महोत्तरी । मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ ।
मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने किसान बताउँछन् । गहुँ छर्न भरपर्दो बीउ नपाएर हैरान हुनपर्ने किसानको बर्सेनिको पिरोलो बन्दै आएको छ । यस्तो बेला नगर कृषि शाखाले यहाँको माटो र हावापानीमा राम्रो फस्टाउने उन्नत जातको बीउ ५० प्रतिशत सहुलियतमा पाएपछि निकै राहत भएको मटिहानी–१ धिरापुरका किसान लालबाबु मण्डलले बताए ।
नगरपालिकाले कृषि उत्पादन बढाउने र आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएअनुरुप पछिल्ला पाँच वर्षयता किसानलाई मुख्यबाली लगाउने बेला बीउ, मल र कृषि उपकरण किसानलाई प्रदान गर्दै आएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।
“हामीले किसानलाई गहुँमात्र नभएर धान, तरकारी र मखान लगाउने बेलामा पनि बीउ, मलखाद र कृषि उपकरण सहुलियतमा दिँदै आएका छौँ, यसले किसानको उत्पादन र आयआर्जनमा सघाउ पुर्याएको छ”, नगरप्रमुख मण्डलले भने ।
अहिले गहुँ बाली लगाउने ठिक समयका बेला वडावडामा किसानको माग सङ्कलन गरेर उन्नत जातको बीउ प्रबन्ध गरिएको नगर कृषि शाखाले जनाएको छ । “हामीले धमाधम बीउ दिइरहेका छौँ, यसपालि पाँच सय किसानलाई बीउ उपलब्ध गराउने लक्ष्य छ”, नगर कृषि शाखाका प्रमुख सन्ध्या साहले भनिन्, “बीउ लिन दुई दिनदेखि नै किसानको लामो पङ्क्ति छ ।” बीउ वितरण पुसको पहिलो साताभरि जारी रहने नगर कृषि शाखाले जनाएको छ ।
मधेसमा ठिक समयमा भरपर्दो बीउ नपाएर किसानले समयमा बाली लगाउन पाएका हुँदैनन् । किसानको यो अवस्था बुझेर मटिहानी नगरपालिका नेतृत्वले सबै बाली लगाउने बेला बीउको सहुलियतपूर्ण प्रबन्ध गरेपछि निकै राहत मिलेको मटिहानी–८ का किसान शान्तिदेवी बताउँछिन् । अब मुख्य कुरा बीउ पाइएपछि जग्गा जोतखन र अन्य तयारी निकै सजिलो हुने उनको भनाइ छ ।
खेतीपाती नै जीवनको मुख्य आधार रहेको मधेसका जिल्लाहरूमा स्थानीय सरकारले बीउ, मलखाद र कृषि ज्यावल तथा उपकरणमा सहयोग गर्नुपर्ने किसानको अपेक्षा हुन्छ । तर अधिकांश स्थानीय तह यसबारे बेखबर रहँदा किसानले सास्ती पाउँदै आएका छन् । बाली लगाउने बेला मटिहानीकै जस्तो समयमै भरपर्दो बीउ, मलखाद र कृषि ज्यावलको प्रबन्धमा सबै स्थानीय तहले पहलकदमी लिनुपर्ने जिल्लाका किसान बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: