Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

खबरडबली संवाददाता

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि मतपरिणाम सार्वजनिक भएसँगै गुट समाप्त भएको उनको भनाइ छ । 

सुनिँदा आकर्षक र नेतृत्वका हिसाबले आत्मविश्वासी लाग्ने यो अभिव्यक्ति व्यवहारिक यथार्थसँग भने मेल खाँदैन । एमालेभित्र गुट सकिएको होइन, बरु ईश्वर पोखरेल पक्ष कमजोर भए पनि गुट संरचना अझै जीवित नै रहेको संकेत देखिन्छ ।

ओलीले महाधिवेशनमा ईश्वर पोखरेललाई पराजित गरेर तेस्रोपटक अध्यक्ष पद हात पारेका हुन् । तर निर्वाचन परिणाम मात्रले पार्टीभित्रको शक्ति सन्तुलन र वैचारिक–राजनीतिक ध्रुवीकरण मेटिँदैन । महाधिवेशनअघिसम्म एमालेभित्र ओली पक्ष र ईश्वर पोखरेल–माधव नेपाल पृष्ठभूमिबाट आएका नेताहरूबीच स्पष्ट शक्ति संघर्ष देखिएको थियो । पछिल्लो महाधिवेशनमा माधव नेपाल समूह पार्टीबाट अलग भइसकेको अवस्थामा पनि ईश्वर पोखरेलको नेतृत्वमा रहेको असन्तुष्ट धारा बलियो रूपमा उपस्थित थियो । यही धारालाई लक्षित गर्दै ओलीले ‘गुट सकियो’ भन्न खोजेको देखिन्छ, तर त्यसले वास्तविकता ढाक्ने प्रयास मात्रै गरेको आभास दिन्छ ।

ईश्वर पोखरेल अध्यक्ष पदमा पराजित भए पनि केन्द्रीय कमिटी, स्थायी कमिटी र अन्य संरचनामा उनको प्रभावशाली उपस्थिति कायमै छ । महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा हुनु नै पार्टीभित्र गुटगत राजनीति अझै गहिरो रहेको प्रमाण हो । यदि साँच्चिकै गुट समाप्त भइसकेको हुन्थ्यो भने प्यानलको आवश्यकता नै पर्ने थिएन । चुनावअघि गुट स्वीकार्ने र चुनावपछि मात्र ‘गुट सकियो’ भन्नु राजनीतिक रूपमा सुविधाजनक त हुन सक्छ, तर वस्तुगत सत्य होइन ।

ओलीको अभिव्यक्ति अर्को अर्थमा पनि प्रश्नयोग्य छ । उनले “अब यो देश हाँक्ने एमालेको एकढिक्का हो” भनेका छन् । तर पार्टीभित्र निर्णय प्रक्रियामा एकल नेतृत्वको प्रभाव बढ्दै गएको, फरक मत राख्ने नेताहरू क्रमशः किनारामा धकेलिँदै गएको अनुभूति धेरै एमाले कार्यकर्ताले गरिरहेका छन् । गुट समाप्त भएको दाबीभन्दा पनि नेतृत्वको वरिपरि शक्ति केन्द्रित हुँदै गएको यथार्थ बढी देखिन्छ । यस्तो अवस्थामा गुट अन्त्य होइन, गुटको स्वरूप परिवर्तन मात्र भएको भन्नु बढी यथार्थपरक हुन्छ ।

पोखरेल समूहलाई कमजोर देखाएर ओलीले पार्टी पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको सन्देश दिन खोजेका छन् । तर राजनीतिमा पराजय नै अन्त्य हुँदैन । आज कमजोर देखिएको गुट भोलि अर्को मुद्दा वा अर्को सन्दर्भमा पुनः संगठित हुन सक्छ । एमालेको इतिहास हेर्दा पनि गुटहरू महाधिवेशनबाट होइन, व्यवहारिक समावेशिता र आन्तरिक लोकतन्त्रबाट मात्रै कमजोर भएका उदाहरण पाइन्छन् ।

यस अर्थमा, ओलीको “एमालेमा गुट सकियो” भन्ने बोली राजनीतिक दाबी त हो, तर ठोस यथार्थ होइन । एमालेभित्र गुट अन्त्य भएको होइन, बरु सत्तारूढ गुट बलियो र असन्तुष्ट गुट दबाबमा परेको अवस्था मात्रै हो । गुट साँच्चिकै अन्त्य गर्न चाहने हो भने घोषणाले होइन, फरक विचारलाई सम्मान गर्ने अभ्यास र सामूहिक नेतृत्वको संस्कारबाट मात्र सम्भव हुन्छ । अहिलेको अवस्थामा ओलीको दाबीभन्दा एमालेभित्रको अन्तरविरोध नै बढी बोलिरहेको देखिन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending