गरेको हो । रूसी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री सर्गेई लाभ्रोभ र भेनेजुएलाका समकक्षी इवान गिलबीच फोन वार्ता भएको थियो, जसमा अमेरिकी कारबाहीको कडा आलोचना गरिएको छ ।

रुसी पक्षले क्यारेबियन सागरमा अमेरिकी गतिविधि बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै यसले क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय ढुवानीमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ । साथै, वर्तमान परिस्थितिमा भेनेजुएलाको नेतृत्व र जनताप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गरिएको छ ।

अमेरिकाले सेप्टेम्बरदेखि क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध तस्करीको आरोप लगाउँदै डुङ्गामाथि आक्रमण थालेको जनाएको छ । तर, भेनेजुएलाका परिवार र सरकारका अनुसार ती कारबाहीमा १०० भन्दा बढी मानिस मारिएका छन्, जसमा निर्दोष माझीहरू पनि परेका छन् । पछिल्लो आक्रमणमा पूर्वी प्रशान्त महासागरमा रहेको एक सानो जहाजमा प्रहार हुँदा एकजनाको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ ।

गत हप्ता ट्रम्पले भेनेजुएलाबाट आउने–जाने ‘प्रतिबन्धित तेल जहाज’ रोक्ने घोषणा गरेका थिए । उनले काराकासले तेलको आम्दानी लागुऔषध आतङ्कवाद, मानव बेचबिखन, हत्या र अपहरणमा प्रयोग गरिरहेको आरोप लगाए । यसको प्रतिउत्तरमा भेनेजुएलाले अमेरिकामाथि शासन परिवर्तन खोजेको र अन्तर्राष्ट्रिय पाइरेसी गरेको आरोप लगाएको छ ।

रुस र चीनले भेनेजुएलाको आग्रहमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाउने प्रस्तावलाई समर्थन गरेका छन् । मस्कोको विज्ञप्तिमा अन्तर्राष्ट्रिय मञ्च, विशेषगरी संयुक्त राष्ट्रसङ्घमा आपसी समन्वय बढाउने सहमति भएको उल्लेख छ ।

यसैक्रममा भेनेजुएलाका विदेशमन्त्री गिलले टेलिग्राममार्फत क्यारेबियन क्षेत्रमा अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन, गैरन्यायिक हत्या र अमेरिकी समुद्री कारबाहीबारे छलफल भएको जानकारी दिएका छन् । उनका अनुसार लाभ्रोभले भेनेजुएलाविरुद्धको शत्रुताको सामना गर्न रुसको पूर्ण समर्थन पुनः पुष्टि गरेका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने भेनेजुएलालाई रुसले दिएको समर्थनलाई कम आँक्दै, रुस युक्रेन युद्धमा व्यस्त भएकाले वासिङ्टन चिन्तित नभएको टिप्पणी गरेका छन् । युक्रेन युद्धको समाधान नआउँदा ट्रम्पले मस्कोप्रति असन्तुष्टि व्यक्त गरेसँगै अमेरिका–रुस सम्बन्धमा तनाव देखिएको छ ।

यसै सन्दर्भमा, राष्ट्रपति मदुरोले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै पठाएको पत्र राज्य टेलिभिजनमा पढेर सुनाइएको छ, जसमा अमेरिकी नाकाबन्दीले विश्वव्यापी रूपमा तेल र ऊर्जाको आपूर्तिमा गम्भीर असर पार्ने चेतावनी दिइएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending