Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

भिडभाडको मौका छोपी महिलाको घाँटीबाट सुनको सिक्री थुत्ने गिरोह रुपन्देहीमा पक्राउ

तस्विर साैजन्यः नेपाल प्रहरी
खबरडबली संवाददाता

रुपन्देही । रुपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ) घटनामा संलग्न ५ जनालाई प्रहरीले चोरी गरिएका गहनासहित पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएका संयुक्त टोलीले छुट्टाछुट्टै घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुधबार गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरा हाटबजारमा भीडभाडको मौका छोपी एक महिलाको घाँटीबाट गणेश भगवान्को लकेटसहितको सुनको सिक्री तानेर फरार हुने बाराको बारागढी गाउँपालिका–३ शिवपुराका २५ वर्षीय विकास रायलाई इलाका प्रहरी कार्यालय सूर्यपुराको टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट १० ग्राम ८३० मिलीग्राम तौलको एक थान सुनको सिक्री बरामद भएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय लुम्बिनी पठाइएको छ ।

यस्तै, असार १० गते रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलस्थित चाँदनी मार्गमा पैदल हिँडिरहेकी एक महिलाको घाँटीबाट मोटरसाइकलमा आएका व्यक्तिले सुनको सिक्री लुटेर फरार भएका थिए । घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले थप चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको गोरखपुर निवासी ३२ वर्षीय राहुल जयसवाल, भारतको महाराजगन्ज निवासी २२ वर्षीय प्रिन्स जयसवाल, भारतको बिहार निवासी ३० वर्षीय नितेशकुमार गुप्ता तथा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ निवासी ३२ वर्षीय प्रदीप कान्दु रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट २२.२२ ग्राम तौलको एक थान सुनको सिक्री, नौ ग्राम तौलको अर्को एक थान सुनको सिक्री तथा लु. ५७प २४३२ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । प्रहरीले पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

उनीहरू अन्य स्न्याचिङ घटनामा समेत संलग्न भए/नभएको विषयमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उद्घाटन–शिलान्यास बन्ददेखि डिजिटल सेवासम्म : बालेन सरकारका १०० दिन, के गर्‍यो ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...

टिकटकदेखि विवाहेत्तर सम्बन्धसम्म : नेपाली सेनाकी सुवेदार श्रीमती हत्यामा ‘नेपाली ब्रो’सहित चार जनाविरुद्ध अभियोग

काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...

बर्डफ्लु संक्रमित कुखुरा बिक्री गरे कडा कारबाही, ११ जिल्लामा सात लाखभन्दा बढी पन्छी नष्ट

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...

आजको तरकारी तथा फलफूलको मूल्यः गोलभेडा ५० रुपैयाँसम्म, स्याउ ३०० र सिताके च्याउ प्रतिकिलो १ हजार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार १९) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो ने...

कालिमाटीमा कुन फलफूलको मूल्य कति?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्ला तीन दिनको थोक मूल्य सूचीअनुसार बजारमा अधिकांश फलफूलको मूल्य स्थिर रहे पनि लिचीको मूल्य...

आरके मेनपावरलाई तीन लाख जरिवाना

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। विभागले उक्त म...

'प्रदेशको स्वरूप फेरिनुपर्छ, संघीयता हट्दैन' : रास्वपा नेता पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य ग...

भेनेजुएला भूकम्पको चमत्कार : ८ दिनपछि १४० टन भग्नावशेषबाट जीवितै उद्धार

काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। यो उद्धारलाई हालसम्मकै सबैभ...

बोपुङको वासिङ पहिरोले बर्सेनि उठीबास हुँदै गाउँले

खोटाङ । खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको...

इन्जुरी समयमा गोल, क्रोएसियामाथि पोर्चुगलको रोमाञ्चक जित; अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending