काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ती निर्वाचन क्षेत्रबाट छ हजार ७४३ वडामा जनसङ्ख्याका आधारमा क्रियाशील सदस्यता वितरण भइरहेको छ ।
मुख्यसचिव पौडेलले भने, “नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट एक सय ६५ निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यता फाराम पुगिसक्यो । ती निर्वाचन क्षेत्रबाट आ–आफ्नो वडामा नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यताको फाराम पुगिसक्यो । अब वडालाई पाँच, सात दिनको समय दिइएको छ ।”
उनले मापदण्डसहित क्रियाशील सदस्यताको फाराम वितरण भएको बताए । उनका अनुसार युवा न्युनतम ३० प्रतिशत, महिला ५० प्रतिशत, दलित १४ प्रतिशत हुने गरी क्रियाशील सदस्यता वितरणको मापदण्ड तोकिएको जानकारी दिए ।
उनले भने, “नेपाली कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका नेपाली कांग्रेस केन्द्रीय समितिले सर्वसम्मत रुपमा पास गरेको अवगत नै छ । यसको महत्वपूर्ण चीज भनेको यसको मतदाता हो । फस्ट भोटर्स भनेको क्रियाशील सदस्यता हो ।”
उनले क्रियाशील सदस्यता दर्ता तथा वितरणका लागि प्रविधिको प्रयोग गरिएको जानकारी दिए । उनले भने, “”मापदण्ड पूरा गरेका साथीहरुलाई क्रियाशील सदस्यता दिएर उसले पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पठाउँछ र त्यो क्षेत्रले दर्ता गरेर आफ्नो जिल्ला कमिटीलाई जानकारी दिएर केन्द्रमा सिधै सदस्यतामार्फत लाग्ने दस्तुर र नाम लिस्ट केन्द्रमा पठाउँछ । हामीले यसमा टेक्नोलोजी प्रयोग गरेका छौँ । उनिहरुले इन्ट्री गरेर क्लिक गर्ने बित्तिकै केन्द्रमा आइपुग्छ । हामीले यो व्यवस्था १४औँ महाधिवेशनमा नै गरेका हौँ । यो व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउँदैछौँ ।”
उनले १५औँ महाधिवेशनका लागि निर्वाचन समिति गठन भएको र महाधिवेशन तयारी समिति, प्रचार समिति, व्यवस्थापनलगायतका आवश्यक समिति सभापति र कार्यवहाक सभापतिसँग परामर्श गरेर उचित समयमा गठन हुने बताए ।
उनले भने, “हामीले महाधिवेशनका लागि निर्वाचन समिति बनाइसक्यौँ । अब यसको मूल समिति, प्रचार समिति, व्यवस्थापन समिति, खाना र आवासको व्यवस्थापन गर्ने सम्बन्धी समिति, विदेशी पहुनालाई स्वागत गर्ने, मञ्च बनाउने कुराहरु यो सबै हामी अब एउटा बैठक राखेर के भनेको छ भने केन्द्रीय समितिको बैठकले चाहिँ सभापति र कार्यवहाक सभापतिसँग परामर्श गरेर ती कमिटीहरु उचित समयमा बनिहाल्छन् ।”
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: